ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो ## काठमाडौं उपत्यकामा थप १२२९ जनामा संक्रमण पुष्टि ## नेप्सेमा एकैदिन सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड ## नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम भने उचालियो ## साउदी सरकारले २७ जना नेपालीलाई बहिर्गमन भिषा दियो ## २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि ## सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचन ## खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी ## अबैध गाँजा सहित पाँच जना पक्राउ ## किताब नहेरी शैक्षिक सत्र सकिँदै ## ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित ## नागरिकको सेवामा खटिरहँदा कोरोना सङ्क्रमित भएँ : उपाध्यक्ष आचार्य ## संगीतमा जमेका सन्जोक ## धापासीमा छुरा हानेर युवकको हत्या, दुई पक्राउ ## इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने ##
बिचार

गोलभेँडाबाटै मनग्य आम्दानी

न्युअनलाइनखबर संवादाता कास्की २०७७ श्रावन २२, बिहिवार

कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउँदुर रानीथोकका नारायणप्रसाद पौडेल र उहाँकी श्रीमती कमलाले व्यावसायिक कृषि थालेको आठ वर्ष पुगेको छ । कृषिप्रतिको लगावसँगै आयआर्जन राम्रो भएको त छ नै यतिखेर उहाँहरू अरुका लागि पनि अनुकरणीय बन्नुभएको छ । रोजगारीको खोजीमा भौँतारिएका युवा वर्गका लागि यहीँ बसेर केही गर्न सकिन्छ भन्ने दरिलो उदाहरण बनेका उहाँहरूले यामअनुसारका तरकारीसँगै पछिल्ला समयमा बजारमा राम्रो माग बढिरहेका किवी, भुइँस्याउजस्ता फलफूलको खेतीसमेत थाल्नुभएको छ ।

कृषिको आधुनिकीकरणमा ध्यान दिँदै करिब दुई रोपनी क्षेत्रफलमा टनेल निर्माण गरी त्यहाँ लगाइएका गोलभेँडाले राम्रो उत्पादन दिन थालेको र त्यहीअनुरूप बजारको माग बढेपछि आफूहरूमा अझै उत्साह बढेको कृषक नारायणप्रसादले बताउनुभयो । आफ्नो १७ वर्षसम्मको विदेश बसाइका क्रममा कृषि क्षेत्रका देखाइभोगाई समेतलाई व्यावसायिक कृषिमा उपयोग गर्ने गरेको उहाँले बताउनुभयो ।

“विदेशको बसाइका क्रममा पनि त्यहाँबाट विभिन्न जातका बीउ ल्याएर लगाउने गरेका थियौँ”, उहाँले भन्नुभयो, “कतारबाट ल्याएको बीउबाट तयार गरिएका बिरुवामा एउटै गोलभेँडा झण्डै आधा किलोसम्म फल्न थालेको छ ।” पौडेल दम्पतीले एक रोपनी क्षेत्रफलमा किवीखेती पनि शुरु गर्नुभएको र यसै वर्षदेखि फल्न थालेको छ ।

नारायणप्रसादकी श्रीमती कमलाका अनुसार आठ वर्षअघिसम्म यो ठाउँमा गोलभेँडा लगाउनेभन्दा सबै हाँस्ने गर्दथे । शुरुमा आफूसहित चार महिलाले आँट गरेर गोलभेँडा लगाएको र त्यसबाट राम्रो उत्पादन भएपछि यहाँका धेरै सर्वसाधारणले यतिखेर यसको खेती थालेका छन् । जीवनोपयोगी कृषक समूह गठन गरी पहिलो वर्ष चार जनाबाट शुरु गरिएको गोलभेँडा खेती राम्रो उत्पादन भएसँगै दोस्रो वर्ष यहाँका २० घरपरिवारले घरघरमा गोलभेँडा लगाएको उहाँले जानकारी दिनुभयो ।

गोलभेँडाबाटै वार्षिक रु डेढदेखि दुई लाखसम्म आम्दानी हुने गरेको जानकारी दिँदै उहाँले व्यावसायिक कृषिबाट घरपरिवारको दैनिकी सञ्चालनका साथै छोराछोरीको पठनपाठन राम्रैसँग चलेको जानकारी दिनुभयो । उत्पादित गोलभेँडा एवं तरकारीको बजारलाई समस्या नभएको बताउँदै उहाँले टनेलबाट दुई दिनमा करिब ५० किलोसम्म बिक्री गर्ने गरेको उल्लेख गर्नुभयो । उत्पादित तरकारी खोज्दै ग्राहक डोको लिएर घरघरमै आउने गरेको उहाँको भनाइ छ ।

