विपक्षी गठबन्धनको संयुक्त वक्तव्य : सर्वोच्च अदालत जाने ## गृहमन्त्री रामबहादुर थापासहित ७ गैरसांसद मन्त्री पदमुक्त ## प्रधानमन्त्री पदमुक्त र बहुमतिय प्रणली ## नेपालमा कोरोनाबाट एकै दिन २२५ जनाको मृत्यु ## "चड्कन दिनुपर्नेलाई धड्कन दिएर भुल भो" प्रमोद खरेलको गीत सार्वजनिक ## होम आइसोलेसनमा बस्दै हुनुहुन्छ भने निम्न कुराहरुमा ध्यान दिनुहोला ## पछिल्लो २४ घण्टामा ९ हजार १९६ जनामा कोरोना संक्रमण ## लोकप्रिय गायक प्रेमध्वज प्रधान रहेनन् ## Punjab Kings beat Rajasthan Royals in IPL ## पछिल्लो २४ घण्टामा नेपालमा ५५९ जना कोरोना संक्रमित थपिए ## युरेनीअमको खानी नेपालमा छ ## च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगको खेलमा पीएसजीले बायर्न म्युनिकलाई हरायो ## दृष्टी दोष हो की ? ## मानव बेचबिखन मुद्दामा संलग्न दुई जना महिला पक्राउ ## १६२ जना कोरोना संक्रमित थपिए ##
पत्रपत्रिका

भाद्र ११ बिहीवार: आजको ताजा समाचार

भाद्र शुक्ल पक्ष, नवमी घ.३२ प.५ विक्रम संवत् २०७७ साल भाद्र ११ (२७ अगस्त, २०२०) बिहीवार, नेपाल संवत् ११४०, विश्कम्भ कोउलव ज्येष्ठा ।

न्यू अनलाइन खबर २०७७ भाद्र ११, बिहिवार 1.89K

काठमाडौं । केन्द्र, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि एवं जनप्रतिनिधिको बैठकले एक साताभित्र काठमाडौंमा कम्तीमा ५०० शय्याको आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको छ ।

ललितपुर । ललितपुरस्थित पाटन अस्पतालको आइसियूमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। ललितपुर निवासी उनको बिहीबार बिहान ६ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

वीरगन्ज । एक जना मिर्गाैला बिरामीसहित पर्साका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–१४ बहुअरीका ६२ वर्षीय पुरुषको बिहीबार बिहान ८ बजेर १० मिनेटमा नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा मृत्यु भएको हो ।

वीरगन्ज । बाराकी कोरोना संक्रमित एक गर्भवती महिलाको बिहीबार बिहान नारायणी अस्पतालमा मृत्यु भएको छ । अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार बाराको हर्दियानिवासी २३ वर्षीया महिलाको मृत्यु भएको हो । 

बुटवल । बुटवलको धागो कारखानामा सञ्चालित कोारेना विशेष अस्थायी अस्पतालमा उपचाररत थप एकजना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–१ का ५० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति मृत्यु भएको हो । 

चितवन । चितवनमा ५ महिनाका बालकसहित थप ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा चितवनका २५ र तनहुँ देवघाटका एक जनामा संक्रमण पुष्टि भएको हो। चितवन मेडिकल कलेजको प्रयोगशालामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौं । महानगरीय प्रहरी वृत जनसेवामा कार्यरत ८ जना प्रहरीमा कोरोना भईरस संक्रमण देखिएको छ । कोरोना पुष्टि भएका प्रहरीलाई महाराजगञ्ज स्थित प्रहरी अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ । 

काठमाडौं । सरकारले एकैपटक ६० जना सहसचिवहरुको सरुवा गरेको छ । लामो समयदेखि केन्द्रमा कार्यरत उच्चपदस्थ कर्मचारीहरुलाई प्रदेशमा पनि सरुवा गर्ने नीतिअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट ६० जना सहसचिवहरुको सरुवा गरेको हो ।

सुर्खेत । बाढीले बाटो अवरुद्घ भएर समयमा उपचार हुन नसक्दा कालीकोटमा सुत्केरी र नवजात शिशुको मृत्यु भएको छ । रास्कोट नगरपालिका–२, सिप्खानाकी २८ वर्षीया शिरा सार्की र उनका नाबालक छोराको मृत्यु भएको हो ।

