ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो ## काठमाडौं उपत्यकामा थप १२२९ जनामा संक्रमण पुष्टि ## नेप्सेमा एकैदिन सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड ## नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम भने उचालियो ## साउदी सरकारले २७ जना नेपालीलाई बहिर्गमन भिषा दियो ## २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि ## सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचन ## खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी ## अबैध गाँजा सहित पाँच जना पक्राउ ## किताब नहेरी शैक्षिक सत्र सकिँदै ## ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित ## नागरिकको सेवामा खटिरहँदा कोरोना सङ्क्रमित भएँ : उपाध्यक्ष आचार्य ## संगीतमा जमेका सन्जोक ## धापासीमा छुरा हानेर युवकको हत्या, दुई पक्राउ ## इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने ##
समाचार

उद्योग वाणिज्य महासंघको चुनावमा ढकाल प्यानलको उम्मेदवारी दर्ता

न्यू अनलाइन खबर २०७७ कार्तिक १८, मंगलवार

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल प्यानलबाट एशोसिएट्स, वस्तुगत र जिल्लातर्फका केन्द्रीय सदस्यहरुको उम्मेदवारी दर्ता भएको छ।

ढकालले मुलुकमा वैदेशिक लगानी भित्र्याउन, निजी क्षेत्रको प्रवद्र्धन गर्न र, सरकार र निजी क्षेत्रबीच पुलको काम गर्दै देशमा लगानीमैत्री वातावरण बनाउन, रोजगारी सिर्जना गर्न आफु नेतृत्वको टीमको जीत आवश्यक रहेको बताउनुभएको छ ।

‘निजी क्षेत्रका सानो व्यवसाय प्रवद्र्धनदेखि तथा ठूला उद्योगको संरक्षण तथा प्रवद्र्धन गर्दै वैदेशिक लगानी भित्र्याई देशमा रोजगारी सृजना गर्ने उद्देश्य अनुरुप मेरो नेतृत्वमा हामीले उम्मेदवारी दर्ता गराएका छौं,’ आफ्नो टीमका सदस्यहरुको उम्मेदवारी दर्ता कार्यक्रममा उहाँले भन्नुभयो, ‘मेरो नेतृत्वको टीमले देशमा लगानी मैत्री वातावरण बनाउन सरकारसँग अझ सशक्त रुपमा सहकार्य गर्नेछ ।’

कार्यक्रममा महासंघका पूर्वअध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकालले चन्द्रप्रसाद ढकाल नेतृत्वको टीमले समावेशी रुपमा सबै पक्षलाई मिलाएर अघि बढेकाले उहाँको टीमको जित सुनिश्चित रहेको बताउनुभयो । उहाँले महासंघको नेतृत्वका लागि चन्द्रप्रसाद ढकाल नेतृत्वको टीम नै सबल र सक्षम भएको र सफल हुने दावी गर्नुभयो ।

ढकाल प्यानलबाट आज नै विभिन्न व्यक्तिहरुले जिल्ला तथा नगर, वस्तुगत र एशोसिएट्सतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । जसमा वस्तुगततर्फ केन्द्रीय सदस्यमा हेमराज ढकाल, आकाश अधिकारी, कमला श्रेष्ठ, जय शिवाकोटी, सुवास भण्डारी, प्रकाश सिंह कार्की, भक्त हमाल, सुवोध कुमार गुप्ता, सुमित केडिया, रविन कुमार श्रेष्ठ, नरेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ । वस्तुगततर्फका बाँकी केन्द्रीय सदस्यका उम्मेदवारहरुले केहीदिनभित्रै उम्मेदवारी दिनुहुनेछ ।

यसैगरी जिल्ला नगरतर्फबाट अशोक ताम्राकार, तारानाथ घिमिरे, उमेश डामियालगायतले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस प्यानलबाटै राजन श्रेष्ठ, बोधनाथ दुवाडी, कमल श्रेष्ठ, नन्दलाल वैश्य, सुरकृष्ण वैद्यलगायतले उम्मेदवारी दर्ता गरिसक्नुभएको छ । एशोसिएट्सतर्फ ढकाल प्यानलबाट अजित बस्नेत, अम्बिकाप्रसाद पौडेल, रामशरण थपलिया, भरत आचार्य, विनोद ढकाल, विराट थापा, गोपाल खनाल, कृष्णलाल महर्जन, बाबुकाजी कार्कीलगायतले उम्मेदवारी दर्ता गराउनुभएको छ । बाँकी केन्द्रीय सदस्य पदका उम्मेदवारहरुले पनि केहीदिनभित्रै उम्मेदवारी गर्दा गराउने ढकाल प्यानलका जिल्ला/नगरतर्फका उपाध्यक्ष गुणनिधी तिवारीले जानकारी दिनुभयो ।


यसमा तपाईको प्रतिक्रिया (Comment)
  खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी
  जनप्रतिनिधि हुनु त यस्तो पो !
  अबैध गाँजा सहित पाँच जना पक्राउ
  कोरोनाको उपचार स्थानीय सरकारले गर्ने
  भारतीय सेनाध्यक्षको भ्रमण परम्पराको निरन्तता हो : नेपाली सेना
  कात्तिक कृष्णपक्षसँगै डोम समुदायको सक्रियता बढ्दै
  किताब नहेरी शैक्षिक सत्र सकिँदै
  ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित
  सफल भयो हावाबाट बिजुली निकाल्ने प्रयास
  धापासीमा छुरा हानेर युवकको हत्या, दुई पक्राउ
  काभ्रेबाट देखिएका रमणीय हिमशृङ्खला (फोटोफिचर)
  देहरादूनमा कुटिएका नेपालीको उद्धार गर्न आग्रह
  पर्यटकीय गन्तव्य बन्दै मानहुँकोट
  लोप हुँदै मादल बनाउने पेशा
  चुलो बाल्न बालुवा गिट्टीमा आश्रित
  कोरोनाको कहर दशैँमा पनि, गाउँघरमा छैन रमाइलो
  नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै
  सैनिक मञ्चमा फूलपाती बढाइँ (फोटोफिचर)
  कोरोना भाइरसको महामारीबाट जनताको जीवनरक्षा गर्नु सरकारको पहिलो काम र कर्तव्य होः प्रधानमन्त्री (पूर्णपाठ)
  तलेजुमा बलिरहित पूजाः लगिएन दशैँघर
  गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती
  नागरिकको जीवनप्रति सरकार जिम्मेवार बनोस्’
  नवरात्रको छैटौँ दिन, आज कात्यायनीको पूजा आराधना गरिँदै
  सिंँगारियो मदन भण्डारीको जन्मघर
  नगरपालिकाद्वारा उद्योग स्थापना गर्न सुझाव संकलन
  रसुवामा एघार हजार घर पुननिर्माण
  नवरात्रिको तेस्रो दिनः चन्द्रघण्टाको पूजाआराधना गरी मनाइँदै
  चित्लाङ–थानकोट सडकको स्तरोन्नति शुरु
  निजगढबाट लागुऔषध सहित दुईजना प्रहरी नियन्त्रणमा
  मिर्गौलापीडितलाई साढे छ लाख सहयोग