विपक्षी गठबन्धनको संयुक्त वक्तव्य : सर्वोच्च अदालत जाने ## गृहमन्त्री रामबहादुर थापासहित ७ गैरसांसद मन्त्री पदमुक्त ## प्रधानमन्त्री पदमुक्त र बहुमतिय प्रणली ## नेपालमा कोरोनाबाट एकै दिन २२५ जनाको मृत्यु ## "चड्कन दिनुपर्नेलाई धड्कन दिएर भुल भो" प्रमोद खरेलको गीत सार्वजनिक ## होम आइसोलेसनमा बस्दै हुनुहुन्छ भने निम्न कुराहरुमा ध्यान दिनुहोला ## पछिल्लो २४ घण्टामा ९ हजार १९६ जनामा कोरोना संक्रमण ## लोकप्रिय गायक प्रेमध्वज प्रधान रहेनन् ## Punjab Kings beat Rajasthan Royals in IPL ## पछिल्लो २४ घण्टामा नेपालमा ५५९ जना कोरोना संक्रमित थपिए ## युरेनीअमको खानी नेपालमा छ ## च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगको खेलमा पीएसजीले बायर्न म्युनिकलाई हरायो ## दृष्टी दोष हो की ? ## मानव बेचबिखन मुद्दामा संलग्न दुई जना महिला पक्राउ ## १६२ जना कोरोना संक्रमित थपिए ##
साहित्य

नेपालको भूभाग र सीमासम्बन्धी पुस्तक सार्वजनिक

न्युअनलाइनखबर संवाददाता काठमाडाैं २०७७ भाद्र ३०, मंगलवार 1.95K

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतीय अतिक्रमणमा परेको नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री पुस्तक सार्वजनिक गरेको छ । मन्त्रालय मातहतको पाठ्यक्रम विकास केन्द्रले माध्यमिक तहका विद्यार्थीलाई नेपालको भूभाग र सिमानासम्बन्धी जानकारी दिने उद्देश्यले प्रकाशन गरेको सो पुस्तक आज शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भर्चुअलरुपमा सार्वजनिक गर्नुभयो ।

गत २ नोभेम्बर २०१९ मा भारतले एकतर्फीरूपमा जारी गरेको नक्सामा लिपुलेक–कालापानी–लिम्पियाधुरासिहतको नेपालको भूभागलाई भारतीय क्षेत्रमा देखाएको र सो भूभागमा सडकसमेत बनाएको र नेपालले पनि आफ्नो नक्सा परिवर्तन गरी संविधानमा समेत संशोधन गरिसकेको स्थितिमा विद्यार्थी तथा जनसमुदायमा नेपालको सीमासम्बन्धी वास्तविक अवस्थाको जानकारी गराउन विज्ञको परामर्शमा पुस्तक तयार गरिएको हो ।

पुस्तकको लेखन कार्य ‘सीमा बचाऔँ अभियान’ का अभियानकर्मी कोमलचन्द्र बराल, त्रिभुवन विश्वविद्यालयका भूगोलविद् शेरबहादुर गुरुङ र भूगोलविद् एवं पाठ्यपुस्तक लेखक सहप्राध्यापक केशवराज ढकालसहितको कार्यदलबाट र संयोजन पाठ्यक्रम विकास केन्द्रका निर्देशक प्रेम भट्टराईले  गर्नुभएको हो । पुस्तक तयारको सिलसिलामा पुस्तकको मस्यौदामा विभिन्न राजनीतिक ओहोदामा रहनुभएका राजनीतिक नेताबाट सुझाव प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