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ मा गएको पहिरोले ६२ घर जोखिममा परेका छन् । निरन्तरको पहिरोले सुनकोशीका सुन्दरडाँडा, धुसेनी र पाखरदोभानका घरहरु पहिरोको जोखिममा परेका हुन् । पहिरो निरन्तर झरिरहेकाले सुन्दरडाँडा बस्ती जोखिममा परेको छ । 

मुग्लिन । सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । इलाका  प्रहरी कार्यालय मुग्लिनका  अनुसार  चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान ७ बजेतिर सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो झरिरहेका कारण तत्काल पहिरो पन्छाउने काम हुन नसकेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

झापा । झापामा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको झापा गाउँपालिकामा स्थानीय र प्रहरीबीच झडप हुँदा बुधबार दिउँसो सशस्त्र प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर स्थानीय ३८ वर्षका रसिकुल आलमको मृत्यु भएको हो । 

काठमाडौं । उच्च शिक्षाका लागि बिदेसिएका विद्यार्थी कोरोना महामारीका कारण समस्यामा रहेका बेला सरकारले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) जारी गर्ने निर्णय गरेको छ।कोभिडका कारण भीड बढेको र आवतजावतमा समस्या भएपछि गत फागुन २९ गतेदेखि एनओसी वितरण रोकिएको थियो। एनओसी वितरण खुलाएपछि विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न विदेश जान पाउँछन्।

काबुल । अफगानिस्तानको उत्तरी प्रान्तमा आएको बाढीका कारण कम्तीमा ७० जनाको मृत्यु भएको छ ।

विस्कन्सिन । अमेरिकाको विस्कन्सिन राज्यमा प्रहरीको गोलीले दुई जनाको मृत्यु भएको छ । प्रहरीले एक जना अश्वेतलाई गोली प्रहार गरेको विरोधमा भएका प्रदर्शनका क्रममा २ जनाको मृत्यु भएको हो । प्रहरीले तीन जनालाई गोली लागेको पुष्टि गरे पनि थप विवरण सार्वजनिक गरेको छैन ।

(समाचार स्रोत: आजका विभिन्न पत्रपत्रिका)


यसमा तपाईको प्रतिक्रिया (Comment)
  भाद्र ९ मंगलवार: आजको ताजा समाचार
  भाद्र ८ सोमबार: आजको ताजा समाचार
  भाद्र ७ आइतवार: आजको ताजा समाचार
  भाद्र ६ शनिबार: आजको ताजा समाचार
  भाद्र ५ शुक्रबार: आजको ताजा समाचार
  भाद्र ४ बिहीवार: आजको ताजा समाचार
  भाद्र ३ बुधवार: आजको ताजा समाचार
  भाद्र २ मंगलवार: आजको ताजा समाचार
  भाद्र १ सोमबार: आजको ताजा समाचार
  श्रावन ३२ गते आइतवार: आजको ताजा समाचार
  श्रावन ३१ गते शनिवार: आजको ताजा समाचार
  श्रावन २७ गते मंगलवार: आजको ताजा समाचार
  श्रावन २५ गते आइतवार: आजको ताजा समाचार
  श्रावन २४ गते शनिवार: आजको ताजा समाचार
  श्रावन २३ गते शुक्रबार: आजको ताजा समाचार
  श्रावन २१ गते बुधबार: आजको ताजा समाचार
  आजको ताजा समाचार: श्रावन १९ गते सोमबार
  आजको ताजा समाचार: श्रावन १७ गते शनिवार
  आजको ताजा समाचार: श्रावन १० गते शनिवार
  श्रावन ८ गते बिहीवार: आजको ताजा समाचार
  श्रावन ५ गते सोमबार: आजको ताजा समाचार
  श्रावन ४ गते आइतवार: आजको ताजा समाचार
  श्रावन ३ गते शनिवार: आजको ताजा समाचार
  श्रावन २ गते शुक्रबार: आजको ताजा समाचार
  श्रावन १ गते बिहीवार: आजको ताजा समाचार
  आषाढ ३१ गते बुधवार: आजको ताजा समाचार
  आषाढ ३० गते मंगलवार: आजको ताजा समाचार
  आषाढ २७ गते शनिवार: आजको ताजा समाचार
  आषाढ २५ गते बिहीवार: आजको ताजा समाचार
  आषाढ २४ गते बुधवार: आजको ताजा समाचार