विपक्षी गठबन्धनको संयुक्त वक्तव्य : सर्वोच्च अदालत जाने ## गृहमन्त्री रामबहादुर थापासहित ७ गैरसांसद मन्त्री पदमुक्त ## प्रधानमन्त्री पदमुक्त र बहुमतिय प्रणली ## नेपालमा कोरोनाबाट एकै दिन २२५ जनाको मृत्यु ## "चड्कन दिनुपर्नेलाई धड्कन दिएर भुल भो" प्रमोद खरेलको गीत सार्वजनिक ## होम आइसोलेसनमा बस्दै हुनुहुन्छ भने निम्न कुराहरुमा ध्यान दिनुहोला ## पछिल्लो २४ घण्टामा ९ हजार १९६ जनामा कोरोना संक्रमण ## लोकप्रिय गायक प्रेमध्वज प्रधान रहेनन् ## Punjab Kings beat Rajasthan Royals in IPL ## पछिल्लो २४ घण्टामा नेपालमा ५५९ जना कोरोना संक्रमित थपिए ## युरेनीअमको खानी नेपालमा छ ## च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगको खेलमा पीएसजीले बायर्न म्युनिकलाई हरायो ## दृष्टी दोष हो की ? ## मानव बेचबिखन मुद्दामा संलग्न दुई जना महिला पक्राउ ## १६२ जना कोरोना संक्रमित थपिए ##
इतिहास र जीबनी

२ मे: इतिहासमा आज

न्यू अनलाइन खबर २०७७ बैशाख २०, शनिबार 1.75K

२ मे: इतिहासमा आज

सन् २०११, २ मे मा अल कायदाका संस्थापक नेता ओसामा बिन लादेन अमेरिकी सेनाद्वारा मारिएका थिए। ११ सेप्टेम्बर २००१ मा अमेरिकामा भएको आतङ्कवादी हमलाका मुख्य योजनाकार लादेन नै थिए। यस घटनाको झन्डै १० वर्षपछि पाकिस्तानको अबोट्टावादस्थित एक घरका लुकेर बसेका लादेनलाई अमेरिकी सेनाले घे-यो।
स्थानीय समयअनुसार मध्यरात १ बजे अमेरिकी सेनाका दुई हेलिकोप्टरले अबोट्टावादस्थित लादेन बसेको घरको कम्पाउन्ड घेरेर आक्रमण थालेको थियो । त्यसपछि झन्डै ४० मिनेटसम्म भिडन्त चल्यो। अमेरिकी सेनाको आक्रमणमा बिन लादेन र उनका एक छोरासहित ५ जना मारिए । यस भिडन्तमा अमेरिकी सेनाका कोही पनि हताहती भएनन्।
यसपछि आधिकारीकता पहिचानका लागि बिन लादेनको शवलाई हेलिकोप्टरमार्फत अफगानिस्तान लगियो । हत्याको २४ घण्टा नबित्दै अबेरियन सी आसपास अज्ञात स्थलमा उनको शवलाई इस्लामिक परम्पराअनुसार अन्त्येष्टी गरियो।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले ह्वाइट हाउसबाट भिडन्तलाई प्रत्यक्ष हेरेका थिए। उनले टेलिभिजनमार्फत सम्बोधन गर्दै लादेन मारिएको जानकारी विश्वलाई दिए। ‘न्याय मिलेको छ’ उनले भनेका थिए। यो समाचारपछि ह्वाइटहाउस बाहिर, न्युर्योक शहरको टाइम्स स्क्वायर तथा ११ सेप्टेम्बरको हमला भएका स्थानमा खुसीयाली मनाउन अमेरिकीहरु भेला भए। 

आक्रमणपछि अमेरिकी सेनाले लादेनको कम्प्युटर र अन्य कागजात बरामद ग-यो । यी सामाग्री अध्ययन गर्दा लादेनले ओबामाको हत्याको योजना बनाएको देखियो। त्यस्तै, उनले अमेरिकामा शृंखलाबद्ध रुपमा आक्रमण गर्ने योजना पनि बनाएका थिए। एउटा हमला पुरानो आक्रमणको झल्को दिनेगरी ११ सेप्टेम्बरमै गर्ने योजना बनाएका थिए। ११ सेप्टेम्बर २००१ अमेरिकाको इतिहासमै सबैभन्दा ठूलो आतंकवादी हमला भएको दिन हो, यसमा ३ हजार मानिस मारिएका थिए।

२००१ को आक्रमणपछि तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यु बुसले बिन लादेनलाई जिउँदै वा मारेर कब्जा गर्ने घोषणा गरेका थिए। सन् १९५७ मा साउदी अरेबियाको धनाढ्य परिवारमा जन्मिएका लादेनले आफ्नो अंशमा आएको अर्बौं डलर अलकायदको स्थापना गर्न र यसका गतिविधि सञ्चालन गर्न खर्चेका थिए।


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु