ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो ## काठमाडौं उपत्यकामा थप १२२९ जनामा संक्रमण पुष्टि ## नेप्सेमा एकैदिन सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड ## नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम भने उचालियो ## साउदी सरकारले २७ जना नेपालीलाई बहिर्गमन भिषा दियो ## २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि ## सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचन ## खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी ## अबैध गाँजा सहित पाँच जना पक्राउ ## किताब नहेरी शैक्षिक सत्र सकिँदै ## ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित ## नागरिकको सेवामा खटिरहँदा कोरोना सङ्क्रमित भएँ : उपाध्यक्ष आचार्य ## संगीतमा जमेका सन्जोक ## धापासीमा छुरा हानेर युवकको हत्या, दुई पक्राउ ## इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने ##
खेलकुद

जनप्रिय लाई हराउँदै सगरमाथा र जनशक्ति लाई हराउँदै आयोजक टिम बी दोस्रो चरणमा प्रवेश

न्युअनलाइनखबर संवाददाता सर्लाही २०७७ कार्तिक १८, मंगलवार

सर्लाहीको बागमती नगरपालिका–४ जिरायतमा जारी प्रथम नयाँवस्ती कप नकआउट फुटबल खेलको आजको खेलमा सगरमाथा युवा क्लब धरहरा र नयाँवस्ती युवा क्लब टिम ‘बी’ दोस्रो चरणमा प्रवेश गरेको छ । 

पहिलो खेलमा जनप्रिय युवा क्लब टेकानीलाई हराउँदै सगरमाथा युवा क्लब धरहरा दोस्रो चरणमा प्रवेश गरेको हो।

यस्तै दोस्रो खेलमा जनशक्ति युवा क्लब शंकरपुरलाई पराजित गर्दै आयोजक नयाँवस्ती युवा क्लब टिम ‘बी’पनि दोस्रो चरणमा प्रवेश गरेको हो। 

सगरमाथाले जनप्रियलाई २–१ गोल अन्तरले पराजित  गरेका हन् । त्यसैगरी आयोजक टिम ‘बी’ ले जनशक्तिलाई २–१ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो । 

पहिलो खेलको म्यान अफ दि म्याच सगरमाथा युवा क्लबका खेलाडी दिनेश घिसिङ घोषित भए भने दोस्रो खेलको म्यान अफ दि म्याच आयोजक टिमका खेलाडी राजेश डिम्डुङ भए । 

नयाँवस्ती युवा क्लबले विजया दशमी र शुभ दिपावलीको अवसरमा खेलकुदको माध्यमबाट आफ्नो गाउँ, ठाउँलाई थप चिनाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता आगामी २७ गतेसम्म सञ्चालन हुनेछ।


यसमा तपाईको प्रतिक्रिया (Comment)
  ३५ खेलाडीलाई ग्रेडिङ
  रमादान मुबाराक : ओजिल
  सचिन तेन्दुल्करलाई साथीको जन्मदिनको सुभकामना
  आइपिएल स्थगित