ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो ## काठमाडौं उपत्यकामा थप १२२९ जनामा संक्रमण पुष्टि ## नेप्सेमा एकैदिन सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड ## नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम भने उचालियो ## साउदी सरकारले २७ जना नेपालीलाई बहिर्गमन भिषा दियो ## २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि ## सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचन ## खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी ## अबैध गाँजा सहित पाँच जना पक्राउ ## किताब नहेरी शैक्षिक सत्र सकिँदै ## ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित ## नागरिकको सेवामा खटिरहँदा कोरोना सङ्क्रमित भएँ : उपाध्यक्ष आचार्य ## संगीतमा जमेका सन्जोक ## धापासीमा छुरा हानेर युवकको हत्या, दुई पक्राउ ## इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने ##
पत्रपत्रिका

भाद्र ९ मंगलवार: आजको ताजा समाचार

भाद्र शुक्ल पक्ष, सप्तमी घ.३२ प.१२ विक्रम संवत् २०७७ साल भाद्र ९ (२५ अगस्त, २०२०) मंगलवार, नेपाल संवत् ११४०, इन्द्र वनाजी विशाखा, महालक्ष्मी व्रतआरम्भ ।

न्यू अनलाइन खबर २०७७ भाद्र ९, मंगलवार

काठमाडौँ । कोरोना संक्रमण रोकथाम तथा जोखिम न्यूनीकरण गर्न बुधबार मध्यरातिदेखि जारी गरिएको निषेधाज्ञाको अवधि थप गर्ने तयारी भएको छ । अहिलेसम्मको स्थितिबारे समीक्षालगायत निर्णय लिन उपत्यकास्थित काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनको संयुक्त बैठक मंगलबार बस्दै छ ।

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हिजो थप ७ जनाको मृत्यु भएको छ । काठमाडौंका २ जना, सुनसरी, मोरङ, पर्सा, सिराहा, धनुषा र रुपन्देहीका एकएक जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १६३ पुगेको छ । त्यस्तै, हिजो २४ घण्टामा ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ ।

काठमाडौं । हिजो २४ घण्टामा मात्र काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) का २२४ संक्रमित थपिएका छन् । पछिल्लो ८ दिनमा मात्र उपत्यकामा १५१९ संक्रमित थपिएका छन् । संक्रमितको सख्ंया बढेसँगै ३ भदौबाट उपत्यकाका तीन वटै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । तर यो अवधिमा पनि कट्याक ट्रेसिङ प्रभावकारी हुन नसकेको जनश्वास्थ्य विज्ञहरुले बताएका छन् ।

काठमाडौं । उपत्यकाका तीन वटै जिल्लामा जारी निषेधाज्ञ लम्ब्याउन जिल्ला प्रशासनलाई सुझाव दिइएको छ। उपत्यका नगरपालिका मेयर फोरमले स्थानीय तहले दिने अत्यावस्यक बाहेकका सबै सेवा भदौ १५ गतेसम्म निषेधाज्ञ लम्ब्याउने सुझाव दिएको हो। भदौ ४ देखि लागू भएको निषेधाज्ञाको अवधि १० गते राति १२ बजेसम्म तोकिएको थियो। उपत्यकाका स्थानीय तहले दिने अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गते सम्म बन्द गर्ने निर्णय भएको छ।

पोखरा । पोखरामा रक्तदान गर्न इच्छुकको घरमै पुगेर रगत सङ्कलन गर्ने एम्बुलेन्स सञ्चालनमा आएको छ । कुनै विशेष कार्यक्रम आयोजना गरेर रक्तदान गर्ने परिपाटी अन्त्य गर्दै नेपाल रेडक्रस सोसाइटी कास्कीले जुनसुकै बेला रक्तदान गर्ने इच्छुकका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।

बागलुङ । जिल्लाको पश्चिममा रहेको ढोरपाटन नगरपालिका वडा नम्बर २ अर्नाकमा पहिरोमा पुरिएर एक युवतिको ज्यान गएको छ। अविरल वर्षासँगै घरमाथिबाट खसेको पहिरोले कलि परियारकी १९ वर्षीया छोरी पूजा परियारको ज्यान गएको हो।

काठमाडौं । विदेशमा रहेका नेपालीको उद्धारका लागि मंगलबारबाट पुनः सुरु चार्टर्ड उडान हुने भएको छ । यसअघि होटेल क्वारेटिनको व्यवस्थापन हुन नसकेको भन्दै कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्देशनमा गत सोमबारबाट विदेशबाट नेपालीलाई ल्याउन रोक लगाइएको थियो ।आज मंगलबारबाट लागू हुने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ तालिका तय गरेको छ । यसअनुसार मंगलबार यूएईको सारजहाबाट एयर अरेबियाले नेपालीलाई काठमाडौं ल्याउने छ ।

वीरगन्ज ।  नेपालमा कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न थालिएसँगै रेमडेसिभिर इन्जेक्सनको कालोबजारी सुरु भएको छ । भारतमा प्रतिभाइल ४ हजार ५ सय (७ हजार २ सय नेपाली रुपैयाँ) मा पाइने यो इन्जेक्सन नेपालमा ६० हजार रुपैयाँसम्ममा खरिदबिक्री हुन थालेको छ । यसको कालोबजारीमा स्वास्थ्यकर्मीहरू नै संलग्न रहेको भेटिएको छ ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले निर्माणाधीन जलविद्युत् आयोजनाबाट चालु आर्थिक वर्षमा १३ सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ । कोभिड १९ को कारणले गत आवसम्म अधुरै रहेका निर्माणाधीन आयोजना निर्माण सम्पन्न गरेर उक्त परिमाणमा बिजुली राष्ट्रिय ग्रिडमा जडान गर्ने लक्ष्य राखेको हो । 

