Admission for ACCA programme open at The British College ## प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक भएको नेपाली कांग्रेसको जिकिर, प्रदर्शन गर्ने ## नेकपा दाहाल–नेपाल समूहले आन्दोलन गर्ने ## ३४ जना नेपालीहरुको नयाँ Exit visa (बहिर्गमन भिषा) जारी ## हिन्दुराष्ट्र र राजसंस्थाको संवाहक राप्रपा : कमल थापा ## मृगौला रोगी मोक्तानलाई उपचार रकम सहयोग ## ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो ## काठमाडौं उपत्यकामा थप १२२९ जनामा संक्रमण पुष्टि ## नेप्सेमा एकैदिन सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड ## नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम भने उचालियो ## साउदी सरकारले २७ जना नेपालीलाई बहिर्गमन भिषा दियो ## २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि ## सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचन ## खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी ## अबैध गाँजा सहित पाँच जना पक्राउ ##
अर्थ र समाज

पर्यटकको आकर्षणमा झिग्राना होमस्टे

न्युअनलाइनखबर संवाददाता काठमाडाैं २०७७ कार्तिक ६, बिहिवार

सुदूरपश्चिम प्रदेशको एक मात्र प्रमुख पर्यटकीय स्थल खप्तड प्रवेशद्वारमा निर्माण गरिएको झिग्राना होमस्टेमा पछिल्लो समय स्वदेशी पर्यटकको आकर्षण बढेको छ । कोरोना महामारीको जोखिम भएपनि होमस्टेमा आन्तरिक र बाह्य पर्यटक आउने क्रम जारी छ । अहिले मौसम उपयुक्त भएकाले खप्तड घुम्न सहज हुने ठानेर  पर्यटक बढेका हुन् ।

शान्त तथा सुन्दर हरियाली ठाउँमा निर्माण गरिएको सो होमस्टेले पर्यटकलाई आकर्षित गराउन थालेको स्थानीयवासी बताउछन् । डोटी उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले रु ५० लाखको लगानीमा जिल्लाको पूर्वीचौकी गाउँपालिकास्थित झिग्रनामा होमस्टे सञ्चालन गर्नु भएको हो । 

होमस्टे सञ्चालनपछि दैनिक १५देखि २० जनासम्म खप्तड घुम्न आउने पर्यटकहरु तीन÷चार दिन बास बसेर जाने गरेको होमस्टे सञ्चालक खड्काले बताउनुभयो । दशै र तिहारको समयमा एक हप्ताका लागि आन्तरिक पर्यटकले हामेस्टे बुकिङ गरेको सञ्चालक खड्काले जानकारी दिनुभयो । होमस्टेमा आउने तथा खप्तड घुम्न जाने पर्यटकले एक रातमा कम्तिमा पनि एकजनाले रु पाँच हजारसम्म खर्च गर्ने भएकाले अहिले व्यापार राम्रै चल्न थालेको छ ।

झिग्रानाबाट बझाङको शैपाल हिमालको पनि दृष्यावलोकन गर्न सकिने भएकाले उक्त होमस्टेमा अहिले आन्तरिक तथा जिल्ला बाहिरका पर्यटक बढ्दै गएका पूर्वीचौकी गाउँपालिकास्थित कुडासैनका स्थानीयवासी भीमबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “अग्लो ठाउँमा होमस्टे निर्माण गरिएको छ, त्यहाँबाट तराइका केही फाँट र छिमेकी जिल्ला बझाङको शैपाल हिमाल आखै अगाडी देखिने भएकाले पनि पर्यटकहरु घुम्न आउने गरेका छन् ।”उक्त होमस्टेलाई स्वच्छ वातावरण, खानेपानी, शौचालय, सौर्य बिजुलीबत्ती लगायतका सुविधाले व्यवस्थित गरिएकाले पनि पर्यटकको आर्कषण बढेको पाइएको छ । होमस्टेमा गुणस्तरीय सेवा र आतिथ्य सत्कार गरिने र मनोरञ्जनात्मकदेखि सांस्कृतिक कार्यक्रम पनि गरिने भएकाले होमस्टेमा पर्यटकको आर्कषण बढ्दै गएको पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले बताउनुभयो । 