यसको पाण्डुलिपिको अध्ययन गरी सीमाविद् बुद्धिनारायण श्रेष्ठ, नदीविज्ञ जगत भुसाल, विश्लेषक श्याम श्रेष्ठलगायतले सुझाव दिनुभएको थियो । यो पुस्तक गत असार १९ गतेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्बाट विद्यालय तहमा सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्ने गरी स्वीकृत गरिएको थियो । मन्त्री पोखरेलले राष्ट्र, राष्ट्रियता र भौगोलिक अखण्डताको संरक्षणका लागि विद्यार्थीका साथै जनतामा सचेतता र संवेदनशीलताको विकास गर्नु, भूपरिवेष्टित अवस्थिति र संवेदनशील भूराजनीतिक अवस्थामा रहेको नेपालको सिमाना जोडिएका छिमेकी मुलुकसँग बेलाबेलामा देखापर्ने गरेका र भविष्यमा समेत सिर्जना हुन सक्ने सीमा विवादहरूको जानकारी राख्न र समाधानमा सहजीकरणका लागि पुस्तक सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

पुस्तकमा नेपालको प्राचीन, मध्यकालीनलगायत सन् १८१६ मा भएको सुगौली सन्धिसम्मको नेपालको सिमाना र क्षेत्रफलको विस्तार र सङ्कुचनको ऐतिहासिक सन्दर्भ,  अन्तर्राष्ट्रिय सीमाको अवधारणा, सिद्धान्त, नदी सीमामा उद्गमस्थलको पहिचान, सीमा विवाद, सीमा विवाद हुने कारण र समाधानका उपायको जानकारी दिइएको छ । नेपालको सीमा निर्धारण, छिमेकी मुलुक चीन र भारतसँगको सीमा सम्बन्ध, सीमा विवाद र समाधानका प्रयास र नेपाल र भारतबीचको सीमा विवाद रहेका विशेष गरी पश्चिमोत्तर सीमा क्षेत्रका भारतद्वारा अतिक्रमित नेपालका लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रको सीमा विवादका कारण, समाधान र यससँग सम्बन्धित ऐतिहासिक, प्रशासनिक र भूराजनीतिक प्रमाण पुस्तकमा संलग्न छन् ।

यस्तै नवलपरासी ९बर्दघाट सुस्तापश्चिम० को सुस्ता क्षेत्रको अतिक्रमणसम्बन्धी छोटो जानकारी तथा नेपालको अद्यावधिक नक्सा निर्माण अभ्यास र नक्साको परिचय र प्रयोगसम्बन्धी विषयवस्तु पनि समावेश गरिएका छन् ।


यसमा तपाईको प्रतिक्रिया (Comment)
  नेपालको भूभाग र सीमासम्बन्धी पुस्तक सार्वजनिक
  कुलमान घिसिङका चार वर्षे कार्यकाल
  मानब
  सुस्तरी यात्रा गर्दै रातो मच्छिन्द्रनाथ
  बाढीपहिरो र कोरोनाको मारमा मुस्ताङको स्याउ
  मदिरा खाए करोना निको हुन्छ भन्ने अफवा फैलिएपछि.....
  अर्जुनधारामा लोपोन्मुख कछुवा संरक्षण
  ओझेलमा मिनि गोसाईकुण्ड
  थारू समुदायका महिला ढकिया बुन्दै
  प्राविधिक शिक्षाको केन्द्र बन्दै बर्दिबास
  मानवता
  जो आफ्नो मेहनतले उद्यमी बने
  कुन्ठा
  खुशी मिल्दैन संकिर्न जागे पछि
  कुटनीति
  ए ढुङ्गा
  सार्वजनिक सवारीसाधन नचल्दा यात्रुलाई सास्ती
  गुरु पुर्णिामा
  कृषिप्रधान मुलुक
  बुद्दिजीबि बर्ग
  पृथिवी र अमरसिंह
  अन्तर जातिय प्रेम
  गणतन्त्र आउँछ की
  ए कोरोना! बिन्ती छ!!
  देशभक्त मानिन्छु कि मानिन्न ?
  के गर्नु
  आशा गराै काे सित?
  मुर्ख तिमी
  गल्ति
  श्रद्देय कमरेड मदन भण्डारीको यादमा !