ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो ## काठमाडौं उपत्यकामा थप १२२९ जनामा संक्रमण पुष्टि ## नेप्सेमा एकैदिन सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड ## नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम भने उचालियो ## साउदी सरकारले २७ जना नेपालीलाई बहिर्गमन भिषा दियो ## २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि ## सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचन ## खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी ## अबैध गाँजा सहित पाँच जना पक्राउ ## किताब नहेरी शैक्षिक सत्र सकिँदै ## ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित ## नागरिकको सेवामा खटिरहँदा कोरोना सङ्क्रमित भएँ : उपाध्यक्ष आचार्य ## संगीतमा जमेका सन्जोक ## धापासीमा छुरा हानेर युवकको हत्या, दुई पक्राउ ## इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने ##
साहित्य

पर्यटन बोर्डको चाडपर्व फोटो प्रतियोगिता

न्युअनलाइनखबर संवाददाता काठमाडाैं २०७७ भाद्र ३१, बुधबार

नेपाल पर्यटन बोर्डले चाडपर्वको सन्दर्भलाई लक्ष्य गर्दै चाडपर्व फोटो प्रतियोगिता आयोजना गरेको छ । चाडपर्वका समयमा विगतका दिनमा जस्तो रमाइलोसँग समय बिताउन नपाएका क्षणमा पनि केही सकारात्मकता र केही सिर्जनशीलता सम्मिश्रण गराई  रौनक अनुभूति गराउने उद्देश्यका साथ चाडपर्व फोटो प्रतियोगिता आयोजना गरिएको बोर्डले जनाएको छ ।

प्रतियोगितामा नेपालका कुनै पनि चाड वा गतिविधि तथा केही  सान्दर्भिक तस्बिर अनलाइनबाट पठाउन सकिनेछ । सहभागीले आगामी मङ्सिर १० गतेसम्म फोटो पठाइसक्नुपर्नेछ । बोर्डको फोटो अभियानको साइट जततउकस्ररउजयतयलभउब।ितचबखभ िमार्फत प्रतियोगितामा सहभागी हुन सकिनेछ ।

 उत्कृष्ट पाँच सहभागीले जनही रु दश हजार  पुरस्कार प्राप्त गर्ने बोर्डले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले विगतका फोटो प्रतियोगितामा देखिएको उत्साहजनक सहभागिताका कारण यसपटकको फोटो प्रतियोगितालाई फोटो सिरिज प्रतियोगिताका रुपमा गरिएको बताउनुभयो ।

सहभागी हुन प्रत्येक सहभागीले कम्तीमा सात भिन्नाभिन्नै फोटो पठाउनुपर्नेछ । यसले नेपाली चाडपर्वको विराटतालाई अनुभूति गराई फोटोमार्फत देशको पर्यटन प्रवद्र्धन गर्ने साझा अभियानलाई बृहत् बनाउने अपेक्षा गरिएको छ ।
       
पर्यटन बोर्डले चार वर्षअघिदेखि फोटोका माध्यमबाट देशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नियमित ह्यास फोटो नेपाल प्रदर्शनी गर्दै आएको थियो । फोटो नेपाल फेब्रुअरी २०१६ मा टोनी हेगनको फोटो प्रदर्शनीसँगै शुरु भएको थियो । बोर्डका अनुसार देश चिनाउने फोटो प्रदर्शनी चार वर्षदेखि निरन्तररुपमा भइरहेको छ । यस अभियानलाई अझ व्यापक बनाउन फोटो नेपाल डट ट्राभल शुरु गरिएको हो । हाल यसमा ११ हजारभन्दा बढी सदस्यका २५ हजार फोटो सङ्गृहीत छन् ।


यसमा तपाईको प्रतिक्रिया (Comment)
  कुलमान घिसिङका चार वर्षे कार्यकाल
  मानब
  सुस्तरी यात्रा गर्दै रातो मच्छिन्द्रनाथ
  बाढीपहिरो र कोरोनाको मारमा मुस्ताङको स्याउ
  मदिरा खाए करोना निको हुन्छ भन्ने अफवा फैलिएपछि.....
  अर्जुनधारामा लोपोन्मुख कछुवा संरक्षण
  ओझेलमा मिनि गोसाईकुण्ड
  थारू समुदायका महिला ढकिया बुन्दै
  प्राविधिक शिक्षाको केन्द्र बन्दै बर्दिबास
  मानवता
  जो आफ्नो मेहनतले उद्यमी बने
  कुन्ठा
  खुशी मिल्दैन संकिर्न जागे पछि
  कुटनीति
  ए ढुङ्गा
  सार्वजनिक सवारीसाधन नचल्दा यात्रुलाई सास्ती
  गुरु पुर्णिामा
  कृषिप्रधान मुलुक
  बुद्दिजीबि बर्ग
  पृथिवी र अमरसिंह
  अन्तर जातिय प्रेम
  गणतन्त्र आउँछ की
  ए कोरोना! बिन्ती छ!!
  देशभक्त मानिन्छु कि मानिन्न ?
  के गर्नु
  आशा गराै काे सित?
  मुर्ख तिमी
  गल्ति
  श्रद्देय कमरेड मदन भण्डारीको यादमा !
  मन छ मलाई