खप्तड राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत राजु घिमिरेका अनुसार कोरोना भाइरसका कारण बन्दाबन्दीको अवधि खुलेपछि खप्तड क्षेत्रमा मात्रै कम्तीमा पनि दुई हजार जना जति स्वदेशी पर्यटक भित्रिएका छन् । अहिले खप्तड क्षेत्रमा घुम्न आउने पर्यटकका लागि निकुञ्ज क्षेत्र खुला गरिएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

खप्तड राष्ट्रिय निकुञ्जमा विषेश गरी हिँउदको समयमा बढी पर्यटकहरु भित्रिने गरेका छन् । विगतका वर्षमा विदेशी नागरिक पनि खप्तड क्षेत्रमा आउने गरेको भएपनि अहिलेको कोरोनाका कारण विदेशी पर्यटक भने एकजना पनि नआएको कार्यालयले जनाएको छ । होमस्टे सञ्चालन गरेका घरमा २० देखि ३० जनासम्म बास बस्न सक्ने क्षमताका रहेका छन् भने ५० जना भन्दा बढी अट्न सक्ने तालिम, सेमिनार गोष्ठी गर्न सकिने हल समेत निर्माण गरिएको छ । होमस्टेलाई आउँदा दिनमा अझै सुविधासम्पन्न बनाउने प्रयत्नमा लागि परेको सञ्चालक खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार होमस्टेमा अग्र्यानिक खानाहरू आलु, भटमास, मकै, मुला, कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक तथा स्थानीय परिकारमा पर्यटक रमाउने गरेका छन् । पर्यटकीय क्षेत्रको अवलोकनसँगै रातको समयमा क्याम्पफायर गर्ने सुविधा समेत व्यवस्था गरिएको छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)
  पर्यटकको आकर्षणमा झिग्राना होमस्टे
  स्वदेश फर्केकालाई सीप र श्रम दिने चुनौती
  सूर्यविनायकको अनन्तलिङ्ग डाँडामा होमस्टे
  चितवन राष्ट्रिय निकुञ्ज : दुई महिनामा पाँच गैँडा मरे
  प्याजको मूल्य तोकेर बिक्री
  किसान किवी खेतीतर्फ आकर्षित
  कोरोना रोकथाम : डोटीका स्थानीय तहको रु ११ करोड खर्च
  पोथार्दीमा व्यावसायिक बाख्रापालन
  लोकप्रिय बन्दै ईन्ता अटायर बुटिक
  आर्थिक २०७७।०७८ को मौद्रिक नीति सार्वजनिक
  बेँसीशहर नगरपालिकाको बजेट रु ७६ करोड २० लाख
  सांसद विकास कोषबाट ‘नमूना स्याउ बगैँचा’
  गण्डकीको बजेटः महिला सशक्तीकरण शब्दमा मात्र भएको टिप्पणी
  कर्णालीको बजेटमा ‘महामारी, भोकमरी र रोजगारी’
  प्रदेश २ मा ३३ अर्ब ५६ करोडको बजेट सार्वजनिक
  जलविरे बजार
  गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित
  कर बुझाउने म्याद थप
  आर्थिक वर्ष २०७७/०७८ को बजेट (पूर्णपाठ)
  आर्थिक वर्ष २०७७/०७८ को बजेटले कृषिमा ४१ अर्ब ४० करोड विनियोजन
  प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड
  सरकारको निति तथा कार्यक्रममा यस्तो छ (पूर्णपाठ)
  मलेशियामा RIA IME काउन्टरहरु खुल्ने
  ग्लोबल आइएमइ बैँकले ट्रान्जेक्सन लिमिट बढायो
  बैशाख १५ सम्म काउन्टर समय : हिमालयन बैंक
  जिल्लाका प्रमुख जिल्ला अधिकारी (CDO) हरूको मोवाइल र फोन नं.
  लकडाउनमा घरबाट अनलाइन मार्फत सजिलै मेगा बैंकमा खाता खोल्न सकिने
  NIC ASIA NOTICE
  नेपाल राष्ट्र बैंकको सूचना
  केटाकेटी जीवन बीमा : नेपाल लाइफ इन्स्योररेन्स