Admission for ACCA programme open at The British College ## प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक भएको नेपाली कांग्रेसको जिकिर, प्रदर्शन गर्ने ## नेकपा दाहाल–नेपाल समूहले आन्दोलन गर्ने ## ३४ जना नेपालीहरुको नयाँ Exit visa (बहिर्गमन भिषा) जारी ## हिन्दुराष्ट्र र राजसंस्थाको संवाहक राप्रपा : कमल थापा ## मृगौला रोगी मोक्तानलाई उपचार रकम सहयोग ## ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो ## काठमाडौं उपत्यकामा थप १२२९ जनामा संक्रमण पुष्टि ## नेप्सेमा एकैदिन सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड ## नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम भने उचालियो ## साउदी सरकारले २७ जना नेपालीलाई बहिर्गमन भिषा दियो ## २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि ## सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचन ## खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी ## अबैध गाँजा सहित पाँच जना पक्राउ ##
अर्थ र समाज

जलविरे बजार

एक संक्षिप्त परिचय

न्यू अनलाइन खबर २०७७ जेष्ठ २२, बिहिवार
saroj bhandari

अरनीको राजमार्गको बलेफी बजारबाट १० कि.मी. उत्तर पूर्व पर्ने जलविरे पुग्ने सडक बलेफीबाट छुट्टिएको छ । यो बलेफि (ब्रह्मायणी) खोला किनारमा पूर्वपश्चि फैलिएको छ । जलविरेबजार साविक जलविरे र फुल्पिङकोट गाविसमा पर्दछ भने अहिले बलेफी गाउँपालिका वार्ड नं १ र २ पर्दछ । सिन्धुपाल्चोकको निकै पुराना बजारहरू मध्ये यो पनि एक हो । जलविरे बजार अरनीको राजमार्ग बन्नु पहिला बाह्रविसे पछिको नेपाल- तिब्बत व्यापारको ट्रान्जिट प्वाइन्ट थियो ।

जलविरे- हगाम-लिस्ती-तातोपानी (कोदारी)-खासा-कुती- केरुङ हुँदै ल्हासासम्म नेपाल तिब्बत व्यापार चल्थ्यो । कोदारी पुग्न जलविरेहुँदै जाने बाटो छोटो पर्ने तर उकालोओरालो र बाटोहरू अलि अप्ठ्यारो हुनाले बाह्रविसेबाट नै बढी आवतजावत हुने गर्दथ्यो । लिच्छवीकालबाट नेपाल तिब्बत व्यापार शुरुभएपछि व्यापारी केन्द्र बनेको र यहाँका व्यापारीहरू त्यहिका रैथाने नेवार (हगाम, पाङ्ताङ, बतासे आदि) हरूको नभएर भक्तपुर र काठमाण्डौबाट त्यहाँ गइ व्यापार गर्न थालेको पाइन्छ । जलविरे बजार नेवारहरूको बाहुल्यता छ । पाङताङ्को फलामसाँगुको पूरै बजार बाढीले लगेपछि (सायद २०३७/३८ साल तिर) जलविरे साविक ८/९ वटा गाउपालिकाको व्यापार केन्द्र बनेको छ । जुगल गाउँपालिकाको प्रवेश द्बार नै जलविरे बजार हो ।

जलविरेमा वोक्से खोला र बलेफी दोभानमा शिव मन्दिर छ र सँगै बुढा निलकण्ठको नक्कल गरिएको नारायणको पोखरीमा सेतेको मुर्ती कलात्मक तरिकाले कुँदेर राखिएको छ । जलविरे बलेफी कोरीडोरको शैक्षिक केन्द्र पनि हो । यहाँ जलविरे भ्याली क्याम्पस र आनन्द मावि छ । भूकम्प पछिको पूनर्निर्णले गर्दा जलविरेबजार बराम्चीको ढाँडेबजारसम्म करिवकरिव जोडिएको छ । जलविरे उपत्यका अन्न उत्पादनमा सिन्धुपाल्चोकको मेलम्ची भ्याली पछि दोस्रो स्थानमा पर्छ । अरनीको राजमार्ग सञ्चालन हुनु अगाडी यस क्षेत्रबाट चामल र पिठो, खोर्सानी, तामाका भाँडा, सखर आदि बस्तु तिब्बत निकासी हुन्थ्यो भने तिब्बतबाट मूख्यगरी नुन, ऊन र सुन आयात हुन्थ्यो । गाउले खुद्रा व्यापारका साथै तिब्बत नेपाल आयात निर्यात यहाँका व्यापारीहरूको मुख्य काम हुन्थ्यो । जलविरे बजारमा वित्तिय संस्था नहुदासम्म यहाँका साहुहरूले जग्गा भन्दा धेरै सुन धितोमा ऋण दिने उठाउने वित्तिय कारोबार गर्दथे।


यसमा तपाईको प्रतिक्रिया (Comment)
  पर्यटकको आकर्षणमा झिग्राना होमस्टे
  स्वदेश फर्केकालाई सीप र श्रम दिने चुनौती
  सूर्यविनायकको अनन्तलिङ्ग डाँडामा होमस्टे
  चितवन राष्ट्रिय निकुञ्ज : दुई महिनामा पाँच गैँडा मरे
  प्याजको मूल्य तोकेर बिक्री
  किसान किवी खेतीतर्फ आकर्षित
  कोरोना रोकथाम : डोटीका स्थानीय तहको रु ११ करोड खर्च
  पोथार्दीमा व्यावसायिक बाख्रापालन
  लोकप्रिय बन्दै ईन्ता अटायर बुटिक
  आर्थिक २०७७।०७८ को मौद्रिक नीति सार्वजनिक
  बेँसीशहर नगरपालिकाको बजेट रु ७६ करोड २० लाख
  सांसद विकास कोषबाट ‘नमूना स्याउ बगैँचा’
  गण्डकीको बजेटः महिला सशक्तीकरण शब्दमा मात्र भएको टिप्पणी
  कर्णालीको बजेटमा ‘महामारी, भोकमरी र रोजगारी’
  प्रदेश २ मा ३३ अर्ब ५६ करोडको बजेट सार्वजनिक
  जलविरे बजार
  गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित
  कर बुझाउने म्याद थप
  आर्थिक वर्ष २०७७/०७८ को बजेट (पूर्णपाठ)
  आर्थिक वर्ष २०७७/०७८ को बजेटले कृषिमा ४१ अर्ब ४० करोड विनियोजन
  प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड
  सरकारको निति तथा कार्यक्रममा यस्तो छ (पूर्णपाठ)
  मलेशियामा RIA IME काउन्टरहरु खुल्ने
  ग्लोबल आइएमइ बैँकले ट्रान्जेक्सन लिमिट बढायो
  बैशाख १५ सम्म काउन्टर समय : हिमालयन बैंक
  जिल्लाका प्रमुख जिल्ला अधिकारी (CDO) हरूको मोवाइल र फोन नं.
  लकडाउनमा घरबाट अनलाइन मार्फत सजिलै मेगा बैंकमा खाता खोल्न सकिने
  NIC ASIA NOTICE
  नेपाल राष्ट्र बैंकको सूचना
  केटाकेटी जीवन बीमा : नेपाल लाइफ इन्स्योररेन्स