Admission for ACCA programme open at The British College ## प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक भएको नेपाली कांग्रेसको जिकिर, प्रदर्शन गर्ने ## नेकपा दाहाल–नेपाल समूहले आन्दोलन गर्ने ## ३४ जना नेपालीहरुको नयाँ Exit visa (बहिर्गमन भिषा) जारी ## हिन्दुराष्ट्र र राजसंस्थाको संवाहक राप्रपा : कमल थापा ## मृगौला रोगी मोक्तानलाई उपचार रकम सहयोग ## ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो ## काठमाडौं उपत्यकामा थप १२२९ जनामा संक्रमण पुष्टि ## नेप्सेमा एकैदिन सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड ## नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम भने उचालियो ## साउदी सरकारले २७ जना नेपालीलाई बहिर्गमन भिषा दियो ## २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि ## सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचन ## खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी ## अबैध गाँजा सहित पाँच जना पक्राउ ##
अर्थ र समाज

आर्थिक वर्ष २०७७/०७८ को बजेटले कृषिमा ४१ अर्ब ४० करोड विनियोजन

न्युअनलाइनखबर संवाददाता २०७७ जेष्ठ १५, बिहिवार

सरकारले कृषिमा सहकारी, करार  र आधुनिक खेतीमार्फत निजी क्षेत्रको लगानीमा उत्पादन दोब्बर वृद्धि गर्ने उद्देश्यले आगामी आवका लागि रु ४१ अर्ब ४० करोड विनियोजन गरेको छ ।

कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरणमार्फत आगामी १० वर्ष्भित्र कृषिको दिगो विकास गरी कृषिमा आत्मनिर्भर बन्ने योजनाअघि सारिएको छ । आव २०७७÷७८ मा सरकारको आम्दानी र खर्चको विवरण (बजेट) सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा युवराज खतिवडाले खेर गइरहेको बाँझो जमीनको अधिकतम उपयोग गरी उत्पादन दोब्बरले वृद्धि गरी खाद्यान्नमा आत्मनिर्भर बन्न भूमिहीन तथा सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने बताउनुभयो ।

नेपालमा भूमिहीन तथा साना किसानको सङ्ख्या ४० लाख रहेको अनुमान छ । अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गरी कृषिको विशिष्टिकरणमार्फत एक स्थानीय निकाय एक पकेट क्षेत्रको विकास गरी पशुपक्षीमा नश्ल सुधार, बालीमा उन्नत बीउविजन वितरण, बालि बीमा, मत्स्यपालन लगायतका क्षेत्रको विकासका लागि रु ४१  अर्ब ४० करोड रकम विनियोजन गर्नुभएको हो  । जुन गत आवको तुलनामा रु छ अर्ब ६० करोडले बढी छ ।  
    
    गत वर्ष अर्थमन्त्री खतिवडाले कृषि क्षेत्रको विकासका लागि रु ३४ अर्ब ८० करोड बजेट विनियोजन गर्नुभएको थियो भने आव २०७५÷७६ मा रु २३ अर्ब ६२ करोड ९६ लाख ७१ हजार र  २०७४÷७५ रु २६ अर्ब ८२ करोड ९० लाख बजेट विनियोजन भएको थियो । आर्थिक सर्वेक्षण २०७६÷७७ मा कृषिको उत्पादकत्व दर तीन दशमलव एक प्रतिशत रहेको उल्लेख छ । कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षत्रको योगदान घट्दै गएका कारण सरकारले कृषिको बजेट बढाउँदै लगेको देखिन्छ । हाल कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत छ भने झन्डै १० लाख हेक्टर खेती योग्य जमीन बाँझो छ ।  

कृषि क्षेत्रको आत्मनिर्भरका लागि भन्दै पूर्वअर्थमन्त्री डा बाबुराम भट्टराईले रासायनिक मलमा अनुदान दिने व्यवस्था शुरु गरेकामा यस वर्ष अर्थमन्त्री खतिवडाले रासायनिक मलको अनुदानका लागि रु ११ अर्ब विनियोजन गर्नुभएको छ । अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत एक स्थानीय निकायका लागि रु तीन अर्ब २२ करोड विनियोजन गर्नुभएको छ । उक्त योजनामार्फत आगामी वर्ष हरियो सागसब्जी र मासुजन्य पदार्थमा आत्मनिर्भर बन्न एक स्थानीय निकायमा एक पकेट क्षेत्रमार्फत आत्मनिर्भर हुने योजना अघि सार्नुभएको हो ।  

    बजेटले कृषिमा युवालाई आर्क्षित गर्न खोजेको झल्किन्छ । कोभिड–१९ का कारण विदेशिएका युवाको आगमन र स्वदेशका बेरोजगार युवालाई कृषिमा आर्कषण गर्न स्थानीय निकायका लागि वित्तीय हस्तान्तरणमार्फत रु एक अर्ब विनियोजन गरिएको छ ।

