ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो ## काठमाडौं उपत्यकामा थप १२२९ जनामा संक्रमण पुष्टि ## नेप्सेमा एकैदिन सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड ## नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम भने उचालियो ## साउदी सरकारले २७ जना नेपालीलाई बहिर्गमन भिषा दियो ## २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि ## सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचन ## खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी ## अबैध गाँजा सहित पाँच जना पक्राउ ## किताब नहेरी शैक्षिक सत्र सकिँदै ## ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित ## नागरिकको सेवामा खटिरहँदा कोरोना सङ्क्रमित भएँ : उपाध्यक्ष आचार्य ## संगीतमा जमेका सन्जोक ## धापासीमा छुरा हानेर युवकको हत्या, दुई पक्राउ ## इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने ##
स्वास्थ्य

निजगढ नगरपालिकाद्वारा मास्क वितरण

न्युअनलाइनखबर संवाददाता निजगढ २०७७ असोज १८, आईतवार

निजगढ नगरपालिकाले नगर भित्र संचालित विद्यालयहरुलाई मास्क वितरण गरेकोछ । कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्दै विध्यालय संचालन गर्न लागिरहेको निजगढ नगरपालिकाले आईतबार विद्यालयका प्रधानाध्यापकहरुलाई मास्क वितरण गरेको हो । 

निजगढका मेयर सुरेश कुमार खनाल,उपमेयर लिलादेवी लामिछाने खनाल र प्रमुख प्रशाशकिय अधिकृत बिशकशेन ढकालले प्रधानाध्यापकहरुलाई संयुक्त रुपमा मास्क वितरण गर्नुभएको थियो । 

नगरभित्रका २७ वटा सामुदायिक विध्यालय,८ वटा संस्थापक विध्यालय र १ वटा क्याम्पसलाई मास्क वितरण गरेको निजगढ नगरपालिकाका शिक्षा शाखा प्रमुख उत्तम लामिछानेले बताउनुभयो ।

निजगढ नगरपालिकाले कोरोना भाईरस संक्रमणका कारण बन्द भएको विध्यालय संचालन गर्न निर्माण गरेको कार्यविधि अनुरुप विध्यालय संचालन गर्ने तयारि गरिरहेकोले विद्यार्थीहरुको सुरक्षाकोलागी अहिले प्रति विध्यार्थी दुईवटाको दरले मास्क वितरण गरिएको निजगढका मेयर सुरेश कुमार खनालले बताउनुभयो ।

नगरपालिकाले विध्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरुको सल्लाह र माग अनुसार विध्यालय संचालनकोलागि आवश्यक प्रक्रियाहरु पुरा गरिरहेकोले नगरपालिकाले निर्माण गरेको कार्यविधिको विध्यालयहरुले पूर्ण रुपमा पालना गर्नुपर्ने जोड दिनुभयो । जथाभावी रुपमा विध्यालय संचालन गरे आगामी दिनमा कोरोना संक्रमणको जोखिम बढ्नसक्ने भन्दै जिम्मेवार ढंगले पथानापाथान गर्नका लागी तयारि गर्न प्रधानाध्यापकहरुलाई मेयर खनालले आग्रह गर्नुभयो । 

विद्यार्थीहरु संवेदनशील हुने भएकाले उनीहरुको स्वास्थ्यप्रति अलिकतिपनि खेलवाड नगर्न खनालले निर्देशन दिनुभयो । नगरपालिकाले विध्यार्थीहरुकोलागी पुनः प्रयोग गर्न मिल्ने खालको मास्क वितरण गरेकोहो ।

 

 


यसमा तपाईको प्रतिक्रिया (Comment)
  कोरोनाको हटस्पट जिल्ला नियन्त्रण गर्नुपर्छ : डा. तिवारी
  कोरोना कहरः स्थानीय तरकारीले बजार पायो
  गण्डकी प्रदेशमा २४ जना थप सङ्क्रमित
  कोरोना नियन्त्रण सरकारको प्रमुख उद्देश्य : मुख्यमन्त्री भट्ट
  कोरोना नियन्त्रणको लागि निजगढ नाकामा कडाई गरी परीक्षण दायरा बढाइने
  बिहीबार थप ३६० जना कोरोना सङ्क्रमित थपिए
  ३१५ कोरोना सङ्क्रमित थप
  थप २७४ जनामा कोरोना सङ्क्रमण,२२७ जना डिस्चार्ज
  शरीरमा यस्तो परिवर्तन देखिए हुनसक्छ ब्रेन ट्युमर
  कोरोनाको उपचारमा प्रदेश नं १ सरकार
  थप १३३ जनामा कोभिड–१९ सङ्क्रमण, थप एकको मृत्यु
  इचोकका कर्मचारी सम्मानित
  उपत्यकामा कोरोना : फैलिँदै सङ्क्रमण, बढ्दै जोखिम
  धनकुटामा स्वास्थ्य बीमा सुरु
  म्याग्दीमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान शुरु
  अब दुधपोखरीमै प्रसूति गर्न सकिने
  नेपालमा संक्रमितको संख्या अलिअलि बढ्दैमा चिन्ता गर्नु पर्दैन : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  कोरोनाको जोखिम उच्च रहेको बंगलादेश सरकारको भनाई