विपक्षी गठबन्धनको संयुक्त वक्तव्य : सर्वोच्च अदालत जाने ## गृहमन्त्री रामबहादुर थापासहित ७ गैरसांसद मन्त्री पदमुक्त ## प्रधानमन्त्री पदमुक्त र बहुमतिय प्रणली ## नेपालमा कोरोनाबाट एकै दिन २२५ जनाको मृत्यु ## "चड्कन दिनुपर्नेलाई धड्कन दिएर भुल भो" प्रमोद खरेलको गीत सार्वजनिक ## होम आइसोलेसनमा बस्दै हुनुहुन्छ भने निम्न कुराहरुमा ध्यान दिनुहोला ## पछिल्लो २४ घण्टामा ९ हजार १९६ जनामा कोरोना संक्रमण ## लोकप्रिय गायक प्रेमध्वज प्रधान रहेनन् ## Punjab Kings beat Rajasthan Royals in IPL ## पछिल्लो २४ घण्टामा नेपालमा ५५९ जना कोरोना संक्रमित थपिए ## युरेनीअमको खानी नेपालमा छ ## च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगको खेलमा पीएसजीले बायर्न म्युनिकलाई हरायो ## दृष्टी दोष हो की ? ## मानव बेचबिखन मुद्दामा संलग्न दुई जना महिला पक्राउ ## १६२ जना कोरोना संक्रमित थपिए ##
अर्थ र समाज

हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक गाभिने

न्यू अनलाइन खबर २०७८ जेष्ठ १, शनिबार

हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक आपसमा गाभिने भएका छन् । मर्जरका लागि यी बैंकबीच बिहीबार समझदारीपत्रमा (एमओयू) हस्ताक्षर भएको छ । सम्झौतापत्रमा हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम र इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले हस्ताक्षर गरे ।

सम्झौताअनुसार आगामी दुई महिनाभित्र यी बैंकको मर्जर पूरा हुनेछ । मर्जरपछि बन्ने नयाँ बैंक ‘हिमालयन एन्ड नेपाल इन्भेस्टमेन्ट बैंक’का नाममा सञ्चालनमा आउनेछ । सो बैंक हाल सञ्चालनमा रहेका नेपालका वाणिज्य बैंकहरूमध्ये सबैभन्दा ठूलो हुनेछ ।

मर्जरपछि बन्ने नयाँ बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणा रहनेछन् । हाल पाँडे नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष हुन् भने राणा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । नयाँ बैंकको डेपुटी सीईओमा ज्योति पाण्डे रहने सहमति भएको छ । पाण्डे हाल इन्भेस्टमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत छन् ।

यी दुवै बैंक एकै घरपरिवारबाट सञ्चालित छन् । हाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पाँडे र हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा साला–भिनाजु हुन् । सोही कारण राष्ट्र बैंकले यी बैंकलाई मर्जरमा जान पटकपटक आग्रह गर्दै आएको थियो । मर्जरपछि बन्ने बैंकको सञ्चालक समिति ७ सदस्यीय हुनेछ । यसमा हिमालयन र इन्भेस्टमेन्टबाट ३/३ जना र एक जना विज्ञ सदस्य रहनेछन् । यी बैंकको सेयर मिलान अनुपात (स्वाप रेसियो) १ः१ (हिमालयन बैंकको एक सेयर बराबर इन्भेस्टमेन्ट बैंकको एक सेयर) रहनेछ । तर हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत राणाले दुवै बैंकले पुनः डीडीए गर्ने र त्यसकै आधारमा स्वाप रेसियो तय हुने प्रतिक्रिया दिए ।

आगामी दुई महिनामा मर्जर प्रक्रिया पूरा गर्ने तयारी भए पनि कोभिडको असर कत्तिको पर्छ त्यसमा भर पर्ने उनले बताए । यो जोडीले मर्जरको सैद्धान्तिक सहमति (एलओआई) का लागि बिहीबार नै राष्ट्र बैंकमा आवेदन दिएको छ । धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रारको कार्यालय र नेप्सेमा पनि पत्राचार गरिएको बताइएको छ । हिमालयन र इन्भेस्टमेन्ट बैंकबीच मर्जरको प्रक्रिया सुरु भए पनि यो जोडीले सँगै अर्को वाणिज्य बैंकलाई पनि समेट्ने तयारी छ । मर्जरपछि बन्ने बैंकको कुल चुक्ता पुँजी २६ अर्ब ९४ करोड १७ लाख ३० हजार रुपैयाँ पुग्नेछ । यस्तै, निक्षेप ३ खर्ब ११ अर्ब रुपैयाँ, कर्जा २ खर्ब ८७ अर्ब रुपैयाँ र सञ्चित कोषमा १९ अर्ब ७४ करोड रुपैयाँ पुग्नेछ ।

यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो । 

 
 

यसमा तपाईको प्रतिक्रिया (Comment)
  विधिपूर्वक गरियो महागौरीको पूजाराधना
  पर्यटकको आकर्षणमा झिग्राना होमस्टे
  स्वदेश फर्केकालाई सीप र श्रम दिने चुनौती
  सूर्यविनायकको अनन्तलिङ्ग डाँडामा होमस्टे
  चितवन राष्ट्रिय निकुञ्ज : दुई महिनामा पाँच गैँडा मरे
  प्याजको मूल्य तोकेर बिक्री
  किसान किवी खेतीतर्फ आकर्षित
  कोरोना रोकथाम : डोटीका स्थानीय तहको रु ११ करोड खर्च
  पोथार्दीमा व्यावसायिक बाख्रापालन
  लोकप्रिय बन्दै ईन्ता अटायर बुटिक
  आर्थिक २०७७।०७८ को मौद्रिक नीति सार्वजनिक
  बेँसीशहर नगरपालिकाको बजेट रु ७६ करोड २० लाख
  सांसद विकास कोषबाट ‘नमूना स्याउ बगैँचा’
  गण्डकीको बजेटः महिला सशक्तीकरण शब्दमा मात्र भएको टिप्पणी
  कर्णालीको बजेटमा ‘महामारी, भोकमरी र रोजगारी’
  प्रदेश २ मा ३३ अर्ब ५६ करोडको बजेट सार्वजनिक
  जलविरे बजार
  गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित
  कर बुझाउने म्याद थप
  आर्थिक वर्ष २०७७/०७८ को बजेट (पूर्णपाठ)
  आर्थिक वर्ष २०७७/०७८ को बजेटले कृषिमा ४१ अर्ब ४० करोड विनियोजन
  प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड
  सरकारको निति तथा कार्यक्रममा यस्तो छ (पूर्णपाठ)
  मलेशियामा RIA IME काउन्टरहरु खुल्ने
  ग्लोबल आइएमइ बैँकले ट्रान्जेक्सन लिमिट बढायो
  बैशाख १५ सम्म काउन्टर समय : हिमालयन बैंक
  जिल्लाका प्रमुख जिल्ला अधिकारी (CDO) हरूको मोवाइल र फोन नं.
  लकडाउनमा घरबाट अनलाइन मार्फत सजिलै मेगा बैंकमा खाता खोल्न सकिने
  NIC ASIA NOTICE
  नेपाल राष्ट्र बैंकको सूचना