Admission for ACCA programme open at The British College ## प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक भएको नेपाली कांग्रेसको जिकिर, प्रदर्शन गर्ने ## नेकपा दाहाल–नेपाल समूहले आन्दोलन गर्ने ## ३४ जना नेपालीहरुको नयाँ Exit visa (बहिर्गमन भिषा) जारी ## हिन्दुराष्ट्र र राजसंस्थाको संवाहक राप्रपा : कमल थापा ## मृगौला रोगी मोक्तानलाई उपचार रकम सहयोग ## ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो ## काठमाडौं उपत्यकामा थप १२२९ जनामा संक्रमण पुष्टि ## नेप्सेमा एकैदिन सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड ## नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम भने उचालियो ## साउदी सरकारले २७ जना नेपालीलाई बहिर्गमन भिषा दियो ## २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि ## सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचन ## खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी ## अबैध गाँजा सहित पाँच जना पक्राउ ##
अर्थ र समाज

पोथार्दीमा व्यावसायिक बाख्रापालन

सानेबहादुर नेपाली तनहुँ २०७७ श्रावन २४, शनिबार


तनहुँको भिमाद नगरपालिका–९ स्थित पाथार्दी बोर जातको बाख्रापालनको क्षेत्रको रुपमा विकास हुँदै गएको छ । उक्त क्षेत्रमा रहेका ६० घरपरिवारले व्यावसायिकरुपमा बाख्रापालन गर्न थालेपछि सो क्षेत्र बाख्रापालनको केन्द्र बन्दै गएको हो ।

विसं २०७० मा नेपाल सरकारले पाथार्दी बोर बाख्रा स्रोत केन्द्र बनाउने योजनाअनुरुप कृषकलाई खोरगोठको नमूना, समूह गठन, पाथार्दीबोर बाख्रा स्रोत विकास केन्द्र नामकरण गरेर उत्प्रेरणा गराउनुको साथै प्राविधिक सहयोग गरेको थियो ।

त्यसैगरी विसं २०७१ मा हेफर इन्टरनेशलन र नेपाल एकीकृत ग्रामीण विकास केन्द्रले खोर निर्माण गर्ने, महिलालाई सङ्गठित गर्ने आन्तरिक पूँजी परिचालन गर्न सिकाउने, व्यक्तित्व विकास गर्ने र पशु व्यवस्थापनलगायतका कार्य गर्न थालेपछि यहाँका कृषक आकर्षित भएर लागेका  हुन् । विश्व खाद्य सुरक्षा परियोजनाले उक्त केन्द्रलाई जमेको वीर्य प्रदान गरेपछि बाख्रा अनुसन्धान केन्द्र बन्दीपुरको प्राविधिक सहयोगमा बाख्रामा कृत्रिम गर्भाधान गराएको पाथार्दी बोर बाख्रा स्रोत केन्द्रका अध्यक्ष खेमबहादुर थापाले जानकारी दिनुभयो । “म आफूले पनि ४० वटा बाख्रा पालेको छु”, उहाँले भन्नुभयो, “वार्षिक दश देखि एघार लाखसम्म सजिलै कमाउन सकिएको छ ।”

उक्त गाउँमा शुरुमा विसं २०६८ देखि बोर बाख्रा पाल्न शुरु गर्नुभएका शिवकुमार आलेले वार्षिक लाखौँ कमाइ गर्दै आउनुभएको छ । उहाँले अष्टे«लिया र अफ्रिकाबाट ल्याएर बाख्रा पाल्न शुरुआत गरेपछि स्थानीयवासीले समेत चासो देखाएका हुन् । उहाँको खोरमा अहिले ७० भन्दा बढी बाख्रा रहेका छन् । बाख्रामा कति प्रतिशत बोर क्रस भएको छ सोअनुरुप मूल्य निर्धारण गरी बिक्री गर्ने गरिएको छ ।

बाख्रा ब्याउनु अघिदेखि नै पाठापाठीको लागि कृषक भन्न आउँछन् । उहाँले भन्नुभयो, “करिब तीन महिना पालेपछि छुट्टाएर बिक्री गर्ने गरिन्छ ।” तीन महिनाको पाठापाठीको तौल २५ देखि ३० किलोग्रामसम्म हुन्छ । स्थानीय जातका बाख्रा पाल्दा एक वर्षको अवधिमा त्यति छिटो बढ्दैनन् । उहाँले भन्नुभयो, “छिटो बढ्ने कारणले पनि बोर जातका बाख्रा मासुको लागि राम्रो मानिन थालेको छ ।”

