ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो ## काठमाडौं उपत्यकामा थप १२२९ जनामा संक्रमण पुष्टि ## नेप्सेमा एकैदिन सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड ## नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम भने उचालियो ## साउदी सरकारले २७ जना नेपालीलाई बहिर्गमन भिषा दियो ## २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि ## सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचन ## खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी ## अबैध गाँजा सहित पाँच जना पक्राउ ## किताब नहेरी शैक्षिक सत्र सकिँदै ## ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित ## नागरिकको सेवामा खटिरहँदा कोरोना सङ्क्रमित भएँ : उपाध्यक्ष आचार्य ## संगीतमा जमेका सन्जोक ## धापासीमा छुरा हानेर युवकको हत्या, दुई पक्राउ ## इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने ##
बिचार

औपचारिकता निभाउंदा संक्रमण बढेको छ, नो भन्न सिकौं – डा. रवीन्द्र पाण्डे

न्यू अनलाइन खबर २०७७ भाद्र ७, आईतवार

औपचारिकता निभाउँदा र अरुले के भन्लान् भनेर अनिच्छापूर्वक सामाजिक गतिविधिमा सहभागी हुने हाम्रो बानीले कोरोना संक्रमण बढिरहेको पाटोलाई हामीले बिर्सिनुहुँदैन |

  • चाडपर्वमा आफन्त नबोलाउँदा वा आफन्तको घरमा नजाँदा के भन्लान् ? के सोंचलान् ? पीर मान्ने हुन् कि ? भनेर हामी आफ्नो इच्छाविपरित चाडपर्व मनाउने गरेका छौं | यो सोंच महामारीको समयमा आत्मघाती सोंच हो | तीजको दर खान बोलाएका ब्यक्ति नै संक्रमित रहेको हामीले संचारमाध्यमार्फत सुनेका छौं |
  • आफन्त वा चिनजान भएका व्यक्तिको मृत्यु भयो भने मलामी नगए के सोंच्लान ? भनेर मुख देखाउन भएपनि जाने औपचारिकताको कारण वीरगंज, बुटवल लगायतका धेरै ठाउँमा मलामीहरू संक्रमित भएका समाचार हामीले सुनेका छौं |
  • आफन्तलाई लामो समय भेट नगर्दा किन आएन भन्छन् भनेर भेट्न जाँदा संक्रमण आदानप्रदान भएका धेरै घटना छन् |
  • पहिले जमघट गर्ने, सरसहयोग गर्ने तथा आउजाउ गर्ने आफन्त तथा साथीहरुलाई यसो भेट्न पर्यो भनेर जाँदा संक्रमण सरेका घटना हाम्रो समाजमा धेरै छन् |
  •  आफन्त वा छिमेकी बिरामी भएको बेला घरमा वा अस्पतालमा भेट्न नगए के सोंच्लान ? भनेर बिरामीको घर वा भर्ना भएको अस्पताल गएपछि संक्रमित हुने सम्भावना बढी हुन्छ |
  • हाम्रा बिभिन्न संस्कारमा पटकपटक भेट गर्नुपर्ने प्रचलन छन् | ती प्रचलनमा सहभागी नभए के भन्लान् भनेर भेट्न जाँदा संक्रमण सर्ने सम्भावना धेरै हुन्छ |
  • टोलमा हुने बैठक तथा भेलामा यस्सो मुख देखाएर आउंछु भन्दा संक्रमण सारासार भएका घटना हाम्रो समाजमा भइरहेका छन् |
  • बैठक, छलफल आदिमा मास्क लगाएर बस्ने तर मास्क खोलेर चिया, पानी तथा खाजा खाने प्रचलन जोखिमपूर्ण हुन्छ | त्यसैले बैठकमा चिया, खाजा तथा पानी खाने गल्ती गर्नुहुँदैन |
  • संगै फोटो खिच्दा मास्क खोल्ने, दुरी कायम नगर्ने तथा प्रत्येक जनाको मोबाइलबाट फोटो खिच्ने साइकल पुरा गर्दा संक्रमण सर्ने सम्भावना धेरै हुन्छ | यस्तो गतिबिधि महामारीको समयमा नगरौं |
  •  मिडियाले अन्तर्वार्ताको लागि स्टुडियोमा बोलाउँदा मन नलागि नलागि जाने तथा भेन्टिलेसन नभएको स्टुडियोमा लामो समय मास्क खोलेर तथा नजिकै बसेर चिच्याइ चिच्याइ बोल्दा संक्रमण हुने सम्भावना धेरै हुन्छ | प्रविधिको प्रयोग सबैभन्दा सुरक्षित उपाय हो |
  •  जन्म, न्वारान, पास्नी, ब्रतबन्ध, बिबाह, मृत्यु आदि नियमित प्रक्रिया हुन् | यो प्रक्रियामा हाम्रो उपस्थिति अनिबार्य हुँदैन | तर हामीले अनिबार्य ठान्छौं | यो भ्रमबाट महामारीको समयमा मुक्त भएर टेलिफोन तथा इन्टरनेटको प्रयोग गर्दा दुवै पक्ष सुरक्षित हुन्छौं |
  • जग पुजा, घरपुजालगायतका औपचारिकतामा हामी भौतिक रुपमा उपस्थित हुन जरुरी छैन |
  • हामी नेपालीमा ‘ हुँदैन ‘ ‘ नो ‘, ‘आउन सक्दिन‘ आदि स्पष्ट रुपमा भन्ने चलन छैन | ‘ हेरौंला ', ‘ सकभर कोसिस गर्छु’ , ‘ केहि इमर्जेन्सी नपरे आउंछु’ जस्ता दोधारे उत्तर दिएर हामीले आफैलाई अप्ठ्यारोमा पार्ने काम गर्छौं | जे हो त्यहि भन्ने हो भने अर्को पक्षको पनि अपेक्षा हुँदैन, आफुलाई पनि दवाव खेप्नु पर्दैन |