बजेटले कृषि कर्म गर्न चाहने युवाका लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत सर्वसुलभ कृषि ऋण, खाद्यान्न तथा तरकारी फलफूल एवं माछा तथा मासुमा आत्मनिर्भर बन्न तथा रासायनिक र प्राङ्गारिक मलका अतिरिक्त कृषि उपकरण, औजारका सेट खरिद, कृषि उपज सङ्कलन केन्द्र, कृषि हाट बजार, प्राथमिक प्रशोधन केन्द्र, गोदाम घर, पशु क्वारेन्टिन तथा खाद्यान्न स्वच्छता कायम गर्न नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को स्तरोन्नति तथा  शीत भण्डारको व्यवस्था गरेको छ ।  

    बजेटमा जमीन बाँझो राख्न नहुने, उर्बर जमीनलाई खण्डिकरण हुनबाट जोगाउनुपर्ने, भूउपयोग नीति लागू गरी, सार्वजनिक, पूर्ति तथा गुठी जग्गाको संरक्षणको व्यवस्था गरी भूमि उपयोगमा ल्याइने उल्लेख छ । बजेटमा फलफूलका बेर्नाको वितरणलाई प्रभावकारी र व्यापक बनाउँदै लगिनुका साथै विभिन्न स्थानमा हाटबजार, कृषि सूचनाको सहज पहुँच तथा कृषि ज्ञान केन्द्रको क्षमतामा अभिवृद्धि गरिने उल्लेख छ । दिगो कृषि विकासका लागि निर्माणधीन राष्ट्रिय गौरवका सिँचाइ आयोजना निर्माणका लागि रु २७ अर्ब ९६ करोड विनियोजन गरिएको छ ।

    घुम्ती प्रयोगशालामार्फत माटो परीक्षण, भूमि तथा खाद्यान्न बैंक स्थापना भूमिगत सिँचाइ आयोजनाको निर्माण, कपास, रेशम र उखु खेतीमा अनुदान, पहाडमा पोखरी तथा थोपा सिँचाइ आयोजना,  जनताको तटबन्धन कार्यक्रम फलफूलका वेर्नाको नर्सरीको स्थापना, कृषि सूचनाको सहज पहुँच तथा कृषि ज्ञान केन्द्रको क्षमतामा अभिवृद्धि गरिने बजेटमा उल्लेख छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)
  पर्यटकको आकर्षणमा झिग्राना होमस्टे
  स्वदेश फर्केकालाई सीप र श्रम दिने चुनौती
  सूर्यविनायकको अनन्तलिङ्ग डाँडामा होमस्टे
  चितवन राष्ट्रिय निकुञ्ज : दुई महिनामा पाँच गैँडा मरे
  प्याजको मूल्य तोकेर बिक्री
  किसान किवी खेतीतर्फ आकर्षित
  कोरोना रोकथाम : डोटीका स्थानीय तहको रु ११ करोड खर्च
  पोथार्दीमा व्यावसायिक बाख्रापालन
  लोकप्रिय बन्दै ईन्ता अटायर बुटिक
  आर्थिक २०७७।०७८ को मौद्रिक नीति सार्वजनिक
  बेँसीशहर नगरपालिकाको बजेट रु ७६ करोड २० लाख
  सांसद विकास कोषबाट ‘नमूना स्याउ बगैँचा’
  गण्डकीको बजेटः महिला सशक्तीकरण शब्दमा मात्र भएको टिप्पणी
  कर्णालीको बजेटमा ‘महामारी, भोकमरी र रोजगारी’
  प्रदेश २ मा ३३ अर्ब ५६ करोडको बजेट सार्वजनिक
  जलविरे बजार
  गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित
  कर बुझाउने म्याद थप
  आर्थिक वर्ष २०७७/०७८ को बजेट (पूर्णपाठ)
  आर्थिक वर्ष २०७७/०७८ को बजेटले कृषिमा ४१ अर्ब ४० करोड विनियोजन
  प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड
  सरकारको निति तथा कार्यक्रममा यस्तो छ (पूर्णपाठ)
  मलेशियामा RIA IME काउन्टरहरु खुल्ने
  ग्लोबल आइएमइ बैँकले ट्रान्जेक्सन लिमिट बढायो
  बैशाख १५ सम्म काउन्टर समय : हिमालयन बैंक
  जिल्लाका प्रमुख जिल्ला अधिकारी (CDO) हरूको मोवाइल र फोन नं.
  लकडाउनमा घरबाट अनलाइन मार्फत सजिलै मेगा बैंकमा खाता खोल्न सकिने
  NIC ASIA NOTICE
  नेपाल राष्ट्र बैंकको सूचना
  केटाकेटी जीवन बीमा : नेपाल लाइफ इन्स्योररेन्स