काठमाडाैं ।
सरकारका तर्फबाट शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमो नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले बैठकमा नीति तथा कार्यक्रमको वाचन गर्दै सरकारी, सार्वजनिक, पर्ति तथा बाँझो जमीनको चक्लाबन्दी, गरी आगामी १० वर्ष भित्रमा कृषि उत्पादन दोब्बरले वृद्धि गरिने बताएकी हुन् ।
आव २०७६/७७ का लागि गतवर्ष जेठ ७ गते पेश भएको नीति तथा कार्यक्रममा भने आगामी पाँच वर्षभित्र कृषिको उत्पादन दोब्बरले वृद्धि गरिने उल्लेख गरिएको थियो । सरकारको तथ्याङ्कअनुसार झन्डै ३१ लाख हेक्टर जमीन बाँझो रहेको छ ।