ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो ## काठमाडौं उपत्यकामा थप १२२९ जनामा संक्रमण पुष्टि ## नेप्सेमा एकैदिन सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड ## नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम भने उचालियो ## साउदी सरकारले २७ जना नेपालीलाई बहिर्गमन भिषा दियो ## २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि ## सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचन ## खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी ## अबैध गाँजा सहित पाँच जना पक्राउ ## किताब नहेरी शैक्षिक सत्र सकिँदै ## ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित ## नागरिकको सेवामा खटिरहँदा कोरोना सङ्क्रमित भएँ : उपाध्यक्ष आचार्य ## संगीतमा जमेका सन्जोक ## धापासीमा छुरा हानेर युवकको हत्या, दुई पक्राउ ## इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने ##
बिचार

अहिलेको युग अन्तरक्रियाको युग हो

न्यू अनलाइन खबर २०७७ श्रावन २४, शनिबार
लेखकः डा. रवीन्द्र पाण्डे

प्रिय सरकार, कोरोनाको उपदेश तीतो हुन लाग्यो । 

कोरोना संक्रमणबाट बच्नको लागि के गर्नुपर्छ भनेर सबै नागरिकलाई थाहा भइसकेको छ | मोबाइलको रिंगटोन, स्वास्थ्य मन्त्रालयका प्रबक्ताको ठाडो उपदेश, संचारमाध्यमदेखि बिज्ञहरुको अर्ति एकै छ – मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने, हात धोइरहने । 
सरकारी संयन्त्रको आरोप छ - नागरिकले मास्क लगाएनन्, सामाजिक दुरी कायम गरेनन्, हात धोएनन्, जनता अनुशाशित बनेनन् । 
नागरिकको आरोप छ – सरकारले उचित ठाउँमा परीक्षणको दायरा बढाएन, अस्पतालमा क्षमता वृद्धि गरेन, अरबौं रुपैयाँ के गर्यो के गर्यो । 

अहिलेको युगमा सबैभन्दा अप्रिय बिषय हो – उपदेश।  उपदेशकर्ताले आफुलाई सर्बज्ञाता र आफुबाहेक अन्यलाई केहि थाहा नभएको भन्ने भ्रम रोग पालेर बसेको हुन्छ | एकै उपदेश पटकपटक दिंदा श्रोता वा दर्शक वाक्कदिक्क हुन्छन् भन्ने उसले बुझ्दैन।  उपदेशको जति हाइ डोज हुन्छ, त्यसले त्यति नै काम गर्न छोड्छ। 
अहिलेको युग भनेको अन्तरक्रियाको युग हो। मनोबैज्ञानिक संबादको युग हो। हामी सबैले मैले केहि कुरा जानेको छु, मेरो कुरा सुन्नेले मैलेभन्दा धेरै कुरा जानेका हुन्छन् भन्ने मानसिकता बिकास गर्नु जरुरी छ। 

नागरिकलाई मास्क लगाएनन् भनेर आरोप लगाउनुको कुनै अर्थ छैन। राज्यले मास्क उत्पादक संस्थालाई मेसिन तथा कच्चापदार्थ ल्याउन छुट दिने, केटाकेटीको लागि कार्टुन भएका रमाइला मास्क उत्पादन गर्ने, किशोरकिशोरीको लागि फेन्सी मास्क उत्पादन गर्ने, खेलप्रेमीको लागि खेलाडीको फोटो भएका मास्क उत्पादन गर्ने, जेष्ठ नागरिकको लागि धार्मिक आस्था प्रतिबिम्बित मास्क उत्पादन गर्ने तथा ती मास्कलाई अन्त्यन्तै सस्तो मुल्यमा उपलब्ध गराउनुपर्दछ।  कपडाको मास्क तथा सर्जिकल मास्कलाइ २-३ रुपैयामा उपलब्ध गराउने हो भने धेरै व्यक्तिले मास्क लगाउँछन्।  हरेक सेवाग्राही कार्यालय, चोक, निर्माणस्थल, स्वास्थ्य संस्था आदिमा निशुल्क मास्क वितरण गर्ने तथा मास्कलाई रहर र फेसनको बिषय बनाउने हो भने मास्क लगाउनेको संख्या ह्वात्तै बढ्छ। 

त्यस्तै स्यानिटाइजर र साबुनलाई सरकारले एकदम सस्तोमा उत्पादन गराएर ५-५ रुपैयामा सर्वसुलभ गराउने हो प्रयोगकर्ताको संख्या ह्वात्तै बढ्नेछ। सामाजिक संघसंस्थामार्फत मास्क, साबुन तथा स्यानिटाइजर निम्न आय भएका तथा प्रयोग नभएका क्षेत्रमा निशुल्क वितरण गर्ने हो भने जनतालाई लो डोजको सल्लाहले पनि काम गर्छ। 
कर तिर्ने, लाइसेन्स तथा बिलबुक नबिकरण गर्ने, विद्युतको बिल तिर्ने, वडामा तिरो तिर्ने, मालपोतको काम, अस्पतालको पालो आदिलाई हरेक बैंकबाट तिर्न मिल्ने, फोनबाट समय लिनसक्ने र छरितो रुपमा सेवा पाउने अवस्थाको राज्य तथा सम्बन्धित निकायले ब्यबस्था गर्ने हो भने कुनै पनि व्यक्तिलाई भीड गर्नु जरुरी हुने छैन।  राज्यले सयौं बर्षदेखि सामाजिक दुरीमा राखेको बर्ग व्यक्तिगत दुरी कायम गर्न अभ्यस्त छ। त्यस्तै भीडभाड हुने स्थान तथा गल्लीमा ब्यापार गर्नेलाई ४-५ शिफ्टको समय तालिका अनुसार खोल्ने अनुमति दिने हो भने त्यहाँको भीड घटाउन सकिन्छ। सरकारले स्थानीय निकायसंग समन्वय गरेर ससाना तर महत्वपूर्ण कुराको ब्यबस्थापन गर्न सक्छ। यी २ नदीको मिलन कहिले होला ?

