ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो ## काठमाडौं उपत्यकामा थप १२२९ जनामा संक्रमण पुष्टि ## नेप्सेमा एकैदिन सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड ## नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम भने उचालियो ## साउदी सरकारले २७ जना नेपालीलाई बहिर्गमन भिषा दियो ## २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि ## सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचन ## खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी ## अबैध गाँजा सहित पाँच जना पक्राउ ## किताब नहेरी शैक्षिक सत्र सकिँदै ## ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित ## नागरिकको सेवामा खटिरहँदा कोरोना सङ्क्रमित भएँ : उपाध्यक्ष आचार्य ## संगीतमा जमेका सन्जोक ## धापासीमा छुरा हानेर युवकको हत्या, दुई पक्राउ ## इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने ##
समाचार

कृषिमा आत्मनिर्भर बन्दै उत्तरगया गाउँपालिकाका कृषक

सरस्वती न्यौपाने २०७७ आषाढ २, मंगलवार

रसुवा । जिल्लाको उत्तरगया गाउँपालिका कृषि क्षेत्रमा आत्म निर्भर बन्दै गएको छ । सडक सन्जालले गाउँगाउँमा अहिले सडक सन्जाल जोडिएपछि सहज भयो । त्यसपछि कृषकहरुले खेतीपातीमा मिहेनत गर्न थाले । बारीमा नै लिने आउने र गाडीको माध्यमबाट बजारसम्म पुर्याउन पाउने भएपछि यहाँका किसानहरु खुशी भएका छन् ।

उत्तरगया गाउँपालिका–४ कुवापानीकी विमला ढकालले २०५२ सालदेखि व्यवसायिक रुपमा नै आलु खेती गर्दै आएकी थिइन् । उनले हाल साग, पालुङगो, घिरौला, काँक्रो, लौका, गाँजर, बन्दा काउली, खेती गरिरहेकी छन् । चार पाँच वर्ष पहिलेसम्म बजार भाउ थिएन, उनले भनिन्, बोकेर लानुपर्छ, भरिया लगाएर बेच्न जाउ नाफा हुँदैन । तर स्थानीय सरकार आएपछि गाउँगाउँमा सडक सञ्जाल जोडियो । त्यसपछि सहज भएको र व्यवसाय फस्टाएको हो ।

कृषक ढकालले उत्पादन गरेको आलु र तरकारी कर्मीडाँडा पैरेवेसी बेत्रावती पु¥याउँछिन् । उनले वार्षिक दुई लाखसम्म आम्दानी गरेको बताउँछिन् । उनले पाँच रोपनी जग्गामा व्यवसायिक तरकारी खेती गरिरहेकी छिन् । आफुलाई चाहिने विउ कोल्डस्टोरमा राख्छु, उनी भन्छिन् मैले तरकारी खेती गर्दा गाउँमा कसैले गरेको थिएनन् । गाउँपालिका बनेपछि आलु जोन क्षेत्र घोषणा भएपछि उहिले उक्त क्षेत्रमा १० घर परिवारले तरकारी खेती सुरु गरेका थिए ।’

उहिले तरकारी खेती गरेपनि यातायातको असुविधाले दुई दिन लगाएर लाङबु, गोगने, तिरु, हाकुसम्म पुर्याउन पर्दथ्यो भने अहिले सहज छ ।

यस्तै उत्तरगया गाउँपालिका–४ पैरेवेशीकै सुमित्रा पौडेलले पाँच वर्षदेखि तरकारी खेती गरिरहेकी छिन् । गाउँपालिकाको कृषि शाखाले गएको वर्ष फर्सीको विउ अनुदान दिएपछि उनलाई तालिममा समेत सहभागी गराई कृषिमा आएको समस्या समेत औल्याएपछि थप उर्जा मिल्यो, उनीले सुनाइन् ।

उत्तरगया गाउँपाकिा–४ कै अर्का कृषक राधिका ढकाल पनि मेहनति कृषक हुन् । उनले पनि तरकारी खेती गरेर राम्रै आम्दानी गरिरहेकी छिन् ।

यस गाउँपालिकाको पाँच वटै वडामा सम्भावनाको आधारमा पकेट क्षेत्र घोषणा गरेपछि स्थानीयस्तरमा कृषि उपज उत्पादन बढाउँदै तरकारी र आलु विग्रने समस्यालाई मध्यनजर गरी वडावडामा तरकारी संकलन केन्द्र स्थपना गरिएको छ ।

उत्तरगया गाउँपालिकाको अध्यक्ष उपेन्द्र लम्सालका अनुसार व्यवसायी रुपमा हुने कृषि, पशुपालन र फलफुल खेतीमा बजेट विनियोजन गरिएको छ । आलु रोप्ने समयमा आलुको विउ, विभिन्न प्रजातिका तरकारीका विउ, धानको विउ र विषादी समेत वितरण गरिरहेको छ । आलु स्टोरमा राखे बापत ढुवानी खर्च पालिकाले व्यहोर्छ ।

यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाइ रसुवाका प्रमुख दिपक अधिकारीले यस जिल्लामा ६५ कृषकलाई १० हजार केजी आलुको विउ उपलब्ध गराएको बताए । आलुजोन कार्यक्रम अन्र्गत कार्यालयले जिल्लामा नयाँ प्रकारको विउ बाहिरबाट ल्याएर ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । भौगोलिक रुपमा फरक किसिमको हावापानी भएको रसुवामा पालिकास्तरीय आलुको जातबारे अनुसन्धान आवश्यकता रहेको कृषकहरुको माग रहेको छ ।

हिमाली जिल्लाले परिचित रसुवाको विभिन्न भागहरुमा अन्यबालीको तुलनामा आलुको बढी उत्पदान बढी हुने भएकाले यसलाई नगदेवालीको रुपमा लिन सकिन्छ ।

लकडाउन भएपछि जिल्लाको १६ ठाउँहरुमा आलुको विउ उत्पाद सुरु भएको छ । हाल जिल्लामा दुई हजार पाँच सय हेक्टर जमिनमा आलुखेती हुँदै आएको छ ।

‘माथिल्लो भेग गोल्जुङ, गत्लाङ, थुमन सदरमुकाम धुन्चे लगाएतका क्षेत्र एकपटक मात्र आलु उत्पादन हुन्छ, अध्यक्ष लम्सालले भने, ‘दक्षिण भेग कालिका स्थान लगाएत तल्लो भेगहरुमा हिउँदे र बर्खे गरी दुई समयमा आलु खेती हुने गर्छ । आलु जोनले यस वर्ष पाँच सय हेक्टरमा आलुको विउ उत्पादन गर्ने तयारी समेत गरेको थियो ।’

पाँच गाउँपालिकाहरुमध्ये भौगोलिक विकट र दुर्गम गाउँपालिकामा सडक सन्जाल जोडिएको थिएन् । अहिले स्थानीय सरकार बनिसकेपछि कृषि प्राविधिकमार्फत सेवा सुविधा र कृषिको पुराना प्रविधिलाई टुटाउदै लगिएको छ । मकै छोडाउने र खेत जोतने कृषि औजार प्रयोग गर्ने कृषक संख्या अहिले बढेको छ । यसले उत्पादनसँगै कृषिमा आत्मनिर्भर हुने संकेत देखिएको छ ।

 


यसमा तपाईको प्रतिक्रिया (Comment)
  खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी
  जनप्रतिनिधि हुनु त यस्तो पो !
  अबैध गाँजा सहित पाँच जना पक्राउ
  कोरोनाको उपचार स्थानीय सरकारले गर्ने
  भारतीय सेनाध्यक्षको भ्रमण परम्पराको निरन्तता हो : नेपाली सेना
  कात्तिक कृष्णपक्षसँगै डोम समुदायको सक्रियता बढ्दै
  किताब नहेरी शैक्षिक सत्र सकिँदै
  ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित
  सफल भयो हावाबाट बिजुली निकाल्ने प्रयास
  धापासीमा छुरा हानेर युवकको हत्या, दुई पक्राउ
  काभ्रेबाट देखिएका रमणीय हिमशृङ्खला (फोटोफिचर)
  देहरादूनमा कुटिएका नेपालीको उद्धार गर्न आग्रह
  पर्यटकीय गन्तव्य बन्दै मानहुँकोट
  लोप हुँदै मादल बनाउने पेशा
  चुलो बाल्न बालुवा गिट्टीमा आश्रित
  कोरोनाको कहर दशैँमा पनि, गाउँघरमा छैन रमाइलो
  नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै
  सैनिक मञ्चमा फूलपाती बढाइँ (फोटोफिचर)
  कोरोना भाइरसको महामारीबाट जनताको जीवनरक्षा गर्नु सरकारको पहिलो काम र कर्तव्य होः प्रधानमन्त्री (पूर्णपाठ)
  तलेजुमा बलिरहित पूजाः लगिएन दशैँघर
  गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती
  नागरिकको जीवनप्रति सरकार जिम्मेवार बनोस्’
  नवरात्रको छैटौँ दिन, आज कात्यायनीको पूजा आराधना गरिँदै
  सिंँगारियो मदन भण्डारीको जन्मघर
  नगरपालिकाद्वारा उद्योग स्थापना गर्न सुझाव संकलन
  रसुवामा एघार हजार घर पुननिर्माण
  नवरात्रिको तेस्रो दिनः चन्द्रघण्टाको पूजाआराधना गरी मनाइँदै
  चित्लाङ–थानकोट सडकको स्तरोन्नति शुरु
  निजगढबाट लागुऔषध सहित दुईजना प्रहरी नियन्त्रणमा
  मिर्गौलापीडितलाई साढे छ लाख सहयोग