ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो ## काठमाडौं उपत्यकामा थप १२२९ जनामा संक्रमण पुष्टि ## नेप्सेमा एकैदिन सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड ## नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम भने उचालियो ## साउदी सरकारले २७ जना नेपालीलाई बहिर्गमन भिषा दियो ## २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि ## सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचन ## खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी ## अबैध गाँजा सहित पाँच जना पक्राउ ## किताब नहेरी शैक्षिक सत्र सकिँदै ## ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित ## नागरिकको सेवामा खटिरहँदा कोरोना सङ्क्रमित भएँ : उपाध्यक्ष आचार्य ## संगीतमा जमेका सन्जोक ## धापासीमा छुरा हानेर युवकको हत्या, दुई पक्राउ ## इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने ##
अर्थ र समाज

विधिपूर्वक गरियो महागौरीको पूजाराधना

न्युअनलाइनखबर संवाददाता काठमाडाैं २०७७ कार्तिक ८, शनिबार
नवरात्रको आठौँ दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरीको विधिपूर्वक पूजाराधना गरिएको छ ।  प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीको आठौँ दिन महागौरीको विधिपूर्वक पूजाराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन कात्तिक १ गते शनिबार दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएका स्थानमा नौ दुर्गामध्येकी पहिली  शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाराधना गरियो । 
 
  दोस्रो दिन पूजास्थलमा ब्रह्मचारिणी,  तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन  स्कन्दमाता, छैटौँ दिन  कात्यायनी देवी र  सातौँ दिन कालरात्रिको विधिपूर्वक पूजाराधना गरियो । दुर्गा पक्षको आठौँ दिन आज महागौरीको विशेष पूजाराधना गरिएको हो  । नवरात्रका नौ दिन घटस्थापना गरिएका स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवतलगायत देवीस्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गाको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यस वर्ष विजयादशमीको साइत यही कात्तिक १० गते बिहान १०ः१९ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका थाप्न कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । देवीका आराधनाका साथ प्रसाद ग्रहण गरी नेपालीले १५ दिनसम्म बडादशैँ पर्व मनाउँछन् ।
 
  महागौरीको स्वरुप
 
महागौरीको रङ पहिलो केही कालो भएकाले एक पटक भगवान् शिवले देवीलाई ख्यालठट्टामा ‘ए काली’ भन्ने शब्द प्रयोग गरेछन् । त्यो शब्द भगवतीलाई मन परेनछ । तिनले अत्यन्त कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले  महागौरी भनिएको हो भन्ने विषय विभिन्न पुराणमा वर्णन गरिएको छ । सेतो वृषभमाथि चढ्ने गोरो वर्णकी श्वेतवस्त्र धारण गरेकी स्वरुपमा महागौरी हुन्छिन् भन्ने पुराणमा लेखिएको छ । दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ । 
 
  नवरात्रमा देशभरका शक्तिपीठमा पूजाराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले धेरै मन्दिर बन्द छन् । भौतिक दूरी अपनाएर स्वास्थ्य सुरक्षाका विधिसहित केही मन्दिर भने खुला गरिएको छ जहाँ भक्तजन पुग्ने गरेका छन् । धेरै शक्तिपीठमा भक्तजनले बाहिरैबाट दर्शन गर्ने गरेका छन् ।
 
  कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र मठमन्दिर जान तथा खानपिन गरी दशैँतिहारजस्ता चाडपर्व मनाउन तीनै तहका सरकारले आह्वान गरेका छन् । दशैँको मुख्य दिन नजिकिँदै जाँदा कोरोना भाइरसबाट सङ्क्रमित हुने पनि बढिरहेका छन् ।
 
 दशैँको आठौँ दिन आज शक्तिपीठमा पूजाराधना गर्ने भक्तजनको भीड लाग्ने गर ेपनि यस वर्ष कोरोनाको त्रासका कारण घरमै बसेर मानसिक रुपमा स्मरण गर्न भक्तजन बाध्य  छन् । घरघरमा भने बलिसहित पूजाराधना गरी नेपालीले आजको दिनलाई विशेष रुपमा मनाएका छन् । बलिसहित पूजा गरेपछि प्रसादका रुपमा ग्रहण गर्ने परम्परा पनि नेपाली समाजमा छ ।
 
  महाष्टमी पूजा 
 
 बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिएको छ । महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशुबलि दिई दुर्गाको विशेष पूजा गरिन्छ । आजैका दिन राति कालरात्रिका रुपमा पशुबलिको विधि र पूजाराधनासहित मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा गर्न नपर्ने विधान रहेको जनाइएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)
  पर्यटकको आकर्षणमा झिग्राना होमस्टे
  स्वदेश फर्केकालाई सीप र श्रम दिने चुनौती
  सूर्यविनायकको अनन्तलिङ्ग डाँडामा होमस्टे
  चितवन राष्ट्रिय निकुञ्ज : दुई महिनामा पाँच गैँडा मरे
  प्याजको मूल्य तोकेर बिक्री
  किसान किवी खेतीतर्फ आकर्षित
  कोरोना रोकथाम : डोटीका स्थानीय तहको रु ११ करोड खर्च
  पोथार्दीमा व्यावसायिक बाख्रापालन
  लोकप्रिय बन्दै ईन्ता अटायर बुटिक
  आर्थिक २०७७।०७८ को मौद्रिक नीति सार्वजनिक
  बेँसीशहर नगरपालिकाको बजेट रु ७६ करोड २० लाख
  सांसद विकास कोषबाट ‘नमूना स्याउ बगैँचा’
  गण्डकीको बजेटः महिला सशक्तीकरण शब्दमा मात्र भएको टिप्पणी
  कर्णालीको बजेटमा ‘महामारी, भोकमरी र रोजगारी’
  प्रदेश २ मा ३३ अर्ब ५६ करोडको बजेट सार्वजनिक
  जलविरे बजार
  गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित
  कर बुझाउने म्याद थप
  आर्थिक वर्ष २०७७/०७८ को बजेट (पूर्णपाठ)
  आर्थिक वर्ष २०७७/०७८ को बजेटले कृषिमा ४१ अर्ब ४० करोड विनियोजन
  प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड
  सरकारको निति तथा कार्यक्रममा यस्तो छ (पूर्णपाठ)
  मलेशियामा RIA IME काउन्टरहरु खुल्ने
  ग्लोबल आइएमइ बैँकले ट्रान्जेक्सन लिमिट बढायो
  बैशाख १५ सम्म काउन्टर समय : हिमालयन बैंक
  जिल्लाका प्रमुख जिल्ला अधिकारी (CDO) हरूको मोवाइल र फोन नं.
  लकडाउनमा घरबाट अनलाइन मार्फत सजिलै मेगा बैंकमा खाता खोल्न सकिने
  NIC ASIA NOTICE
  नेपाल राष्ट्र बैंकको सूचना
  केटाकेटी जीवन बीमा : नेपाल लाइफ इन्स्योररेन्स