ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो ## काठमाडौं उपत्यकामा थप १२२९ जनामा संक्रमण पुष्टि ## नेप्सेमा एकैदिन सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड ## नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम भने उचालियो ## साउदी सरकारले २७ जना नेपालीलाई बहिर्गमन भिषा दियो ## २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि ## सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचन ## खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी ## अबैध गाँजा सहित पाँच जना पक्राउ ## किताब नहेरी शैक्षिक सत्र सकिँदै ## ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित ## नागरिकको सेवामा खटिरहँदा कोरोना सङ्क्रमित भएँ : उपाध्यक्ष आचार्य ## संगीतमा जमेका सन्जोक ## धापासीमा छुरा हानेर युवकको हत्या, दुई पक्राउ ## इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने ##
पत्रपत्रिका

भाद्र १० बुधवार: आजको ताजा समाचार

भाद्र शुक्ल पक्ष, सप्तमी घ.३२ प.१० विक्रम संवत् २०७७ साल भाद्र १० (२६ अगस्त, २०२०) बुधवार, नेपाल संवत् ११४०, वैधृति बभ अनुराधा , गौरा पर्व/बुधाष्टमी व्रत ।

न्यू अनलाइन खबर २०७७ भाद्र १०, बुधबार

काठमाडौं । हिजो पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २३२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप २३२  जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। सोमबार मात्रै २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। 

काठमाडौं । काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा हुने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखको बैठकले भदौ १० गतेसम्मको निषेधाज्ञालाई सात दिन थप गर्ने निर्णय गरेको हो। 

काठमाडौं । संघीय सरकारले प्रत्येक प्रदेशमा ४ वटा भेन्टिलेटर र १० आईसीयूका लागि २–२ करोड रुपैयाँ निकासा गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले मंगलबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले गरेको भर्चुंअल बैठकमा आईसीयू र भेन्टिलेटर किन्न रकम निकासा भइसकेको जानकारी दिएका हुन् ।

वीरगन्ज । वीरगंजको कोभिड अस्पतालमा थप दुई जना संक्रमितको मृत्यु भएको छ। गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा मंगलबार राति बाराका दुई संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो।

कैलाली । कैलालीको गोदावरी नगरपालिकाका- ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मंगलबार कोरोना संक्रमण पुष्टि भएका उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा बुधबार विहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौंका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको हो ।

बिराटनगर । कोरोना संक्रमणबाट बिराटनगरमा थप एक जनाको मृत्यु भएको छ । बिराटनगर महानगरपालिका–११ मा बस्दै आएकी ४४ वर्षीया महिलाको विराट मेडिकल कलेजमा मृत्यु भएको हो ।

बुटवल । बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

चितवन । चितवनमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३६ जना संक्रमित भरतपुर महानगरपालिकाका छन् ।

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको सुरक्षामा खटिँदै आएका तीनजना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित हुनेमा एकजना हवल्दार र २ जना प्रहरी जवान छन् ।

रुकुमपश्चिम । रुकुमपश्चिममा दुई जना लागुऔषध कारोबारीलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ । जिल्लाको मुसीकोट नगरपालिका–४ ठाराढुंगाबाट प्रहरीले गोली प्रहार गरी दुई जनालाई पक्राउ गरेको हो । गोली प्रहारबाट एकजना घाइते भएका छन् भने उनीसँगै रहेका अर्का एकजना पक्राउ परेका छन् । एकजना भने भागेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

रौतहट । रौतहटको  पूवसर््भेग गढीमाई नगरपालिकास्थित बागमती नदीमा ऋषि पञ्चमिको अवसरमा नुहाउन जाँदा बेपत्ता तिनैजना बालिकाको शव बरामद भएको छ ।

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का नेपाल कार्यालय प्रमुख डा. जोस भान्देलारले नेपालमा कोभिड-१९ को संक्रमण सुरुवात मात्र रहेको बताएका छन् । आगामी महिनामा योभन्दा खराब परिस्थिति आउने तर आत्तिन नहुने उनले बताए । उनले भने, ‘पहिला विदेशबाट आउनेहरूमा संक्रमण थियो । अहिले दीर्घरोगी र वृद्धवृद्धामा संक्रमण बढी देखिन सक्छ, सोही कारण मृत्युदर बढ्नसक्छ ।’

निजगढ । राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थल निर्माणका लागि रुख गणनाको काम प्रारभ भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार अहिलेससम्म ६० हजार रुखको गणना भइसकेको छ । सरकारले यो विमानस्थलको निर्माणका सन्दर्भमा उचित समन्वय गर्न नसक्दा रुख कटान प्रक्रिया अगाडि बढ्न सकेको छैन । विश्वकै सबैभन्दा ठूला विमानस्थलमध्ये एक निजगढ विमानस्थल निर्माण गर्न रुख काट्नु पर्नेछ ।

