ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो ## काठमाडौं उपत्यकामा थप १२२९ जनामा संक्रमण पुष्टि ## नेप्सेमा एकैदिन सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड ## नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम भने उचालियो ## साउदी सरकारले २७ जना नेपालीलाई बहिर्गमन भिषा दियो ## २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि ## सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचन ## खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी ## अबैध गाँजा सहित पाँच जना पक्राउ ## किताब नहेरी शैक्षिक सत्र सकिँदै ## ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित ## नागरिकको सेवामा खटिरहँदा कोरोना सङ्क्रमित भएँ : उपाध्यक्ष आचार्य ## संगीतमा जमेका सन्जोक ## धापासीमा छुरा हानेर युवकको हत्या, दुई पक्राउ ## इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने ##
पत्रपत्रिका

भाद्र ५ शुक्रबार: आजको ताजा समाचार

भाद्र शुक्ल पक्ष, तृतीया घ.३२ प.२७ विक्रम संवत् २०७७ साल भाद्र ५ (२१ अगस्त, २०२०) शुक्रवार, नेपाल संवत् ११४०, सिद्ध तैतुला उत्तर फाल्गुनी , हरितालिका तीज (महिला बिदा) ।

न्यू अनलाइन खबर २०७७ भाद्र ५, शुक्रबार

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

काठमाडौं । सरकारले ‘चार्टर तथा उद्धार उडान’लाई पुनः सुचारु गर्ने भएको छ । बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले हवाइ मार्गबाट स्वदेश आउने यात्रुका लागि मापदण्ड निर्धारण समेत गरेको छ । अब हवाई मार्गबाट आउनेहरुले काठमाडौं ओर्लेपछि सात दिनसम्म होटल क्वारेन्टिनमा बस्नैपर्नेछ । कुन होटलमा बस्ने भन्ने बुकिङ गरेर मात्र आउनुपर्नेछ । यसका लागि सरकारले होटलहरुको सूची प्रकाशित गरिनेछ । र, होटलमा बस्दाको खर्च व्यक्ति स्वयंले व्यहोर्नुपर्ने छ ।

चितवन । चितवनका थप २२ जनासहित २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड १९ प्रयोगशालामा विहीवार गरिएको परीक्षणमा चितवनका ११ पुरुष र ११ महिलामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काभ्रे । कोरोना भाइरसको सङ्क्रमण दैनिकरुपमा बढ्दै गएको अवस्थालाई ध्यानमा राखेर कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले बिहीबारदेखि जिल्लामा सञ्चालनमा रहेका सार्वजनिक यातायातलाई पूर्णरुपमा रोक लगाएको छ ।

तिलोत्तमा । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप एक संक्रमितको मृत्यु भएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षीय पुरुषको शुक्रबार बिहान ६ बजे मृत्यु भएको हो ।

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि ४३ जिल्लामा निषेधाज्ञा र लकडाउन जारी गरेको सरकारले आइसोलेसन बेडको व्यवस्था गर्न निर्देशन दिएको छ। 

सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ लिदीको पहिरोमा बेपत्ता भएका ३९ मध्ये बिहीबारसम्म ३० जनाको शव फेला परेको छ ।

काठमाडौं । नेपाल र इजरायलका कूटनीतिक राहदानी बाहकलाई एकअर्को देशको यात्रा गर्दा ९० दिनसम्म भिसा नचाहिने भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच कूटनैतिक राहदानी बाहकलाई प्रवेशाज्ञा (भिसा)को आवश्यकताबाट उन्मुक्ति दिनेसम्बन्धी सम्झौता भएसँगै सो सुविधा प्राप्त भएको हो ।

काठमाडौँ । निषेधाज्ञाको अवधिमा काठमाडौं उपत्यकाका तीन जिल्लामा एउटा बैंकको एक शाखा मात्र खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयले गरेको निषेधाज्ञाको पालना गर्नकै लागि बैंकर्स संघले शुक्रबारदेखि एक जिल्लामा हरेक बैंकको एउटा शाखा मात्र खोल्ने निर्णय गरेको छ ।

