Admission for ACCA programme open at The British College ## प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक भएको नेपाली कांग्रेसको जिकिर, प्रदर्शन गर्ने ## नेकपा दाहाल–नेपाल समूहले आन्दोलन गर्ने ## ३४ जना नेपालीहरुको नयाँ Exit visa (बहिर्गमन भिषा) जारी ## हिन्दुराष्ट्र र राजसंस्थाको संवाहक राप्रपा : कमल थापा ## मृगौला रोगी मोक्तानलाई उपचार रकम सहयोग ## ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो ## काठमाडौं उपत्यकामा थप १२२९ जनामा संक्रमण पुष्टि ## नेप्सेमा एकैदिन सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड ## नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम भने उचालियो ## साउदी सरकारले २७ जना नेपालीलाई बहिर्गमन भिषा दियो ## २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि ## सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचन ## खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी ## अबैध गाँजा सहित पाँच जना पक्राउ ##
समाचार

हिन्दुराष्ट्र र राजसंस्थाको संवाहक राप्रपा : कमल थापा

न्युअनलाइनखबर काठमाडाैं २०७७ मंसिर २३, मंगलवार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भएको आन्दोलनमा राप्रपाको समर्थन रहने बताएका छन् । सोमबार पार्टी कार्यालयमा भएको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण समारोहमा उनले स्वःस्फूर्तरुपमा देशभर भएको आन्दोलनमा आफूहरुको ऐक्यबद्धता रहेको बताए ।

अध्यक्ष थापाले थपे राजा आउ देश बचाउ होइन, जनता आउ, राजा ल्याउ देश बचाऔँ भनौं, भन्नुपर्यो । उनले जनताले राजालाई ल्याएर राजा र जनता मिलेर देश बचाउनुपर्ने बताए । उनले राजसंस्था र हिन्दुराष्ट्र पक्षधरलाई राप्रपाको नेतृत्वमा गोलबद्ध हुन पनि आग्रह गरे ।

राजस्था र हिन्दु राष्ट्र राजनीतिक स्वार्थ नभएर देशको अस्तित्व, पहिचान र सार्वभौमिकतासँग जोडिएको विषय भएको दाबी गरे । त्यस्तै चुनाव चिन्ह हलो भएकोमा दुख मनाउ गर्नुपर्ने अवस्था नभएको भन्दै हलोको सामाजिक सांस्कृतिक महत्वबारे चर्चा गरे ।

हिन्दु राष्ट्रको नारा बोकेकाले गाई चुनाव चिन्ह चाहे पनि पार्टी एकताका लागि हलो स्वीकार ग¥यौं । हामीले अवलम्बन गरेको हलोको पनि सामाजिक आर्थिक र धार्मिक महत्व छ, उनले थपे, हलो भनेको भगवान बलरामको प्रतीक हो । हामिले यो चिन्ह कायम गर्ने सौभाग्य पायौं यसमा आत्मग्लानी गर्नुपर्ने कारण छैन ।

त्यस्तै, पछिल्लो समय हिन्दुराष्ट्र र राजसंस्थाको माग गर्दै भइरहेको आन्दोलनमा आफ्नो सहयोग र समर्थन रहने बताए । उनले यो आन्दोलनलाई देशका राजनीतिक शक्तिहरु र विदेशीहरुले पनि हेरिरहेको बताउँदै हिन्दुराष्ट्र र राजसंस्थाको मुल संवाहक राप्रपा भएको अध्यक्ष थापाले दाबी गरे ।

यसरी महामारीका बिच नै आन्दोलन सुरु हुनुका तीन कारण उनले औंल्याए । जसमा उनले हिन्दुराष्ट्र र राजा बाहिरी शक्तिका कारण हटाइएको, जनताले गणतन्त्रको सकारात्मक परिवर्तन महसुस नगरेको र पूर्वाराजाको सालिन र सकारात्मक जीवनशैली रहेको दाबी गरे । 

त्यस्तै, अर्का अध्यक्ष पशुपति शमशेर जबराले सरकारले सिन्को पनि नभाँचेको आरोप लगाए । मुलुक अहिले नराम्रो अवस्थामा छ । दुई तिहाई सरकार २ वर्षमम दिशाहीन उपलब्धिहीन बाटोमा छ । सरकारले सिन्का भाच्न सकेको छैन, उनले भने, सरकारसँग केही ठोस बाटो छैन । काण्डको नाम लिन साध्य छैन । स्थायित्वका लागि प्राप्त जनादेशको पनि आपसी कलहमा परेर सरकारले खिल्ली उडायो ।

