काठमाण्डौं । नेपालको गरिबी अवस्थाको यथार्थ चित्रण गरि बिदेशिएको युवाको कथालाई समेटेर एउटा युवाको मर्मस्पर्शी कथा “भैगो प्रभु नल्याउ दशै” नामक बोलको म्युजिक भिडियो शनिवार सार्वजनिक भएको छ । गायक ऋषि थापा मगरको स्वर रहेको नेपाली गित काठमाण्डौं, टोखा, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल लगायत नेपालको विभिन्न रमणीय ठाउँमा गई छायांकन गरिएको छ ।
आधा दर्जन म्युजिक भिडियोको सफलतापछि सामाजिक अभियन्ता तथा मोडल साहित सिङ ठकुरीको “भैगो प्रभु नल्याउ दशै” गित प्रदर्शन भएको छ । यस गितमा मुख्य कलाकारको भुमिकामा मोडेल सुरविर पण्डित, यशु श्रेष्ठ, रमेशजंग कुँवर ,नेरया कुँवरले अभिनय गरेका छन् । गितको शब्द साहित सिङ ठकुरीको रहेको छ भने संगित एरेन्ज बिश्व अधिकारी र संगित संयोजन बिप्लभ अधिकारीले गरेका छन् । भिडियोलाई साहितले नै निर्देशन गरेका हुन् ।
भिडियो साहित सिङ ठकुरीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। हेर्नुस् भिडियो