ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो ## काठमाडौं उपत्यकामा थप १२२९ जनामा संक्रमण पुष्टि ## नेप्सेमा एकैदिन सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड ## नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम भने उचालियो ## साउदी सरकारले २७ जना नेपालीलाई बहिर्गमन भिषा दियो ## २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि ## सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचन ## खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी ## अबैध गाँजा सहित पाँच जना पक्राउ ## किताब नहेरी शैक्षिक सत्र सकिँदै ## ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित ## नागरिकको सेवामा खटिरहँदा कोरोना सङ्क्रमित भएँ : उपाध्यक्ष आचार्य ## संगीतमा जमेका सन्जोक ## धापासीमा छुरा हानेर युवकको हत्या, दुई पक्राउ ## इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने ##
मनोरञ्जन

संगीतमा जमेका सन्जोक

न्युअनलाइनखबर संवाददाता काठमाडाैं २०७७ कार्तिक १५, शनिबार

‘चरिकोट दोलखा म जाँदा’, ‘बाटो त मुनि तिनतले घर’, ‘तिनतले घरको जोर बाँहा’, ‘समुन्द्रपारीको देशैमा, आफ्नो त भन्ने कोही छैन’ बोलका गीतहरु सेलो संगीत पारखीहरुमाझ जनजिब्रोमा झुन्डिएका छन् । यथार्थपरक शब्द, मनछुने संगीत अनि मौलिक संस्कृतिलाई कलात्मक तरिकाले उजार गरेकाले यी गीतहरुमा आनन्दीत हुँदै डम्फूको तालमा कम्मर मर्काएर ननाच्ने सायदै कोही छैन होला । यी र यस्ता सयौं सुमधुर गीतहरुका सर्जक हुन्, गायक एवं संगीतकार सन्जोक योन्जन ।

काभ्रे चौंरीदेउराली गाउँपालिका–७ मादनकुँडारीमा २०३४ साल बैशाख २६ गते पूर्णिमा दिन बुवा डिल्लीमान योन्जन र आमा पुतली घिसिङको कोखबाट योन्जनको जन्म भएको थियो । योन्जनको बाल्यकालको केही समय गाउँमै बिते र ८ बर्षको हुँदा परिवारको साथमा बालुवाटार काठमाडौंमा बसाई सरे । 

सानैदेखि संगीतमा चाख राख्ने उनी आफ्नो अध्ययन सँगै रेडियोमा बजेको गीतहरु सुन्ने गर्थे । उनका बुबा आमाले बौद्ध र स्वयम्भूमा लाग्ने तेमाल जात्रामा बर्षेनी उनलाई साथै लान्थे र त्यहाँ तामाङहरूले गाउने फापरे सेलो जुहारी गीत रातै भरी सुन्थे । 
सुन्दै गर्दा उनी संगीतमा यति लिप्त भएर डुबेकि मनभित्र उर्जा बढेर आयो । उनको गीत गाउने जाँगर चल्यो र अठोट गरे यस समयलाई उनी आफ्नो सांगीतिक प्रेरणादायी क्षणको रुपमा लिने गर्छन् । 

सरस्वती बहुमुखी क्याम्पस काठमाडौबाट अर्थशास्त्रमा स्नातक गरेका योन्जन मौलिक नेपाली तामाङ सेलो लगायतका सर्जक मात्र होइन खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापमा समेत पोख्त छन् । गीतसंगीतमा लाग्नुअघि उनले महेन्द्र पुलिस क्लबबाट मिडफिल्डर पोजिसनमा फुटबल खेल्थ्यो । क्रमशः उनको संगीतमा लगाव बढ्दै गयो । अन्ततः ‘जहाँ ईच्छा त्यहाँ उपाय’ भनेझंै उनले औपचारिक रूपमा पहिलो गीति एल्बम सेलो जुहारी भाग–१ सन २००१ मा निकाले । यसलाई  सबैले मन पराइ दिए । 
यो सफलता कहाँ सजिलो थियो र ! शुरूआती दिनमा निकै मिहेनत गर्नुपर्यो, उनी भन्छन्, ‘सुर र तालको बारेमा ज्ञान भएकोले उनलाई पहिलो गीत रेकर्ड गर्न केही सहज भयो । सांगीतिक प्रस्तुति दिन अमेरिका जाँदा २ पटकसम्म उनी स्वदेश फर्के ।

उनी सन् २००६ देखि स्थायी रूपमा परिवारसँगै अमेरिका बस्दै आइरहेका छन् । अहिले पनि उनी आफ्नो सांगीतिक प्रस्तुतिका लागि अन्य मुलुकहरुमा जाने आउने गर्छन् । हालसम्म उनले कतार, दुबई, साउदी, बहराईन, ईजराईल, टर्की, सिरिया, ईजिप्ट, ईरान, युके, फ्रान्स, जर्मन, ईटाली, स्विटजरल्याण्ड, मोनाको, स्पेन, पोर्चुगल, नेदरल्याण्ड, बेल्जियम, क्यूबा, बाहामस, जमाईका, अमेरिका, भारत, मलेसिया, सिङगापुर, जापान, लगायत २७ भन्दा बढी देशहरुको भ्रमण गरिसकेका छन् । यद्यपि अफ्नो प्रस्तुतिको क्रममा बिश्वको जुनसुकै कुना पुगे पनि अफ्नो मातृभूमि सम्झेर गाउने गर्छन्, समून्द्र पारिको देशैमा आफ्नो त भन्ने कोही छैन...