व्यावसायिकरुपमा बाख्रा पाल्न थालेपछि स्थानीयवासी आत्मनिर्भर बन्दै गएका छन् । उक्त क्षेत्रबाट वार्षिक करिब रु दुई करोड बराबरको खसी बोका बिक्री हुने गरेको बताइएको छ । बाख्रापालन क्षेत्रमा सामुदायिकस्तरमा यति धेरै समुदायलाई एकमुष्ट आर्थिक क्षेत्रमा समावेश गराएको नेपालकै नमूना भएको दाबी गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रको पहलमा सात वटा बोका अष्टे«लियाबाट ल्याएर शतप्रतिशत अनुदानमा त्यसक्षेत्रका कृषकलाई प्रदान गर्न लागिएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । जिल्लाको भिमाद नगरपालिकाको पाथार्दी र भानु नगरपालिकाको बरभञ्ज्याङ गरी दुई स्थानमा बोर जातको बाख्रापालन हुँदै आएको छ । बोर बोका नश्ल सुधारको लागि प्रदान गरिँदै आए पनि पछिल्लो समय मासुको लागि प्रभावकारी बन्दै गएको उहाँले बताउनुभयो ।

भिमादको पाथार्दीमा बाख्रा विकास कार्यक्रमअन्तर्गत छुट्टै बच्चा उत्पादन गर्ने योजना रहेको छ । बाख्रामा कति प्रतिशत क्रस भएको छ त्यसको अनुसन्धान गर्दै लैजाने लक्ष्य रहेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँले जनाएको छ ।

पाथार्दी बोर बाख्रा स्रोत केन्द्र स्थापना गरेपछि त्यस केन्द्रमा आबद्ध ६० जना बाख्रापालन कृषकले बाख्रापालन गर्दा नाफा घाटा आ–आफ्नै ब्योर्होने गरी व्यवस्था गरेका छन् । बाख्राको खोर व्यवस्थापनदेखि उपचारसम्म स्वयंले खर्च गर्ने गरिएको छ । नश्ल सुधार तथा पाठापाठी सङ्कलन कार्यमा भने सामूहिकरुपमा गर्ने गरिएको बताइएको छ ।  


उक्त क्षेत्रमा बाख्रापालन कृषकले खुशियाली कोष स्थापना गरेका छन् । प्रत्येक कृषकले बाख्राले पाठापाठी पाएमा रु पाँचका दरले र खसीबोका बिक्री हुँदा प्रतिकिलो रु दशका दरले खुशियाली कोषमा जम्मा गर्ने गरिएको छ । यसरी जम्मा गरिएको रकम व्यक्तिगत खातामा जम्मा हुने पाथार्दी बोर बाख्रा स्रोत केन्द्रका सदस्य एवं सिर्जनशील बाख्रा फार्मका अध्यक्ष शिवकुमार आलेले जानकारी दिनुभयो ।


यसमा तपाईको प्रतिक्रिया (Comment)
  पर्यटकको आकर्षणमा झिग्राना होमस्टे
  स्वदेश फर्केकालाई सीप र श्रम दिने चुनौती
  सूर्यविनायकको अनन्तलिङ्ग डाँडामा होमस्टे
  चितवन राष्ट्रिय निकुञ्ज : दुई महिनामा पाँच गैँडा मरे
  प्याजको मूल्य तोकेर बिक्री
  किसान किवी खेतीतर्फ आकर्षित
  कोरोना रोकथाम : डोटीका स्थानीय तहको रु ११ करोड खर्च
  पोथार्दीमा व्यावसायिक बाख्रापालन
  लोकप्रिय बन्दै ईन्ता अटायर बुटिक
  आर्थिक २०७७।०७८ को मौद्रिक नीति सार्वजनिक
  बेँसीशहर नगरपालिकाको बजेट रु ७६ करोड २० लाख
  सांसद विकास कोषबाट ‘नमूना स्याउ बगैँचा’
  गण्डकीको बजेटः महिला सशक्तीकरण शब्दमा मात्र भएको टिप्पणी
  कर्णालीको बजेटमा ‘महामारी, भोकमरी र रोजगारी’
  प्रदेश २ मा ३३ अर्ब ५६ करोडको बजेट सार्वजनिक
  जलविरे बजार
  गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित
  कर बुझाउने म्याद थप
  आर्थिक वर्ष २०७७/०७८ को बजेट (पूर्णपाठ)
  आर्थिक वर्ष २०७७/०७८ को बजेटले कृषिमा ४१ अर्ब ४० करोड विनियोजन
  प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड
  सरकारको निति तथा कार्यक्रममा यस्तो छ (पूर्णपाठ)
  मलेशियामा RIA IME काउन्टरहरु खुल्ने
  ग्लोबल आइएमइ बैँकले ट्रान्जेक्सन लिमिट बढायो
  बैशाख १५ सम्म काउन्टर समय : हिमालयन बैंक
  जिल्लाका प्रमुख जिल्ला अधिकारी (CDO) हरूको मोवाइल र फोन नं.
  लकडाउनमा घरबाट अनलाइन मार्फत सजिलै मेगा बैंकमा खाता खोल्न सकिने
  NIC ASIA NOTICE
  नेपाल राष्ट्र बैंकको सूचना
  केटाकेटी जीवन बीमा : नेपाल लाइफ इन्स्योररेन्स