Admission for ACCA programme open at The British College ## प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक भएको नेपाली कांग्रेसको जिकिर, प्रदर्शन गर्ने ## नेकपा दाहाल–नेपाल समूहले आन्दोलन गर्ने ## ३४ जना नेपालीहरुको नयाँ Exit visa (बहिर्गमन भिषा) जारी ## हिन्दुराष्ट्र र राजसंस्थाको संवाहक राप्रपा : कमल थापा ## मृगौला रोगी मोक्तानलाई उपचार रकम सहयोग ## ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो ## काठमाडौं उपत्यकामा थप १२२९ जनामा संक्रमण पुष्टि ## नेप्सेमा एकैदिन सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड ## नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम भने उचालियो ## साउदी सरकारले २७ जना नेपालीलाई बहिर्गमन भिषा दियो ## २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि ## सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचन ## खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी ## अबैध गाँजा सहित पाँच जना पक्राउ ##
समाचार

प्रतिनिधि सभा विघटन : अबका तीन बाटाहरु

न्यू अनलाइन खबर २०७७ पौष ९, बिहिवार
FILE PHOTO

संसद् विघटनपछि संवैधानिक लडाँइ लड्ने कि विगतमा गरिएको जस्तै राजनीतिक आन्दोलनमार्फत संसद् पुनर्स्थपाना गराउने भन्ने विषय राजनीतिक नेतृत्वले निर्क्यौल गर्नुपर्ने सुझाव कतिपय कानूनविद्हरूले दिएका छन्।

नेकपा अध्यक्ष प्रचण्ड नेतृत्वको खेमाले बोलाएको बैठकमा कानूनविद्हरूले अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नदिएको उल्लेख गर्दै अहिलेको सङ्कटको कानूनी वा राजनीतिक समाधान खोज्नेबारे दलहरूले टुङ्गो गर्नुपर्ने सुझाव दिएका छन्।

छलफलमा पछिल्लो गतिरोधबारे राय लिन विभिन्न पक्षका वरिष्ठ कानूनविद्हरूलाई नेकपा नेताहरूले बोलाएका थिए।

बाटो १: अदालतले व्याख्या गर्छ

त्यसमा सहभागी पूर्व महान्यायाधिवक्ता समेत रहेका युवराज संग्रौला भन्छन्, "मेरो भनाइ संसद् विघटन भएको छैन भन्ने हो। अदालतमा यसलाई परीक्षण गर्ने हो भने तपाईँहरू अदालतमा जान सक्नुहुन्छ। अदालतले व्याख्या गर्छ। तपाईँहरू चुनावमा जानुहुन्छ भने त्यो तपाईँहरूको निर्णय हो।"

संवैधानिक कानूनका ज्ञाता चन्द्रकान्त ज्ञवाली पनि प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार संविधानले नदिएको भन्दै आइतवार गरिएको विघटनको सिफारिस आप्राकृतिक रहेको बताउँछन्।

उनले बीबीसीसँग भने, "मेरो विचारमा संसद् विघटन होइन प्रधानमन्त्री पद र सरकार रिक्त भएको छ। त्यसलाई पूर्ति गर्न अरू दलहरू लाग्नुपर्ने हुन्छ।"

बाटो २: स्वयम् प्रतिनिधिसभाले नै आफ्नो अधिकार कायम गर्नसक्छ

संग्रौला भन्छ्न्, "अर्को पहिलाको संसद्लाई ब्युँताए जस्तो उपाय गर्न सकिन्छ। स्वयम् प्रतिनिधिसभाले नै आफ्नो अधिकार कायम गराउन सकिन्छ। सबै राजनीतिक पार्टीहरू विघटनको विपक्षमा छन् र दुई तिहाइ उहाँहरूसँग पुग्छ भने उहाँहरूले हामीहरू विघटित छैनौँ ज्युँदो छौँ भनेको कुरा आफैँमा आधिकारिक हुन्छ।"

अनि ज्ञवाली भन्छन्, "संसद् विघटन गराउने बहुमतको सरकारलाई संविधानले नचिन्ने भएकाले अहिले संसद् छ तर अधिवेशन हुन बाँकि छ। त्यसको लागि समावेदन दिन सांसदहरू राष्ट्रपतिकोमा जानुपर्ने हुन्छ।"

