साउदी अरेबियाका कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिषा (Exit Visa) प्रदान गर्ने व्यवस्थाका लागि साउदी सरकारलाई नेपाली राजदुतावास रियादले अनुरोध गरे बमाेजिम साउदी सरकारले २७ जना नेपालीलाई बहिर्गमन भिषा दिएको जानकारी दुतावासले गराएकाे छ।
दुतावासका अनुसार साउदी सरकारले हालसम्म १,२१७ जना नेपालीहरुलाई बहिर्गमन भिषा जारी गरेको छ । यस मध्ये १ देखि १,१९० सम्मको सूचि यसअघि नै प्रकाशन गरिसकेको छ र नयाँ बहिर्गमन भिषा (Exit Visa) जारी भएका २७ जनाकाे नामावली यसैसाथ संलग्न छ।
विभिन्न कसूरमा मुद्दा (Case) रहेका व्यक्तिहरुले त्यस्तो मुद्दा सामाधान भइसकेपछि मात्रै बहिर्गमन भिषा (Exit Visa) को लागी आबेदन दिन दुतावासले सूचना जारी गरेको छ।