कार्यक्रममा अर्का अध्यक्ष डा।प्रकाशचन्द्र लोहनीले राष्ट्रपति विद्यादेवी भण्डारी एउटा पार्टी र त्यसको एउटा समूहको जस्तोमात्र देखिएको आरोप लगाएका छन् । अध्यक्ष लोहनीले राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाउँदै देशमा संवैधानिक राजतन्त्रको आवश्यकता रहेको औल्याए ।

नेपालका लागि, संवैधानिक राजतन्त्रको आवश्यकता छ । स्पेनजस्तो विकसित देशमा दुईपटकको गणतन्त्र पछि आयो। नेपालमा पनि त्यो आवश्यक देखिएको छ, अध्यक्ष लोहनीले भने, राष्ट्रपति एउटा पार्टीमा एउटा गुटका भए । सरकारको आफ्नालाई मात्र हे¥यो । ट्रास्परेन्सीले भ्रष्टाचारमा देखाएको सूचक लज्जास्पद छ ।

त्यस्तै, पूर्व प्रधानमन्त्री समेत रहेका नेता लोकेन्द्रबहादुर चन्दले पार्टीले जे निर्णय गर्छ त्यसमा आफ्नो सहमति हुने बताए ।

पार्टीको झण्डोत्तोलन पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले गरेका थिए भने चुनाव चिन्ह अध्यक्ष त्रय कमल थापा, पशुपति शम्शेर जबरा र डा। प्रकाशचन्द्र लोहनीबाट भएको थियो । तीनैजना अध्यक्षले पार्टीको अधिवेसन गर्नुपर्नेमा जोड दिएका थिए । पार्टी एकता पछि राप्रपाले हाल चुनाव चिन्ह हलो र झण्डामा गाई चिन्हको प्रयोग गरेको छ ।


यसमा तपाईको प्रतिक्रिया (Comment)
  ३४ जना नेपालीहरुको नयाँ Exit visa (बहिर्गमन भिषा) जारी
  हिन्दुराष्ट्र र राजसंस्थाको संवाहक राप्रपा : कमल थापा
  मृगौला रोगी मोक्तानलाई उपचार रकम सहयोग
  प्रधानमन्त्री र नेकपाले जवाफ दिनुपर्छ : गगन थापा
  सरकारले कोरोना परीक्षण र उपचार निःशुल्क गर्नुपर्ने
  उद्योग वाणिज्य महासंघको चुनावमा ढकाल प्यानलको उम्मेदवारी दर्ता
  खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी
  जनप्रतिनिधि हुनु त यस्तो पो !
  अबैध गाँजा सहित पाँच जना पक्राउ
  कोरोनाको उपचार स्थानीय सरकारले गर्ने
  भारतीय सेनाध्यक्षको भ्रमण परम्पराको निरन्तता हो : नेपाली सेना
  कात्तिक कृष्णपक्षसँगै डोम समुदायको सक्रियता बढ्दै
  किताब नहेरी शैक्षिक सत्र सकिँदै
  ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित
  सफल भयो हावाबाट बिजुली निकाल्ने प्रयास
  धापासीमा छुरा हानेर युवकको हत्या, दुई पक्राउ
  काभ्रेबाट देखिएका रमणीय हिमशृङ्खला (फोटोफिचर)
  देहरादूनमा कुटिएका नेपालीको उद्धार गर्न आग्रह
  पर्यटकीय गन्तव्य बन्दै मानहुँकोट
  लोप हुँदै मादल बनाउने पेशा
  चुलो बाल्न बालुवा गिट्टीमा आश्रित
  कोरोनाको कहर दशैँमा पनि, गाउँघरमा छैन रमाइलो
  नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै
  सैनिक मञ्चमा फूलपाती बढाइँ (फोटोफिचर)
  कोरोना भाइरसको महामारीबाट जनताको जीवनरक्षा गर्नु सरकारको पहिलो काम र कर्तव्य होः प्रधानमन्त्री (पूर्णपाठ)
  तलेजुमा बलिरहित पूजाः लगिएन दशैँघर
  गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती
  नागरिकको जीवनप्रति सरकार जिम्मेवार बनोस्’
  नवरात्रको छैटौँ दिन, आज कात्यायनीको पूजा आराधना गरिँदै
  सिंँगारियो मदन भण्डारीको जन्मघर