युएई । अन्तिम अवस्थामा उडान रद्द हुँदा नेपाल फर्कन नपाएर दुबई एयरपोर्टमा अलपत्र परेका नेपालीबारे चौतर्फी विरोध आएपछि सरकारले दुबईबाट काठमाडौँको लागि अन्ततः उडान अनुमति दिएको छ ।

एजेन्सी । विष खुवाएको आशंका गरिएका रुसी विपक्षी नेता अलेक्सी नभाल्नी कोमामा गएका छन् ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक नभाल्नी रुसको ओम्स्क सहरस्थित एक अस्पतालमा कोमामा रहेको र उनको जीवन रक्षाको निम्ति प्रयास गरिरहेको चिकित्सकहरुले बताएका छन् ।

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उनले सत्तारुढ मजदुर पार्टीको दुर्लभ अधिवेशनको आह्वान गरेका छन्। पार्टीका सर्वोच्च नेता किम जोङ उनले पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा अधिवेशनको आह्वान गरेको उत्तर कोरियाली समाचार संस्था केसीएनएले बिहीबार जनाएको छ।

लन्डन । सन् २०२०–२१ को सिजनको इंग्लिस प्रिमियर लिग (ईपीएल) को खेलतालिका सार्वजनिक भएको छ । आउँदो सेप्टेम्बर १२ बाट ईपीएलको नयाँ सिजन सुरु हुने भएको हो ।

(समाचार स्रोत: आजका विभिन्न पत्रपत्रिका)


यसमा तपाईको प्रतिक्रिया (Comment)
  भाद्र ९ मंगलवार: आजको ताजा समाचार
  भाद्र ८ सोमबार: आजको ताजा समाचार
  भाद्र ७ आइतवार: आजको ताजा समाचार
  भाद्र ६ शनिबार: आजको ताजा समाचार
  भाद्र ५ शुक्रबार: आजको ताजा समाचार
  भाद्र ४ बिहीवार: आजको ताजा समाचार
  भाद्र ३ बुधवार: आजको ताजा समाचार
  भाद्र २ मंगलवार: आजको ताजा समाचार
  भाद्र १ सोमबार: आजको ताजा समाचार
  श्रावन ३२ गते आइतवार: आजको ताजा समाचार
  श्रावन ३१ गते शनिवार: आजको ताजा समाचार
  श्रावन २७ गते मंगलवार: आजको ताजा समाचार
  श्रावन २५ गते आइतवार: आजको ताजा समाचार
  श्रावन २४ गते शनिवार: आजको ताजा समाचार
  श्रावन २३ गते शुक्रबार: आजको ताजा समाचार
  श्रावन २१ गते बुधबार: आजको ताजा समाचार
  आजको ताजा समाचार: श्रावन १९ गते सोमबार
  आजको ताजा समाचार: श्रावन १७ गते शनिवार
  आजको ताजा समाचार: श्रावन १० गते शनिवार
  श्रावन ८ गते बिहीवार: आजको ताजा समाचार
  श्रावन ५ गते सोमबार: आजको ताजा समाचार
  श्रावन ४ गते आइतवार: आजको ताजा समाचार
  श्रावन ३ गते शनिवार: आजको ताजा समाचार
  श्रावन २ गते शुक्रबार: आजको ताजा समाचार
  श्रावन १ गते बिहीवार: आजको ताजा समाचार
  आषाढ ३१ गते बुधवार: आजको ताजा समाचार
  आषाढ ३० गते मंगलवार: आजको ताजा समाचार
  आषाढ २७ गते शनिवार: आजको ताजा समाचार
  आषाढ २५ गते बिहीवार: आजको ताजा समाचार
  आषाढ २४ गते बुधवार: आजको ताजा समाचार