काठमाडौं । आन्तरिक राजश्व विभागले कर बुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ ।
विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने बताएको थियो । समयसीमा भित्र बुझाउन नसके जरिवााना लाग्ने सूचना निकालेको थियो । त्यसको चौतर्फी आलोचना भएपछि विभागले आज बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समयसीमा बढाएको हो ।