ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो ## काठमाडौं उपत्यकामा थप १२२९ जनामा संक्रमण पुष्टि ## नेप्सेमा एकैदिन सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड ## नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम भने उचालियो ## साउदी सरकारले २७ जना नेपालीलाई बहिर्गमन भिषा दियो ## २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि ## सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचन ## खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी ## अबैध गाँजा सहित पाँच जना पक्राउ ## किताब नहेरी शैक्षिक सत्र सकिँदै ## ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित ## नागरिकको सेवामा खटिरहँदा कोरोना सङ्क्रमित भएँ : उपाध्यक्ष आचार्य ## संगीतमा जमेका सन्जोक ## धापासीमा छुरा हानेर युवकको हत्या, दुई पक्राउ ## इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने ##
पत्रपत्रिका

भाद्र ७ आइतवार: आजको ताजा समाचार

भाद्र शुक्ल पक्ष, पञ्चमी घ.३२ प.२० विक्रम संवत् २०७७ साल भाद्र ७ (२३ अगस्त, २०२०) आइतवार, नेपाल संवत् ११४०, सुभ बभ चित्रा , ऋषिपञ्चमी व्रत ।

न्यू अनलाइन खबर २०७७ भाद्र ७, आईतवार

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।

काठमाडौं । नेकपाभित्रको विवाद समाधानका लागि गठित कार्यदलले प्रधानमन्त्री ओली पूरै कार्यकाल प्रधानमन्त्री रहने गरी प्रतिवेदन बुझाएको छ। महासचिव विष्णु पौडेल संयोजक रहेको ६ सदस्यीय कार्यदलले पार्टीका कामहरूको जिम्मेवारी भने अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई दिन सुझाव दिएको छ।

कैलाली । सुदूरपश्चिम प्रदेशमा आज परेको थारू समुदायको पर्व अट्वारीको उपलक्ष्यमा सार्वजनिक बिदा दिइएको छ ।

भरतपुर । चितवनमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७:२६ बजे मृत्यु भएको हो

वीरगन्ज । वीरगन्जमा कोरोना संक्रमणका कारण थप १ महिलाको  मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ११ की ५६ वर्षीया संक्रमित महिलाको शनिबार बेलुकी मृत्यु भएको हो ।

भरतपुर । चितवनमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  भरतपुरको कोभिड १९ प्रयोगशालामा शनिबार  राति गरिएको परीक्षणमा चितवनका १० जना सहित १३ जनामा संक्रमण पुष्टि भएको हो। 

काठमाडौं । हिजो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको थियो ।

काठमाडौं । बन्दाबन्दी र निषेधाज्ञाका कारण रक्तदान कार्यक्रम हुन नसकेकाले रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । केन्द्रीय रक्तसञ्चार सेवालगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरुमा न्यून मात्रामा रगत मौज्दात रहेको भन्दै रेडक्रसले रक्तदानका लागि अनुरोधसमेत गरेको छ ।

काठमाडौं । नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौँका केही स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालयका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न लागिएकाले विद्युत् कटौती गर्न लागिएको हो । प्राधिकरणले बागडोल क्षेत्र आसपास, सनराइज टावर आसपास तथा सानेपा चक्रपथ क्षेत्र, खाद्य गोदामलगायतका क्षेत्रमा विद्युत् कटौती गर्न लागेको हो ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले परम्परागत कार्यपद्धतिलाई विस्थापित गर्दै स्वचालित र डिजिटलाइजेसनमा जाने भएको छ। प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले यसका लागि काम भइरहेको बताएका छन्।

काठमाडौं । सरकारले नेपाल प्रहरीको नायब महानिरीक्षक (डिआइजी)को दरबन्दी थप्ने गरी गृहकार्य अघि बढाएको छ । गत वर्षको २८ चैतमा डिआइजीको संख्या कटौती गरेको सरकारले संख्या घटाएको चार महिनापछि फेरि पाँच वटा दरबन्दी थप गर्न तयारी अघि बढाएको हो ।

एजेन्सी । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या आठ लाख नाघेको छ। रोयटर्सले उल्लेख गरेअनुसार अमेरिका, ब्राजिल र भारतमा दैनिक ज्यान गुमाउनेको संख्या सबैभन्दा उच्च छ।

साउथह्याम्पटन । ज्याक क्रोलीको उत्कृष्ट २ सय ६७ रन र जस बटलरको १ सय ५२ रनको मद्दतले इंग्ल्यान्डले शनिबार पाकिस्तानविरुद्धको तेस्रो तथा निर्णायक टेस्टको दोस्रो दिन विशाल स्कोर खडा गरेको छ ।

(समाचार स्रोत: आजका विभिन्न पत्रपत्रिका)


यसमा तपाईको प्रतिक्रिया (Comment)
  भाद्र ९ मंगलवार: आजको ताजा समाचार
  भाद्र ८ सोमबार: आजको ताजा समाचार
  भाद्र ७ आइतवार: आजको ताजा समाचार
  भाद्र ६ शनिबार: आजको ताजा समाचार
  भाद्र ५ शुक्रबार: आजको ताजा समाचार
  भाद्र ४ बिहीवार: आजको ताजा समाचार
  भाद्र ३ बुधवार: आजको ताजा समाचार
  भाद्र २ मंगलवार: आजको ताजा समाचार
  भाद्र १ सोमबार: आजको ताजा समाचार
  श्रावन ३२ गते आइतवार: आजको ताजा समाचार
  श्रावन ३१ गते शनिवार: आजको ताजा समाचार
  श्रावन २७ गते मंगलवार: आजको ताजा समाचार
  श्रावन २५ गते आइतवार: आजको ताजा समाचार
  श्रावन २४ गते शनिवार: आजको ताजा समाचार
  श्रावन २३ गते शुक्रबार: आजको ताजा समाचार
  श्रावन २१ गते बुधबार: आजको ताजा समाचार
  आजको ताजा समाचार: श्रावन १९ गते सोमबार
  आजको ताजा समाचार: श्रावन १७ गते शनिवार
  आजको ताजा समाचार: श्रावन १० गते शनिवार
  श्रावन ८ गते बिहीवार: आजको ताजा समाचार
  श्रावन ५ गते सोमबार: आजको ताजा समाचार
  श्रावन ४ गते आइतवार: आजको ताजा समाचार
  श्रावन ३ गते शनिवार: आजको ताजा समाचार
  श्रावन २ गते शुक्रबार: आजको ताजा समाचार
  श्रावन १ गते बिहीवार: आजको ताजा समाचार
  आषाढ ३१ गते बुधवार: आजको ताजा समाचार
  आषाढ ३० गते मंगलवार: आजको ताजा समाचार
  आषाढ २७ गते शनिवार: आजको ताजा समाचार
  आषाढ २५ गते बिहीवार: आजको ताजा समाचार
  आषाढ २४ गते बुधवार: आजको ताजा समाचार