ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो ## काठमाडौं उपत्यकामा थप १२२९ जनामा संक्रमण पुष्टि ## नेप्सेमा एकैदिन सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड ## नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम भने उचालियो ## साउदी सरकारले २७ जना नेपालीलाई बहिर्गमन भिषा दियो ## २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि ## सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचन ## खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी ## अबैध गाँजा सहित पाँच जना पक्राउ ## किताब नहेरी शैक्षिक सत्र सकिँदै ## ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित ## नागरिकको सेवामा खटिरहँदा कोरोना सङ्क्रमित भएँ : उपाध्यक्ष आचार्य ## संगीतमा जमेका सन्जोक ## धापासीमा छुरा हानेर युवकको हत्या, दुई पक्राउ ## इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने ##
समाचार

जनप्रतिनिधि हुनु त यस्तो पो !

न्युअनलाइनखबर संवाददाता सर्लाही २०७७ कार्तिक १७, सोमबार

बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा  सरकारी सेवा सुविधा उपभोग नगरी जनताको सेवामा तल्लीन हुनुहुन्छ ।  उहाँले हालसम्म नगरप्रमुखले पाउने तलव, भक्ता,सवारी, इन्धन लगायतका कुनै पनि सेवा सुधिा लिनुभएको छैन । ती सुविधा वापत प्राप्त गर्ने रकम नगरका विकास निर्माण तथा विपन्न नागरिकको जीवनस्तर माथि उकास्न लगानी गर्नुभएको छ ।  उहाँ तत्कालीन एनेकपा माओवादीबाट निर्वाचित हुनुभएको थियो ।  उहाँ भन्नुहुन्छ, “गाउँ गाउँमा सिंहदरवारको राष्ट्रिय नारालाई सार्थक पार्न र विपन्न जनताको  जीवनस्तर माथि उकास्न कुनै सरकारी सेवा सुविधा उपभोग नगरी तल्लीन भएको हुँ । ” 

नगर प्रमुखले  हालसम्म सरकारी रकमबाट एक कप चिया पनि नखानु भएको प्रमुख प्रशासकिय अधिकृत विमलकुमार पोख्रेलले जानकारी दिनुभयो । “नगर प्रमुख  चिया खान आफ्नो निजी निवास तथा होटल जानुहुन्छ । नगरप्रमुखले अहिलेसम्म नगरको रकमबाट व्यक्तिगत प्रयोजनका लागि एक रुपैँया पनि खर्च गर्नु भएको छैन ।” उहाँले भन्नुभयो । नगर प्रमुख थापाले निर्वाचनको समयमा जनतासित मत माग्दा जनाउनु भएको प्रतिवद्धता अनुरुप सरकारी सेवा सुविधा उपभोग नगर्नु भएको नगर उप प्रमुख लिलाकुमारी मोक्तानले बताउनुभयो ।

नगर प्रमुखले नगरमा आएको बजेटमा अनियमितता नहोस् भन्नका लागि वडा अध्यक्षलाई बजेट विनियोजन गर्नुभएको छैन । उहाँले योजना लिएर आउने, योजना पास गराउने र काम सकेर बजेट लैजाने भन्दै सबै वडा अध्यक्षलाई बताउनुभएको वडा नं २ का वडाध्यक्ष दीपक लामाले जानकारी दिनुभयो । नगर प्रमुख नगरपालिकाको कामले बाहिर जानु पर्दा समेत आफ्नो निजी खर्च गर्ने गरेको  नगरपालिकाले जनाएको छ । नगर भित्रका विपन्न नागरिकलाई नगरप्रमुख थापाले निजी खर्चमा  उपचार तथा खाद्यन्न सहयोग समेत गर्दै आउनुभएको छ ।

 नगरपालिका भित्र   ११ वडा रहेका छन्  । वडा नं ४ का हरिकृष्ण घिमिरे र वडा नं ५ का सुविर लामाले नगरप्रमुख थापाको मानवीय सेवा उत्कृष्ट रहेको बताउनुहुन्छ । करिव १ सय २० विघामा नगर बगैँचा,करिब २ सय विघामा पोखरी, उद्यान लगायतका योजना नगरपालिकाले सार्वजानिक गरेको छ ।  नगरपालिकामा कार्यरत कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमै पढाउनु पर्ने नियम बनाइएको छ ।  


यसमा तपाईको प्रतिक्रिया (Comment)
  खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी
  जनप्रतिनिधि हुनु त यस्तो पो !
  अबैध गाँजा सहित पाँच जना पक्राउ
  कोरोनाको उपचार स्थानीय सरकारले गर्ने
  भारतीय सेनाध्यक्षको भ्रमण परम्पराको निरन्तता हो : नेपाली सेना
  कात्तिक कृष्णपक्षसँगै डोम समुदायको सक्रियता बढ्दै
  किताब नहेरी शैक्षिक सत्र सकिँदै
  ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित
  सफल भयो हावाबाट बिजुली निकाल्ने प्रयास
  धापासीमा छुरा हानेर युवकको हत्या, दुई पक्राउ
  काभ्रेबाट देखिएका रमणीय हिमशृङ्खला (फोटोफिचर)
  देहरादूनमा कुटिएका नेपालीको उद्धार गर्न आग्रह
  पर्यटकीय गन्तव्य बन्दै मानहुँकोट
  लोप हुँदै मादल बनाउने पेशा
  चुलो बाल्न बालुवा गिट्टीमा आश्रित
  कोरोनाको कहर दशैँमा पनि, गाउँघरमा छैन रमाइलो
  नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै
  सैनिक मञ्चमा फूलपाती बढाइँ (फोटोफिचर)
  कोरोना भाइरसको महामारीबाट जनताको जीवनरक्षा गर्नु सरकारको पहिलो काम र कर्तव्य होः प्रधानमन्त्री (पूर्णपाठ)
  तलेजुमा बलिरहित पूजाः लगिएन दशैँघर
  गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती
  नागरिकको जीवनप्रति सरकार जिम्मेवार बनोस्’
  नवरात्रको छैटौँ दिन, आज कात्यायनीको पूजा आराधना गरिँदै
  सिंँगारियो मदन भण्डारीको जन्मघर
  नगरपालिकाद्वारा उद्योग स्थापना गर्न सुझाव संकलन
  रसुवामा एघार हजार घर पुननिर्माण
  नवरात्रिको तेस्रो दिनः चन्द्रघण्टाको पूजाआराधना गरी मनाइँदै
  चित्लाङ–थानकोट सडकको स्तरोन्नति शुरु
  निजगढबाट लागुऔषध सहित दुईजना प्रहरी नियन्त्रणमा
  मिर्गौलापीडितलाई साढे छ लाख सहयोग