काठमाडौं । कोरोना कहरका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा विप्रेषण (रेमिट्यान्स) आयमा चार अर्ब २४ करोड रुपैयाँले गिरावट आएको छ। आर्थिक वर्ष २०७५/७६ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई ८ खर्ब ७९ अर्ब २७ करोड रुपैयाँ रहेको थियो। यस्तै आर्थिक वर्ष २०७६/७७ मा विप्रेषण आप्रवाहमा ०.५ प्रतिशतले कमी आएर आठ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँ कायम भएको छ।

काठमाडौँ । सेयर बजारमा सोमबार करिब सवा २ अर्ब रुपैयाँबराबरको कारोबार भएको छ । सो दिन सेयर कारोबार मापक नेप्से परिसूचक २१.२६ अंकले बढ्यो ।

लण्डन । शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट निधन भएको छ । भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे निधन भएको हो ।  

हङकङ । हङकङमा एउटै व्यक्ति दुई पटक कोरोना भाइरसबाट संक्रमित भएको पाइएको छ । बैज्ञानिकहरुले यसलाई संसारकै पहिलो घटना भनेका छन् । ३० वर्षभन्दा बढीका ती व्यक्ति पहिलो पटक साढे चार महिना अगाडि कोरोनाबाट संक्रमित भएका थिए । विशेषज्ञका अनुसारका एउटै व्यक्ति दुई पटक कोरोनाबाट संक्रमित हुने घटना दुर्लभ हुन्छ ।

सिड्नी । अस्ट्रेलियामा कोरोना भाइरस (कोभिड–१९) का कारण रोजगार गुमाउनेमध्ये ६० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी रहेको एक अध्ययनले देखाएको छ । सिड्नीस्थित युनियन एनएसडब्लूले मार्चदेखि मेसम्मको तीन महिना लगाएर गरेको एक अध्ययनमा ६५ प्रतिशतले वर्तमान समस्याका कारण जागिर गुमाएका देखिएको छ । तीमध्ये ६० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी रहेको एनएसडब्लूले जनाएको छ ।

मनिला । फिलिपिन्समा भएको दुई वटा छुट्टाछुट्टै बम विस्फोटमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । फिलिपिनो सञ्चारमाध्यमहरुका अनुसार फिलिपिन्सको दक्षिणी क्षेत्र सुलु प्रान्तको जोलो सहरमा गराइएको विस्फोटमा परी ६ जना सैनिक र ५ जना सर्वसाधारणको मृत्यु भएको हो । विस्फोटमा परी कम्तीमा ४० जना घाइते भएका छन् ।

असुनसियन । ब्राजिलका पूर्व फुटबल खेलाडी रोनाल्डिन्हो सोमबार जेलबाट छुटेका छन् । जाली पासपोर्टको आरोपमा उनले पाँच महिला जेलमा बिताए । पाराग्वेली न्यायाधीशले उनलाई जेलमु्क्त गर्ने फैसला सुनाएका हुन् ।

(समाचार स्रोत: आजका विभिन्न पत्रपत्रिका)


यसमा तपाईको प्रतिक्रिया (Comment)
  भाद्र ९ मंगलवार: आजको ताजा समाचार
  भाद्र ८ सोमबार: आजको ताजा समाचार
  भाद्र ७ आइतवार: आजको ताजा समाचार
  भाद्र ६ शनिबार: आजको ताजा समाचार
  भाद्र ५ शुक्रबार: आजको ताजा समाचार
  भाद्र ४ बिहीवार: आजको ताजा समाचार
  भाद्र ३ बुधवार: आजको ताजा समाचार
  भाद्र २ मंगलवार: आजको ताजा समाचार
  भाद्र १ सोमबार: आजको ताजा समाचार
  श्रावन ३२ गते आइतवार: आजको ताजा समाचार
  श्रावन ३१ गते शनिवार: आजको ताजा समाचार
  श्रावन २७ गते मंगलवार: आजको ताजा समाचार
  श्रावन २५ गते आइतवार: आजको ताजा समाचार
  श्रावन २४ गते शनिवार: आजको ताजा समाचार
  श्रावन २३ गते शुक्रबार: आजको ताजा समाचार
  श्रावन २१ गते बुधबार: आजको ताजा समाचार
  आजको ताजा समाचार: श्रावन १९ गते सोमबार
  आजको ताजा समाचार: श्रावन १७ गते शनिवार
  आजको ताजा समाचार: श्रावन १० गते शनिवार
  श्रावन ८ गते बिहीवार: आजको ताजा समाचार
  श्रावन ५ गते सोमबार: आजको ताजा समाचार
  श्रावन ४ गते आइतवार: आजको ताजा समाचार
  श्रावन ३ गते शनिवार: आजको ताजा समाचार
  श्रावन २ गते शुक्रबार: आजको ताजा समाचार
  श्रावन १ गते बिहीवार: आजको ताजा समाचार
  आषाढ ३१ गते बुधवार: आजको ताजा समाचार
  आषाढ ३० गते मंगलवार: आजको ताजा समाचार
  आषाढ २७ गते शनिवार: आजको ताजा समाचार
  आषाढ २५ गते बिहीवार: आजको ताजा समाचार
  आषाढ २४ गते बुधवार: आजको ताजा समाचार