उसो त उनी आफ्नो जन्मभूमि फर्किदा आफन्तहरू भेट्ने क्रममा पनि नेपालमा आयोजित कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिन उपस्थित हुने गरेका छन् । अनवरत संगीत सिर्जना गर्ने क्रममा राष्ट्रिय संगीतकर्मी अवार्ड २०१९, हिमालयन स्रष्टा सम्मान २०१९ तथा विविध अवार्ड तथा सम्मानद्वारा उनी सम्मानीत पनि भइसकेका छन् ।

संघर्ष, सफलता र उद्देश्यबारे योन्जन भन्छन्, ‘संगीत महासागर हो कहिल्यै सिकेर सकिदैन । अहिलेसम्म पनि सिक्दैछु ।’ ‘संघर्ष नगरिकन कुनैपनि क्षेत्रमा सफल भईदैन । सफलताको बाटो नै संघर्ष हो । त्यसैले निरन्तर लागिरहने छ’, उनी भन्छन्, ‘भबिष्यमा सांगीतिक क्षेत्र संगै नेपाली राजनीतिमा लागेर नेपाली समाजलाई समुन्नत बनाउन लागि पर्नेछु ।’

हाल उनको ‘समुन्द्रपारीको देशैमा’, ‘झ्याडी त खोलाको जोरघट्टा’, ‘सिमसिमे पानी बर्खमा’, ‘रसुवाको धुन्चे बजार (म्हेन्दोमाया), ‘सिङगुन जात्रा’, ‘तरूनी देख्दा मन चमचम’ लगायत दर्जनौं गीतहरु लोकप्रिय छन् ।


यसमा तपाईको प्रतिक्रिया (Comment)
  ‘झिमझिम परेली’मा पल र अशोकको एक्सन (भिडियो)
  फिल्म भाँडाकुटी घोषणा
  प्रकाश पराजुली र देवी घर्तीको नयाँ गीत "मन्जरी" सार्बजनिक
  ‘जिकज्याक’ को तामाङ गीत ‘मायाला जोङ’ सार्वजनिक
  प्रिन्सको नयाँ गीत सडकबत्ती हेरिहेरी पाइला उचालौँ... सार्जजनिक
  फरक लुक्समा जय किसन र एलिना
  “भैगो प्रभु नल्याउ दशै” बोलको म्युजिक भिडियो सार्वजनिक
  ९३औं अस्कर अवार्डका लागि आवेदन खुल्ला
  नेपालमा कुल ७१ हजार कोरोना संक्रमित नाघ्यो
  पल र पुजा अभिनित 'ओई कान्छी' सार्बजनिक
  एम्बिसन अनलाइन एकल नृत्य सम्पन्न
  शान्तिश्री परियारको स्वरमा ‘बन चरी’ सार्वजनिक
  निर्देशक पुनको नयाँ म्युजिक भिडियो ‘दशा’
  बाटो हेरी नरोउ आमा सार्वजनिक
  ढोकामा कोरोनाको कथा
  मेरो जीन्दगी म्युजिक भिडियो सार्वजनिक
  नेपालकी प्रिन्शाले जितिन प्रिन्सेस अफ द वल्ड २०२०
  गोकर्णेश्वरमा रक्तदान सम्पन्न
  बुसानको एपीएममा पोखरेलको ‘रिभर इन दि मिरर’
  ‘सार्टनैको चोली’ म्युजिक भिडियो बजारमा
  "उठ्न देऊ" को भिडियो सार्बजनिक
  बुद्द लामा भन्छन्, हुन्न हुन्न हुदै हुन्न
  डार्क मुन’ सार्वजनिक
  बिकृति र विसंगति बिरुद्धको दरिलो आवाज बनेकी भक्तपुरकि रन्जना
  पुर्वेली गायिका मेनुका राईको “ नौ डाँडा पारी ” भिडियो सहित ।
  पत्रकार पौडेलको निर्देशनमा ‘बिरानो देश’
  जातको कथा : प्रेमका नाममा दलित युवामाथि कुटपिट
  अधिकारीको ‘तिमी नारी’
  छोरीको तीज सार्वजनिक
  रमेश कडेलको "फेसबुकमा" सार्वजनिक