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरेकाले त्यस्तो निवेदन लिएर सांसदहरू गएमा उनले सकारात्मक प्रतिक्रिया जनाउने अवस्था नरहेको कतिपयको ठम्याइ छ।

बाटो ३: राजनीतिक समाधान

ज्ञवालीले थपे, "राजनीतिक प्रश्न भएकाले राजनीतिक रूपमा समाधान हुनसक्छ। संवैधानिक प्रश्न भएकाले रिटहरू पनि परेका छन्। संविधान अनुसार बहुमतको सरकार, गठबन्धन सरकार वा अल्पमतको सरकार कसैले संसद् विघटन गर्न सक्दैन्। भोलि अदालतले व्यख्या गर्दा पनि यही व्याख्या भएर पुनर्स्थापना हुन्छ।"

सरकारद्वारा गरिएको सिफारिस अनुमोदन गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ अनि धारा ८५ एवम् संसदीय प्रणालीको मर्म एवम् मूल्य मान्यता र नेपालको आफ्नै अनि संसदीय प्रणाली भएका अन्य विभिन्न मुलुकको अभ्यास बमोजिम संसद् विघटन गरी चुनावको मिति घोषणा गरेको उल्लेख गरेकी थिइन्।

तर कानूनविद्हरू विक्रम सम्वत २०४६ साल यता भएका संसद् विघटनका दृष्टान्तहरूबारे संविधान लेखनका क्रममा पर्याप्त छलफल भएको र त्यस्तो अवस्था ‌आउन नदिन प्रधानमन्त्रीले संसद् विघटन गर्नसक्ने व्यवस्था अहिलेको संविधानमा नराखिएको बताइरहेका छन्।

स्रोत : बीबीसी

 


यसमा तपाईको प्रतिक्रिया (Comment)
  ३४ जना नेपालीहरुको नयाँ Exit visa (बहिर्गमन भिषा) जारी
  हिन्दुराष्ट्र र राजसंस्थाको संवाहक राप्रपा : कमल थापा
  मृगौला रोगी मोक्तानलाई उपचार रकम सहयोग
  प्रधानमन्त्री र नेकपाले जवाफ दिनुपर्छ : गगन थापा
  सरकारले कोरोना परीक्षण र उपचार निःशुल्क गर्नुपर्ने
  उद्योग वाणिज्य महासंघको चुनावमा ढकाल प्यानलको उम्मेदवारी दर्ता
  खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी
  जनप्रतिनिधि हुनु त यस्तो पो !
  अबैध गाँजा सहित पाँच जना पक्राउ
  कोरोनाको उपचार स्थानीय सरकारले गर्ने
  भारतीय सेनाध्यक्षको भ्रमण परम्पराको निरन्तता हो : नेपाली सेना
  कात्तिक कृष्णपक्षसँगै डोम समुदायको सक्रियता बढ्दै
  किताब नहेरी शैक्षिक सत्र सकिँदै
  ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित
  सफल भयो हावाबाट बिजुली निकाल्ने प्रयास
  धापासीमा छुरा हानेर युवकको हत्या, दुई पक्राउ
  काभ्रेबाट देखिएका रमणीय हिमशृङ्खला (फोटोफिचर)
  देहरादूनमा कुटिएका नेपालीको उद्धार गर्न आग्रह
  पर्यटकीय गन्तव्य बन्दै मानहुँकोट
  लोप हुँदै मादल बनाउने पेशा
  चुलो बाल्न बालुवा गिट्टीमा आश्रित
  कोरोनाको कहर दशैँमा पनि, गाउँघरमा छैन रमाइलो
  नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै
  सैनिक मञ्चमा फूलपाती बढाइँ (फोटोफिचर)
  कोरोना भाइरसको महामारीबाट जनताको जीवनरक्षा गर्नु सरकारको पहिलो काम र कर्तव्य होः प्रधानमन्त्री (पूर्णपाठ)
  तलेजुमा बलिरहित पूजाः लगिएन दशैँघर
  गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती
  नागरिकको जीवनप्रति सरकार जिम्मेवार बनोस्’
  नवरात्रको छैटौँ दिन, आज कात्यायनीको पूजा आराधना गरिँदै
  सिंँगारियो मदन भण्डारीको जन्मघर