ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो ## काठमाडौं उपत्यकामा थप १२२९ जनामा संक्रमण पुष्टि ## नेप्सेमा एकैदिन सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड ## नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम भने उचालियो ## साउदी सरकारले २७ जना नेपालीलाई बहिर्गमन भिषा दियो ## २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि ## सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचन ## खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी ## अबैध गाँजा सहित पाँच जना पक्राउ ## किताब नहेरी शैक्षिक सत्र सकिँदै ## ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित ## नागरिकको सेवामा खटिरहँदा कोरोना सङ्क्रमित भएँ : उपाध्यक्ष आचार्य ## संगीतमा जमेका सन्जोक ## धापासीमा छुरा हानेर युवकको हत्या, दुई पक्राउ ## इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने ##
खेलकुद

मनास्लु वल्र्ड कलेजका ब्रान्ड एम्बेसडर बने पूर्वकप्तान थापा

न्युअनलाइनखबर संवाददाता काठमाडाैं २०७७ असोज १३, मंगलवार

मनास्लु वल्र्ड कलेजले नेपाली फुटबलर एवं राष्ट्रिय टोलीका पूर्वकप्तान सागर थापालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । 
सोमबार एक कार्यक्रमकाबीच मनास्लु टिम अफ इन्टरप्रिनर प्रालिका अध्यक्ष गेन्द्र लामा र पूर्वकप्तान थापाबीच एक वर्षका लागि द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

कार्यक्रममा खेलकूदको विकासका लागि कलेजले गरेको कदरको सम्मान गर्दै जिम्मेवारीलाई पूरा गर्ने बताए । उनले भने, ‘यो सहकार्यबाट म निकै हर्षित छु ।’

यस्तै विद्यार्थीमा भएको खेलकूदको क्रेजलाई मध्यनजर गर्दै पूर्व कप्तान थापालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो, अध्यक्ष लामाले भने, ‘यसले कलेजको शीरशोभा पनि बढाएको छ।’ 

युवा उद्धमीको बहुआयामिक पक्षलाई जोड्नका लागि मनास्लु टिम अफ इन्टरप्रिनरको जन्म भएको हो । उक्त कम्पनी अन्तर्गत मनास्लु वल्र्ड कलेज र प्राक्सिस इन्टरनेशनल एकेडेमी सञ्चालन भएको छ ।

‘शैक्षिक व्यक्तिहरुको समुहले शिक्षा क्षेत्रमा केही गरौँ’ भनेर शिक्षामा नयाँ आयाम दिने उद्देश्यका साथ मनास्लु कलेजको स्थापना भएको हो । 

यस्तै कलेजका पिन्सिपल राजन श्रेष्ठका अनुसार राष्ट्रिय फुटबल टिमका यू–१६ कप्तान जान लिम्बुसँगै एन्फाका अन्य खेलाडीहरु पनि मनास्लुमा भर्ना भइसकेका छन् । सोही प्रतिवद्धताको कार्यन्वयनका लागि थापासँग एम्बेसडरको लागि सम्झौता गरिएको हो, उनले भने । 

समारोहमा मनास्लु इन्टरप्रिनर प्रा।ली।का बोर्ड टिम, सञ्चारकर्मी लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


यसमा तपाईको प्रतिक्रिया (Comment)
  ३५ खेलाडीलाई ग्रेडिङ
  रमादान मुबाराक : ओजिल
  सचिन तेन्दुल्करलाई साथीको जन्मदिनको सुभकामना
  आइपिएल स्थगित