नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर गरेको छ ।
उक्त बैठकले नेपाल कम्युनिष्ट पार्टीको के।पी। शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा पुस १३ गते सोमबार १६५ संघीय निर्वाचन क्षेत्रमा क्षेत्रीय कार्यसमितिको आयोजनामा एकसाथ प्रदर्शन गर्ने निर्णय गरेको छ ।