यो महामारीको समयमा औपचारिकता निभाउने तथा अर्को पक्षको जोखिमलाई बुझेर पाहुना नबोलाउने, नजाने तथा टेलिफोन र इन्टरनेटको माध्यमबाट सुखदुख, आशिर्बाद, शुभकामना, बधाई, स्वास्थ्य लाभ, दुख प्रकट आदि गरौँ | को संक्रमित छ, को छैन भन्ने कुरा निधारमा लेखिएको हुँदैन | तसर्थ महामारीको अबधिमा आफ्नो मनको राजा बनौं, कसैले कसैलाई बाध्य नपारौं तथा औपचारिकता निभाउने काम नगरौं | एक अर्कालाई सहयोग गरौँ तर सकभर भेटघाट नगरौं !


यसमा तपाईको प्रतिक्रिया (Comment)
  वैदेशिक रोजगार र वर्तमान अवस्था
  युवाहरुको प्रयासमा “मास्कमाण्डु” अभियान
  गुरुपुर्णिमा
  डा.रवीन्द्र पाण्डेका २० महत्वपूर्ण टिप्स अवश्य पढ्नुहोला
  कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  संचारक्षेत्र : भ्रम र वास्तविकता
  लागूपदार्थ दुर्व्यसन र युवा
  लकडाउन खोलेर जनजिवन सुरक्षित बनाउने उपायहरु
  अमुल्य प्रेम
  कतै हामी भारतसँगको सम्वन्धमा अन्त्यहीन राजनीतिक सङ्घर्ष तनावको बाटोमा त छैनौ ?
  अब देश कठ्पुतलि हुनुहुंदैन
  नेपाल भारत सम्बन्धको समिक्षा
  मेयरलाई खुल्ला पत्र
  प्रवासी स्वदेश फिर्ती अभियान
  बैदेशिक रोजगारीबाट फर्केका कर्मठ जनशक्तिलाई कसरी ब्यबस्थापन गर्ने
  रोग प्रतिरोधातक क्षमता बढाउने सरल उपायहरु बताउँदै डा रवीन्द्र पाण्डे
  नेपाली सेना र शसस्त्र प्रहरीलाई स्वदेश फिर्तीको लागि ब्यबस्थापन गर्ने अभिभारा सुम्पियोस्
  विदेशमा हुनुहुन्छ रोग प्रतिरोधात्मक क्षमता बढाउनुहोस्
  नेपालमा कोरोना संक्रमणको अवस्था भयाबह छैन
  लोकतान्त्रिक अभ्यासमा युवा भुमिका
  कोभिड-१९ विरुद्धको लडाइँमा सरकारले अपनाउनु पर्ने महत्त्वपूर्ण रणनीतिहरु
  जीवनशैली परिवर्तन गर्ने अवसर हो लकडाउन
  हामी श्रमिक एक हौँ
  जीवन जिउने सरल उपायहरु : भाग १
  स्वास्थ विज्ञ भन्छन् र्यापिड टेस्ट भरपर्दो भएन
  १ मिटरको दुरी, कोरोनाबाट बच्न छ जरुरी
  धार्मिक सहिष्णुता कायम राखाैँ
  ​नेपालमा कोरोना संक्रमणको सहि विश्लेषण
  लकडाउन मोडेल
  काेराेनाभाइरस कथा एक