ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो ## काठमाडौं उपत्यकामा थप १२२९ जनामा संक्रमण पुष्टि ## नेप्सेमा एकैदिन सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड ## नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम भने उचालियो ## साउदी सरकारले २७ जना नेपालीलाई बहिर्गमन भिषा दियो ## २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि ## सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचन ## खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी ## अबैध गाँजा सहित पाँच जना पक्राउ ## किताब नहेरी शैक्षिक सत्र सकिँदै ## ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित ## नागरिकको सेवामा खटिरहँदा कोरोना सङ्क्रमित भएँ : उपाध्यक्ष आचार्य ## संगीतमा जमेका सन्जोक ## धापासीमा छुरा हानेर युवकको हत्या, दुई पक्राउ ## इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने ##
पत्रपत्रिका

भाद्र ८ सोमबार: आजको ताजा समाचार

भाद्र शुक्ल पक्ष, षष्ठी घ.३२ प.१७ विक्रम संवत् २०७७ साल भाद्र ८ (२४ अगस्त, २०२०) सोमबार, नेपाल संवत् ११४०, ब्रम्ह तैतुला स्वाति, सुर्यषष्ठी ।

न्यू अनलाइन खबर २०७७ भाद्र ८, सोमबार

काठमाडौं । गण्डकी प्रदेशका पाँच जिल्लामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पूर्वी नवलपरासी (नवलपुर), तनहुँ र बाग्लुङमा २–२ जना तथा म्याग्दी र स्याङ्जामा १–१ जनामा कोरोना पुष्टि भएको हो ।

काठमाडौं । प्रस्तावित कोरोना भाइरसविरुद्धको खोपको ‘क्लिनिक ट्रायल’ नेपालमा गर्ने तयारी अघि बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जुनसुकै मुलुकमा निर्मित खोप परीक्षण गर्न नेपाल खुला रहेको जानकारी दिए।

पोखरा । कोरोना भाइरस रोग कोभिड १९ का बिरामी बढेको बढ्यै गरेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले १२ गतेसम्मलाई निषेधाज्ञा थपेको छ। यसअघि ३ भदौदेखि लागु गरिएको निषेधाज्ञा आज आइतबार रातिसम्मका लागि थियो।

परासी । पश्चिम नवलपरासीमा आइतबार मात्रै ३५ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये पृथ्वीचन्द्र जिल्ला अस्पतालका ४ जना डाक्टर र १ नर्स छन्। स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि जिल्ला अस्पताललाई सिल गरिएको मेडिकल सुपरिटेण्डेण्ट डा. मोहम्मद नुरुल होदाले बताए।

विराटनगर । विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आइतबार राति करिब १० बजे विराटनगर–८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

वीरगन्ज । वीरगन्जमा आइतबार कोरोना संक्रमणका कारण थप १ महिलाको  मृत्यु भएको छ।

चितवन । चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरूमध्ये १४ जना चितवनका हुन्। नवलपुरका चार र मकवानपुर, गोरखा र बाराका एक/एक जनामा पनि कोरोना पोजेटिभ देखिएको छ।

कपिलवस्तु । कोरोना संक्रमण नियन्त्रणका लागि जिल्लामा १ हप्ताका लागि निषेधाज्ञा थप गर्ने जिल्ला प्रशासन कार्यालयले निर्णय गरेको छ । आइतबार तौलिहवास्थित जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलको अध्यक्षतामा बसेको जिल्ला कोरोना विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरिएको हो ।

काठमाडौं । टोखा नगरपालिकाले कोभिड–१९ नियन्त्रण तथा उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ । नगरपालिकाको आइतबार बसेको ६१ औँ नगर कार्यपालिकाको बैठकले कोभिड–१९ नियन्त्रणमा अग्रभागमा प्रतक्ष्य खटिने मेडिकल अधिकृतसहितको टोली र स्वाव सङ्कलनमा खटिने प्रयोगशालाकर्मीलाई खाइपाई आएको तलब स्केलमा आइसोलेसन सेन्टर सञ्चालन भएको मितिबाट भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । 

