विपक्षी गठबन्धनको संयुक्त वक्तव्य : सर्वोच्च अदालत जाने ## गृहमन्त्री रामबहादुर थापासहित ७ गैरसांसद मन्त्री पदमुक्त ## प्रधानमन्त्री पदमुक्त र बहुमतिय प्रणली ## नेपालमा कोरोनाबाट एकै दिन २२५ जनाको मृत्यु ## "चड्कन दिनुपर्नेलाई धड्कन दिएर भुल भो" प्रमोद खरेलको गीत सार्वजनिक ## होम आइसोलेसनमा बस्दै हुनुहुन्छ भने निम्न कुराहरुमा ध्यान दिनुहोला ## पछिल्लो २४ घण्टामा ९ हजार १९६ जनामा कोरोना संक्रमण ## लोकप्रिय गायक प्रेमध्वज प्रधान रहेनन् ## Punjab Kings beat Rajasthan Royals in IPL ## पछिल्लो २४ घण्टामा नेपालमा ५५९ जना कोरोना संक्रमित थपिए ## युरेनीअमको खानी नेपालमा छ ## च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगको खेलमा पीएसजीले बायर्न म्युनिकलाई हरायो ## दृष्टी दोष हो की ? ## मानव बेचबिखन मुद्दामा संलग्न दुई जना महिला पक्राउ ## १६२ जना कोरोना संक्रमित थपिए ##
बिचार

प्रधानमन्त्री पदमुक्त र बहुमतिय प्रणली

समिक्षा

न्यू अनलाइन खबर २०७८ बैशाख २९, बुधबार 1.58K

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिन नसके पछि उनी पदमुक्त भएका हुन् । विश्वासको मत लिने प्रस्ताव सोमबार प्रतिनिधिसभामा बहुमतले अस्वीकृत भयो । प्रधानमन्त्री ओलीले राखेको प्रस्तावको पक्षमा ९३ मत पर्‍यो भने विपक्षमा १२४ मत परेको छ । बैठकमा उपस्थित २३२ सांसदमध्ये १५ जना तटस्थ बसे । सोमबार प्रतिनिधिसभा बैठकमा भएको मत विभाजनमा एमाले नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका  निम्न २८ सांसद अनुपस्थित भएर पार्टीको ह्वीप उल्लंघन गरेका हुन् ।

योगेश भट्टराई

झलनाथ खनाल

पवित्रा निरौला खरेल

भवानी खापुङ

जयकुमार राई

यज्ञराज सुनुवार

गणेश पहाडी

विरोध खतिवडा

कृष्णलाल महर्जन

माधवकुमार नेपाल

जीवनराम श्रेष्ठ

नारायण खतिवडा

घनश्याम भुसाल

गोकर्ण विष्ट

सोमप्रसाद पाण्डे

मेटमणी चौधरी

झपट रावल

भीमवहादुर रावल

दिपकप्रकाश भट्ट

सुरेन्द्र पाण्डे

रामकुमारी झाँक्री

सरला यादव

पुष्पाकुमारी कर्ण

कल्याणी खड्का

निरादेवी जैरु

कलिला खान (उपस्थित भएर भोट नहालेकी)

लक्ष्मीकुमारी चौधरी

मुकुन्द न्यौपाने

प्रधानमन्त्रीले संसद्‍मा विश्वासको मत पाउन असफल भएपछि विपक्षी तीन दलका मुख्य नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै  संविधानको धारा संविधानको धारा ७६(२) बमोजिम नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई आह्वान गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनभित्र बहुमतको सरकार गठनका लागि आहृवान गरेकी हुन्।  प्रधानमन्त्री पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६(२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई २०७८/१/३० गते बिहिवार साँझ ९ बजे भित्र दाबी पेश गर्न आव्हान गरेकी हुन् । २७१ सदस्यीय सांसद रहेको प्रतिनिधिसभामा बहुमतका लागि १३६ सांसद चाहिन्छ । संविधानको धारा ७६(२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । 

बहुमतको सरकार गठनका लागि  दलहरु आन्तरिक र बहुपक्षीय संवादमा छन् । कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि सबै राजनीतिक दलहरुसँग वार्ता गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत जुटाउन नसकेमा संविधानको धारा ७६(३) अनुसार कामचलाउ प्रधानमन्त्री ओली नै पुनः अल्पमतको प्रधानमन्त्री नियुक्त हुनेछन् । राष्ट्रपतिले संसदको चालु अधिशेवन सोमबार मध्यरातिबाट अन्त्य गरेकी छन् ।

बिभिन्न संचारमाध्यमहरुको सहायताबाट

 

 


यसमा तपाईको प्रतिक्रिया (Comment)
  औपचारिकता निभाउंदा संक्रमण बढेको छ, नो भन्न सिकौं – डा. रवीन्द्र पाण्डे
  अहिलेको युग अन्तरक्रियाको युग हो
  गोलभेँडाबाटै मनग्य आम्दानी
  वैदेशिक रोजगार र वर्तमान अवस्था
  युवाहरुको प्रयासमा “मास्कमाण्डु” अभियान
  गुरुपुर्णिमा
  डा.रवीन्द्र पाण्डेका २० महत्वपूर्ण टिप्स अवश्य पढ्नुहोला
  कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  संचारक्षेत्र : भ्रम र वास्तविकता
  लागूपदार्थ दुर्व्यसन र युवा
  लकडाउन खोलेर जनजिवन सुरक्षित बनाउने उपायहरु
  अमुल्य प्रेम
  कतै हामी भारतसँगको सम्वन्धमा अन्त्यहीन राजनीतिक सङ्घर्ष तनावको बाटोमा त छैनौ ?
  अब देश कठ्पुतलि हुनुहुंदैन
  नेपाल भारत सम्बन्धको समिक्षा
  मेयरलाई खुल्ला पत्र
  प्रवासी स्वदेश फिर्ती अभियान
  बैदेशिक रोजगारीबाट फर्केका कर्मठ जनशक्तिलाई कसरी ब्यबस्थापन गर्ने
  रोग प्रतिरोधातक क्षमता बढाउने सरल उपायहरु बताउँदै डा रवीन्द्र पाण्डे
  नेपाली सेना र शसस्त्र प्रहरीलाई स्वदेश फिर्तीको लागि ब्यबस्थापन गर्ने अभिभारा सुम्पियोस्
  विदेशमा हुनुहुन्छ रोग प्रतिरोधात्मक क्षमता बढाउनुहोस्
  नेपालमा कोरोना संक्रमणको अवस्था भयाबह छैन
  लोकतान्त्रिक अभ्यासमा युवा भुमिका
  कोभिड-१९ विरुद्धको लडाइँमा सरकारले अपनाउनु पर्ने महत्त्वपूर्ण रणनीतिहरु
  जीवनशैली परिवर्तन गर्ने अवसर हो लकडाउन
  हामी श्रमिक एक हौँ
  जीवन जिउने सरल उपायहरु : भाग १
  स्वास्थ विज्ञ भन्छन् र्यापिड टेस्ट भरपर्दो भएन
  १ मिटरको दुरी, कोरोनाबाट बच्न छ जरुरी
  धार्मिक सहिष्णुता कायम राखाैँ