नर्थ क्यारोलाइना । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा धाँधली गर्न विपक्षीहरू लागिपरेको दाबी गरेका छन् । रिपब्लिकन दलले दोस्रो कार्यकालका निम्ति उनको उम्मेदवारी निश्चित गरेलगत्तै ट्रम्प मञ्चमा आएर एक घण्टा सम्बोधन गरेका थिए । यद्यपि, रिपब्लिकन दलको राष्ट्रिय सम्मेलनमा उनले सम्बोधन गर्दै पूर्वनिर्धारित कार्यक्रम भने थिएन ।

बैंकक । थाइल्यान्ड सरकारले राजसंस्थाको आलोचना गरेको विषयमा कानुनी कारबाही गर्ने बताएपछि फेसबुकले एउटा समूहलाई थाइल्यान्डमा हेर्न नमिल्ने बनाइदिएको छ । दसौं लाख सदस्य रहेको ‘रोयलिस्ट मार्केटप्लेस’ समूहले पछिल्ला दिनमा निरन्तर राजसंस्थाको आलोचना गर्दै आएको थियो । थाई सरकारको दबाबविरुद्ध फेसबुकले कानुनी उपचार खोज्ने बताएको छ । थाइल्यान्डमा हालैका दिनमा लोकतन्त्र पक्षधरहरूले सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

एजेन्सी । अन्तत: लिओनल मेसीले आफ्नो भविष्यबारे मुख खोलेका छन् । झण्डै दुई दशक स्पानिस जायन्ट बार्सिलोनामा बिताएका मेसीले आफूले क्लब छाड्न चाहेको बताएका छन् । कप्तानसमेत रहेका मेसीले मंगलबार क्लबका अध्यक्ष जोसेफ मारिया बार्तामेउ समक्ष आफूले क्लब छाड्न चाहेको जानकारी गराएका हुन् । उनले यसबारे आफ्नो धारणा क्लबलाई फ्याक्समार्फत पठाएको स्पानिस अनलाइन मार्काले जनाएको छ । मेसीले आफ्नो सम्झौताबाट रिलिज गरिदिन आग्रह गरेका छन् । मेसीको रिलिज क्लब ७०० मिलियन युरो रहेको छ ।

एजेन्सी । एण्डरसन टेष्ट क्रिकेटमा ६०० विकेट पूरा गर्ने पहिलो फास्ट बलर बन्दा घरेलु टोली इंग्ल्याण्डको १० वर्ष लामो प्रतिक्षा पनि सकिएको छ । इंग्ल्याण्डले १० वर्षपछि टेष्टमा पाकिस्तानलाई पराजित गरेको हो ।

(समाचार स्रोत: आजका विभिन्न पत्रपत्रिका)


यसमा तपाईको प्रतिक्रिया (Comment)
  भाद्र ९ मंगलवार: आजको ताजा समाचार
  भाद्र ८ सोमबार: आजको ताजा समाचार
  भाद्र ७ आइतवार: आजको ताजा समाचार
  भाद्र ६ शनिबार: आजको ताजा समाचार
  भाद्र ५ शुक्रबार: आजको ताजा समाचार
  भाद्र ४ बिहीवार: आजको ताजा समाचार
  भाद्र ३ बुधवार: आजको ताजा समाचार
  भाद्र २ मंगलवार: आजको ताजा समाचार
  भाद्र १ सोमबार: आजको ताजा समाचार
  श्रावन ३२ गते आइतवार: आजको ताजा समाचार
  श्रावन ३१ गते शनिवार: आजको ताजा समाचार
  श्रावन २७ गते मंगलवार: आजको ताजा समाचार
  श्रावन २५ गते आइतवार: आजको ताजा समाचार
  श्रावन २४ गते शनिवार: आजको ताजा समाचार
  श्रावन २३ गते शुक्रबार: आजको ताजा समाचार
  श्रावन २१ गते बुधबार: आजको ताजा समाचार
  आजको ताजा समाचार: श्रावन १९ गते सोमबार
  आजको ताजा समाचार: श्रावन १७ गते शनिवार
  आजको ताजा समाचार: श्रावन १० गते शनिवार
  श्रावन ८ गते बिहीवार: आजको ताजा समाचार
  श्रावन ५ गते सोमबार: आजको ताजा समाचार
  श्रावन ४ गते आइतवार: आजको ताजा समाचार
  श्रावन ३ गते शनिवार: आजको ताजा समाचार
  श्रावन २ गते शुक्रबार: आजको ताजा समाचार
  श्रावन १ गते बिहीवार: आजको ताजा समाचार
  आषाढ ३१ गते बुधवार: आजको ताजा समाचार
  आषाढ ३० गते मंगलवार: आजको ताजा समाचार
  आषाढ २७ गते शनिवार: आजको ताजा समाचार
  आषाढ २५ गते बिहीवार: आजको ताजा समाचार
  आषाढ २४ गते बुधवार: आजको ताजा समाचार