लामा यातायात ( निजि तथा सरकारी) लाई संक्रमणरहित बनाएर एक सिटमा एकजना यात्री राख्ने हो भने जोखिम कम हुन्छ। घुंडा र कुम जोडेर बस्नुपर्ने टेम्पु तथा माइक्रोबसमा सरकारले अमिन पठाएर व्यक्तिगत दुरी नाप्यो भने जनता सुरक्षित हुनेथिए। माइक्रोबसलाई एम्बुलेन्स तथा टेम्पुलाई अन्य सामान बोक्न प्रयोग गर्न सकिन्छ। 
चाडपर्व कसरी मनाउने ? हामीलाई थाहा छ सरकार। भोको पेट र रित्तो आङले चाडपर्व मनाउन पाइन्छ कि पाइन्न सरकार ? लौ न, एक डोज उपदेश पाउँ। 

सकभर घरभित्र बस्ने कसको मन हुँदैन र ? मुसा दौडने रित्ता भाँडा, चौबिसै घण्टा भोक लाग्ने केटाकेटी, अभावले उत्पन्न अशान्ति अनि पैसो माग्न आउने साहुभन्दा चर्का आफन्त सकभर घरभित्र बस्दैनन्।  उनीहरु घरभित्र बसे पो हामी पनि सकभर घरभित्र बस्ने थियौं। 
समाजबाद उन्मुख संबिधान तथा कम्युनिष्ट सरकार भएको मुलुकमा गरिब तथा सर्बहारा बर्गले राहत पाउँदैनन्, सिटामोल र जीवनजल नपाएर मृत्युवरण गर्छन् तथा सरकारका परममित्र ठूला ब्यबसायीले कर र ब्याजमा सहुलियत पाउँदैनन् भने सरकार पाल्ने नागरिकको आँखामा मोतिबिन्दु लाग्न सक्छ।  मोतिबिन्दु लागेका जनताले चुनाव चिन्ह नचिन्ने खतरा बढ्न सक्छ। भनिन्छ नि – एक माघले कोरोना जाँदैन, उपदेशले पेट भरिदैन। 


यसमा तपाईको प्रतिक्रिया (Comment)
  वैदेशिक रोजगार र वर्तमान अवस्था
  युवाहरुको प्रयासमा “मास्कमाण्डु” अभियान
  गुरुपुर्णिमा
  डा.रवीन्द्र पाण्डेका २० महत्वपूर्ण टिप्स अवश्य पढ्नुहोला
  कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  संचारक्षेत्र : भ्रम र वास्तविकता
  लागूपदार्थ दुर्व्यसन र युवा
  लकडाउन खोलेर जनजिवन सुरक्षित बनाउने उपायहरु
  अमुल्य प्रेम
  कतै हामी भारतसँगको सम्वन्धमा अन्त्यहीन राजनीतिक सङ्घर्ष तनावको बाटोमा त छैनौ ?
  अब देश कठ्पुतलि हुनुहुंदैन
  नेपाल भारत सम्बन्धको समिक्षा
  मेयरलाई खुल्ला पत्र
  प्रवासी स्वदेश फिर्ती अभियान
  बैदेशिक रोजगारीबाट फर्केका कर्मठ जनशक्तिलाई कसरी ब्यबस्थापन गर्ने
  रोग प्रतिरोधातक क्षमता बढाउने सरल उपायहरु बताउँदै डा रवीन्द्र पाण्डे
  नेपाली सेना र शसस्त्र प्रहरीलाई स्वदेश फिर्तीको लागि ब्यबस्थापन गर्ने अभिभारा सुम्पियोस्
  विदेशमा हुनुहुन्छ रोग प्रतिरोधात्मक क्षमता बढाउनुहोस्
  नेपालमा कोरोना संक्रमणको अवस्था भयाबह छैन
  लोकतान्त्रिक अभ्यासमा युवा भुमिका
  कोभिड-१९ विरुद्धको लडाइँमा सरकारले अपनाउनु पर्ने महत्त्वपूर्ण रणनीतिहरु
  जीवनशैली परिवर्तन गर्ने अवसर हो लकडाउन
  हामी श्रमिक एक हौँ
  जीवन जिउने सरल उपायहरु : भाग १
  स्वास्थ विज्ञ भन्छन् र्यापिड टेस्ट भरपर्दो भएन
  १ मिटरको दुरी, कोरोनाबाट बच्न छ जरुरी
  धार्मिक सहिष्णुता कायम राखाैँ
  ​नेपालमा कोरोना संक्रमणको सहि विश्लेषण
  लकडाउन मोडेल
  काेराेनाभाइरस कथा एक