Admission for ACCA programme open at The British College ## प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक भएको नेपाली कांग्रेसको जिकिर, प्रदर्शन गर्ने ## नेकपा दाहाल–नेपाल समूहले आन्दोलन गर्ने ## ३४ जना नेपालीहरुको नयाँ Exit visa (बहिर्गमन भिषा) जारी ## हिन्दुराष्ट्र र राजसंस्थाको संवाहक राप्रपा : कमल थापा ## मृगौला रोगी मोक्तानलाई उपचार रकम सहयोग ## ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो ## काठमाडौं उपत्यकामा थप १२२९ जनामा संक्रमण पुष्टि ## नेप्सेमा एकैदिन सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड ## नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम भने उचालियो ## साउदी सरकारले २७ जना नेपालीलाई बहिर्गमन भिषा दियो ## २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि ## सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचन ## खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी ## अबैध गाँजा सहित पाँच जना पक्राउ ##
अर्थ र समाज

किसान किवी खेतीतर्फ आकर्षित

न्युअनलाइनखबर संवाददाता डडेल्धुरा २०७७ भाद्र ५, शुक्रबार 1.39K

पछिल्लो समयमा डडेल्धुराका कृषकहरु व्यावसायिक किवी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । केही वर्षअघि तरकारी उत्पादन हुने खेतमा आजभोलि भने कृषकहरु किवी खेती गरेर मनग्य आम्दानी गर्न थालेका हुन् । किवी खेतीका लागि डडेल्धुरामा उपयुक्त वातावरण भएकाले कृषकहरु व्यावसायिकरूपमा किवी खेतीतर्फ आकर्षित हुन थालेका हुन् ।

डडेल्धुराको अमरगढी–२ का हिक्मत खडायतले नौ रोपनीभन्दा बढी जमिनमा किवी खेती गरिरहनुभएको छ । किविभन्दा अघि उहाँले सुन्तला, जुनार, कागतीजस्ता फलफूलको खेती गर्नुभयो । डडेल्धुरामा किवी खेतीको राम्रो सम्भावना देखेर यो व्यवसायमा लागेको उहाँले बताउनुभयो । करीब पाँच हजार बोट किवी लगाउनुभएका उहाँले प्रतिबोट रु ५०० का दरले बिक्री गर्ने गरेको बताउनुभयो । “बजारमा किवीको मूल्य र माग दुवै रहेको छ । किवी रोपेर नै पाँच जनाको परिवार पालिरहेको छु”, उहाँले भन्नुभयोे, “बेर्ना हुर्कन कम्तीमा पनि एक÷डेढ वर्ष लाग्छ । रोपेको करिब तीन वर्षदेखि ५०÷६० वर्षसम्म किवीले आम्दानी दिने गरेको सुनेको छु ।” किवी खेतीबाटै घर खर्च कटाई वर्षिक रु एक÷दुई लाख बचत गर्ने गरेको उहाँले सुनाउनुभयो ।

किवी खेती गर्दा समयको पनि बचत हुने र आम्दानी पनि मनग्य हुने भएपछि आफू पनि यस पेसातर्फ आकर्षित भएको अमरगढी–१ का गणेशबहादुर ऐरले बताउनुभयो । शुरुमा रु पाँच लाख लगानी गरेर किवी खेती गर्नुभएका उहाँले छोराछोरीको पढाइ खर्चदेखि लिएर घर परिवारको जीविकोपार्जन पनि यसै पेसाबाट चलाइरहेको बताउनुभयो । सात वर्षदेखि उहाँले किवी खेती गरिरहनुभएको छ ।

किवी खेती गर्नुभन्दा पहिले भारतमा गएर काम गर्ने गरेको उहाँको भनाइ छ । “किवी खेती गर्ने कुनै सोच थिएन । जिल्ला कृषि विकास कार्यालयले दोलखाबाट यो योजना लिएर जिल्लामा तालिम दियो । १०÷१२  जना हामी सहभागी थियौँ तर किवी खेती गर्न कसैले मानेन,” उहाँले भन्नुभयोे, “जिल्लामा पहिलो पटक मैले यो खेतीको शुरुआत गरेँ । शुरुमा १०० बोट लगाएँ । अहिले त जिल्लामा ३०÷४० किसान पुगिसके किवी खेती गर्ने ।” गत वर्ष १६ क्विन्टल किवी फले पनि यो वर्ष ३० क्विन्टल फलाउने उहाँको अनुमान छ । किवी लगाएकै ठाउँमा तरकारी पनि लगाउन सकिने भएकोले मनग्य आम्दानी गरिरहेको उहाँले बताउनुभयो ।

शुरुमा एक पटक लगानी गरेपछि ४०÷५० वर्षसम्म उत्पादन दिइरहने र बजारको समेत अभाव नहुने भएपछि किसान किवी खेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्र डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताउनुभयो । किवीखेतीका लागि मौसमअनुसार पनि डडेल्धरा जिल्ला उपयुक्त मानिने हुदाँ त्यसतर्फ बढी आकर्षित भई यो खेतीको थालनी भएको वरिष्ठ कृषि विकास अधिकृत विष्टले बताउनुभयो ।


यसमा तपाईको प्रतिक्रिया (Comment)
  पर्यटकको आकर्षणमा झिग्राना होमस्टे
  स्वदेश फर्केकालाई सीप र श्रम दिने चुनौती
  सूर्यविनायकको अनन्तलिङ्ग डाँडामा होमस्टे
  चितवन राष्ट्रिय निकुञ्ज : दुई महिनामा पाँच गैँडा मरे
  प्याजको मूल्य तोकेर बिक्री
  किसान किवी खेतीतर्फ आकर्षित
  कोरोना रोकथाम : डोटीका स्थानीय तहको रु ११ करोड खर्च
  पोथार्दीमा व्यावसायिक बाख्रापालन
  लोकप्रिय बन्दै ईन्ता अटायर बुटिक
  आर्थिक २०७७।०७८ को मौद्रिक नीति सार्वजनिक
  बेँसीशहर नगरपालिकाको बजेट रु ७६ करोड २० लाख
  सांसद विकास कोषबाट ‘नमूना स्याउ बगैँचा’
  गण्डकीको बजेटः महिला सशक्तीकरण शब्दमा मात्र भएको टिप्पणी
  कर्णालीको बजेटमा ‘महामारी, भोकमरी र रोजगारी’
  प्रदेश २ मा ३३ अर्ब ५६ करोडको बजेट सार्वजनिक
  जलविरे बजार
  गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित
  कर बुझाउने म्याद थप
  आर्थिक वर्ष २०७७/०७८ को बजेट (पूर्णपाठ)
  आर्थिक वर्ष २०७७/०७८ को बजेटले कृषिमा ४१ अर्ब ४० करोड विनियोजन
  प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड
  सरकारको निति तथा कार्यक्रममा यस्तो छ (पूर्णपाठ)
  मलेशियामा RIA IME काउन्टरहरु खुल्ने
  ग्लोबल आइएमइ बैँकले ट्रान्जेक्सन लिमिट बढायो
  बैशाख १५ सम्म काउन्टर समय : हिमालयन बैंक
  जिल्लाका प्रमुख जिल्ला अधिकारी (CDO) हरूको मोवाइल र फोन नं.
  लकडाउनमा घरबाट अनलाइन मार्फत सजिलै मेगा बैंकमा खाता खोल्न सकिने
  NIC ASIA NOTICE
  नेपाल राष्ट्र बैंकको सूचना
  केटाकेटी जीवन बीमा : नेपाल लाइफ इन्स्योररेन्स