नयाँदिल्ली । भारतमा कोरोना संक्रमितहरुको संख्या ३० लाख नाघेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार आइतबार बिहानसम्ममा ३० लाख ४४ हजार जनामा कोरोना संक्रमण भएको छ ।

एजेन्सी । अमेरिकाले कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापीबाट गर्न अनुमति दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएका हुन् ।

बेइजिङ । चीनले आपत्कालीन प्रयोगका लागि कोभिड-१९ भ्याक्सिन प्रयोगमा ल्याउन थालेको दाबी गरेको छ। एक जना चिनियाँ उच्च स्वास्थ्य अधिकारीले शनिबार बेइजिङमा घरेलु कम्पनीबाट त्यस्तो भ्याक्सिन प्रयोगमा ल्याएको बताएका हुन् । 

लिस्बन । जर्मन क्लब बायर्न म्युनिखले छैटौं पटक यरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई १–० ले पराजित गर्दै बायर्नले ७ वर्षपछि च्याम्पियन्स लिग उपाधि जितेको हो । पोर्चुगलको लिस्वनमा भएको खेलमा बायर्नलाई जित दिलाउन पीएसजीका पूर्वखेलाडी किंग्सले कोमनले एकमात्र गोल गरे । उनले ५९औं मिनेटमा जोसअ किम्मिकको पासमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । फ्रेन्च खेलाडीको त्यो गोल नै पिएसजीलाई हराउन पर्याप्त बन्यो ।

(समाचार स्रोत: आजका विभिन्न पत्रपत्रिका)


यसमा तपाईको प्रतिक्रिया (Comment)
  भाद्र ९ मंगलवार: आजको ताजा समाचार
  भाद्र ८ सोमबार: आजको ताजा समाचार
  भाद्र ७ आइतवार: आजको ताजा समाचार
  भाद्र ६ शनिबार: आजको ताजा समाचार
  भाद्र ५ शुक्रबार: आजको ताजा समाचार
  भाद्र ४ बिहीवार: आजको ताजा समाचार
  भाद्र ३ बुधवार: आजको ताजा समाचार
  भाद्र २ मंगलवार: आजको ताजा समाचार
  भाद्र १ सोमबार: आजको ताजा समाचार
  श्रावन ३२ गते आइतवार: आजको ताजा समाचार
  श्रावन ३१ गते शनिवार: आजको ताजा समाचार
  श्रावन २७ गते मंगलवार: आजको ताजा समाचार
  श्रावन २५ गते आइतवार: आजको ताजा समाचार
  श्रावन २४ गते शनिवार: आजको ताजा समाचार
  श्रावन २३ गते शुक्रबार: आजको ताजा समाचार
  श्रावन २१ गते बुधबार: आजको ताजा समाचार
  आजको ताजा समाचार: श्रावन १९ गते सोमबार
  आजको ताजा समाचार: श्रावन १७ गते शनिवार
  आजको ताजा समाचार: श्रावन १० गते शनिवार
  श्रावन ८ गते बिहीवार: आजको ताजा समाचार
  श्रावन ५ गते सोमबार: आजको ताजा समाचार
  श्रावन ४ गते आइतवार: आजको ताजा समाचार
  श्रावन ३ गते शनिवार: आजको ताजा समाचार
  श्रावन २ गते शुक्रबार: आजको ताजा समाचार
  श्रावन १ गते बिहीवार: आजको ताजा समाचार
  आषाढ ३१ गते बुधवार: आजको ताजा समाचार
  आषाढ ३० गते मंगलवार: आजको ताजा समाचार
  आषाढ २७ गते शनिवार: आजको ताजा समाचार
  आषाढ २५ गते बिहीवार: आजको ताजा समाचार
  आषाढ २४ गते बुधवार: आजको ताजा समाचार