पौडेलको बारीमा गोलभेँडाका साथै यामअनुसार काउली, बन्दा, आलु, साग, घिरौँला, लौका, काँक्रा आदिको पनि राम्रो उत्पादन हुने गरेको छ । व्यावसायिक कृषिमा लागेको आठ वर्ष पुगे पनि पौडेल दम्पतीले हालसम्म राज्यबाट कुनै सेवा सुविधा भने पाउनुभएको छैन । परम्परागत कृषिमा पनि पाउँदुर वर्षौँदेखि आफ्नो पहिचान बनाएको ठाउँ हो । विगतमा कोदोको राम्रो उत्पादन हुने स्थानका रूपमा यसले छुट्टै पहिचान बनाएको थियो ।
 
अनिकालका समयमा पनि पाउँदुरे कोदो कास्कीका विभिन्न स्थानमा पुग्ने गरेको र त्यही कुरामा आधारित भई ‘दुःखको पाउँदुर’ भन्ने उखान प्रचलनमा रहेको पाइन्छ । पहिला–पहिला एउटै घरमा वार्षिक सात–आठ मुरीसम्म कोदो उत्पादन हुने गरेको भए पनि पछिल्ला समयमा जनशक्तिको अभाव, कोदो खेतीप्रतिको अनिच्छालगायतका कारण कोदोखेतीप्रतिको आकर्षण घट्दै गएको छ ।

“पहिला कोदोको उत्पादन राम्रै हुन्थ्यो त्यस समयमा ढिँडो, रोटी खाँदा पनि लुकाएर खानुपर्ने अवस्था थियो”, पौडेलले भन्नुभयो, “अहिले उत्पादन एकदमै कम छ, कोदोको माग दिनानुदिन बढ्दो छ ।” कृषिप्रतिको व्यावसायिकता बढेसँगै पछिल्लो समयमा महिला क्षमता अभिवृद्धि कार्यक्रममार्फत यहाँका १४ महिला मिलेर सामूहिक कुरिलो खेती थालेका छन् । यसै वर्षदेखि कुरिलोले राम्रो उत्पादन दिन थालेको कमलाले जानकारी दिनुभयो ।


यसमा तपाईको प्रतिक्रिया (Comment)
  वैदेशिक रोजगार र वर्तमान अवस्था
  युवाहरुको प्रयासमा “मास्कमाण्डु” अभियान
  गुरुपुर्णिमा
  डा.रवीन्द्र पाण्डेका २० महत्वपूर्ण टिप्स अवश्य पढ्नुहोला
  कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  संचारक्षेत्र : भ्रम र वास्तविकता
  लागूपदार्थ दुर्व्यसन र युवा
  लकडाउन खोलेर जनजिवन सुरक्षित बनाउने उपायहरु
  अमुल्य प्रेम
  कतै हामी भारतसँगको सम्वन्धमा अन्त्यहीन राजनीतिक सङ्घर्ष तनावको बाटोमा त छैनौ ?
  अब देश कठ्पुतलि हुनुहुंदैन
  नेपाल भारत सम्बन्धको समिक्षा
  मेयरलाई खुल्ला पत्र
  प्रवासी स्वदेश फिर्ती अभियान
  बैदेशिक रोजगारीबाट फर्केका कर्मठ जनशक्तिलाई कसरी ब्यबस्थापन गर्ने
  रोग प्रतिरोधातक क्षमता बढाउने सरल उपायहरु बताउँदै डा रवीन्द्र पाण्डे
  नेपाली सेना र शसस्त्र प्रहरीलाई स्वदेश फिर्तीको लागि ब्यबस्थापन गर्ने अभिभारा सुम्पियोस्
  विदेशमा हुनुहुन्छ रोग प्रतिरोधात्मक क्षमता बढाउनुहोस्
  नेपालमा कोरोना संक्रमणको अवस्था भयाबह छैन
  लोकतान्त्रिक अभ्यासमा युवा भुमिका
  कोभिड-१९ विरुद्धको लडाइँमा सरकारले अपनाउनु पर्ने महत्त्वपूर्ण रणनीतिहरु
  जीवनशैली परिवर्तन गर्ने अवसर हो लकडाउन
  हामी श्रमिक एक हौँ
  जीवन जिउने सरल उपायहरु : भाग १
  स्वास्थ विज्ञ भन्छन् र्यापिड टेस्ट भरपर्दो भएन
  १ मिटरको दुरी, कोरोनाबाट बच्न छ जरुरी
  धार्मिक सहिष्णुता कायम राखाैँ
  ​नेपालमा कोरोना संक्रमणको सहि विश्लेषण
  लकडाउन मोडेल
  काेराेनाभाइरस कथा एक